NE/Prabhupada 0065 -सबैजना खुसी हुनेछन्

Revision as of 08:39, 12 September 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0065 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Ar...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Arrival Lecture -- Gainesville, July 29, 1971

महिला अतिथि: के अरु व्यक्तिका लागि यस अभियानमा स्थान छ, जसले अप्रत्यक्ष रुपमा कृष्णको सेवा गर्दछन्, न कि सारा दिन हरे कृष्ण जप्छन् ?

प्रभुपाद: छैनन्, प्रक्रिया यो छ कि, जस्तै यदि तपाईले रुखको जरामा पानी हाल्नुभयो भने, पानीको वितरण पातमा, हाँगामा हुन्छ र तिनीहरु ताजा रहन्छन् | तर यदि तपाईले पातमा मात्र पानि हाल्नुभयो भने पात पनि सुक्छ र त्यो रुख पनि सुक्छ | यदि तपाईले खानेकुरा पेटमा हाल्नुभयो भने शक्तिको वितरण औंलामा, कपालमा, नङमा र सबैतिर हुन्छ | र यदि तपाईले खानेकुरा हातमा लिनुभयो र पेटमा हाल्नुभएन भने त्यो बेकार हुन्छ |

त्यसैले यो सबै मानवतावादी सेवा नाश भएको छ किनकि यहाँ कृष्ण भावनामृत छैन | तिनीहरु मानव समाजलाई सेवा गर्न विभिन्न उपायहरु लाउँदैछन् तर तिनीहरु बेकार प्रयासमा आजित भइरहेका छन्, किनकि त्यहाँ कृष्ण भावनामृत छैन | र यदि मानिसहरु कृष्ण भावनाभावित हुन शिक्षित भए भने स्वत: सबैजना खुसी हुनेछन् | जसले भाग लिन्छन्, जसले सुन्नेछन्, जसले साथ दिनेछन्- सबैजना खुसी हुनेछन् |

त्यसैले हाम्रो विधि प्राकृतिक विधि हो | तपाई भगवानलाई प्रेम गर्नुहोस् र यदि तपाई भगवानलाई प्रेम गर्नमा दक्ष हुनुभयो भने स्वभावत: तपाईले सबैलाई प्रेम गर्नुहुन्छ | जस्तै कृष्ण भावनाभावित व्यक्ति, उसले भगवानलाई प्रेम गरेको कारण ऊ जनावरलाई पनि प्रेम गर्छ, ऊ पंक्षी, पशु, सबैलाई प्रेम गर्छ | तर तथाकथित मानवतावादी प्रेम भनेको तिनीहरु कोहि मानवलाई प्रेम गर्छन् तर जनावरहरु मारिंदैछन् | किन तिनीहरु जनावरलाई प्रेम गर्दैनन्? किनकि अपूर्ण | तर कृष्ण भावनाभावित व्यक्तिले कहिल्यै एउटा जनवारलाई मार्ने वा दु:ख दिने समेत गर्दैन | किनकि त्यो सार्वभौमिक प्रेम हुन्छ | यदि तपाई केवल आफ्नो भाई-बहिनिलाई प्रेम गर्नुहुन्छ भने त्यो सार्वभौमिक प्रेम होइन | सार्वभौमिक प्रेम भनेको तपाई सबैलाई प्रेम गर्नुहुन्छ | त्यो सार्वभौमिक प्रेम कृष्ण भावनाबाट विकास गर्न सकिन्छ, अन्य विधिबाट होइन |

महिला अतिथि: मलाई कोहि भक्तहरु थाहा छन् जसले नाता तोड्नुपरेको थियो, भन्नु नै पर्दा, उनीहरुको भौतिक संसारका माता-पितासँग र त्यसले केहि मात्रामा उनीहरुलाई दु:ख दिन्छ, किनकि उनीहरुका माता-पिताहरुले बुझ्दैनन् | अब तपाई यसलाई सजिलो बनाउन के भन्नुहुन्छ ?

प्रभुपाद: एक युवक जो कृष्ण भावनामा छन्, उनले आफ्ना माता-पिता, परिवार, देशवासी, समाजलाई सर्वोत्तम सेवा दिन्छन् | कृष्ण भावनाभावित नभईकन आफ्नो माता-पितालाई उनीहरु के सेवा दिंदैछन् ? प्रायः तिनीहरु छुट्टिन्छन् | तर, जसरी प्रह्लाद महाराज एक महान भक्त हुनुहुन्थ्यो र उनका पिता ठुलो अभक्त थिए, यहाँसम्म कि उनका पितालाई नृसिंहदेवले वध गर्नुभयो, तर प्रह्लाद महाराजलाई जब भगवानले केहि आशिर्वाद माग्ने आदेश दिनुभयो, उनले भने कि "म व्यापारी होइन, प्रभु, कि हजुरलाई केहि सेवा गरेर म केहि फिर्ता लिउँ | कृपया मलाई माफ गर्नुहोस् |" नृसिंहदेव धेरै खुसी हुनुभयो: " यहाँ एक शुद्ध भक्त छन् |" तर उही शुद्ध भक्तले भगवानलाई आग्रह गर्नुभयो, "मेरो प्रभु, मेरा पिता नास्तिक हुनुहुन्थ्यो र उहाँले धेरै अपराध गर्नुभयो, त्यसैले म यो चाहन्छु कि मेरा पिता मुक्त हुनुहोस् |" र नृसिंहदेवले भन्नुभयो,"तिम्रा पिता मुक्त भइसके किनकि तिमी उनका छोरा हौ | उनका सबै अपराध पश्चात पनि, उनी मुक्त छन् किनकि तिमी उनका छोरा हौ | तिम्रा पितामात्र होइनन् तर तिम्रा पिताका पिता, सात जन्मसम्म, तिनीहरु सबै मुक्त हुन्छन् |"

त्यसैले यदि वैष्णव एक परिवारमा आउँछन् भने उनले आफ्ना पिता मात्र होइन, पिताका पिता, उनका पिता, उनका पिता लगायतलाई मुक्त गरिदिन्छन् | त्यो परिवारको लागि सर्वोत्तम सेवा हो, कृष्ण भावनाभावित हुनु | वास्तवमा, यो भएको छ | मेरा एक शिष्य, कार्तिकेय, उनकी आमा समाजप्रति यति रुची राख्थिन् कि जब कार्तिकेयले आफ्नी आमा भेट्न चाहन्थे, आमाले भन्दथिन् " बस | म नाच पार्टीमा जान्छु |" त्यस्तो थियो सम्बन्ध | तर पनि, उनी कृष्ण भावनाभावित भएको कारण उनी आफ्ना मातासँग धेरै पटक बोल्थे | मृत्युको समयमा ती आमाले आफ्ना छोरालाई सोधिन्, "तिम्रा कृष्ण कहाँ हुनुहुन्छ ? उहाँ यहाँ हुनुहुन्छ?" र तत्काल, उनी बितिन् | त्यो भनेको मृत्युको समयमा उनले कृष्णलाई सम्झिन् र तत्काल उनी मुक्त भइन् |

यो भगवाद् गीतामा वर्णित छ, यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (भ गी ८।६ ) | यदि कसैले मृत्युको समयमा कृष्णलाई सम्झिन्छ भने जीवन सफल हुन्छ | त्यसैले ती माता, आफ्नो छोरा, कृष्ण भावनाभावित छोराको कारणले गर्दा, उनी मुक्त भइन्, कृष्ण भावनामा नआएर पनि | त्यसैले यो फाइदा छ |