NE/Prabhupada 0074 - मानव जीवन तपस्याको लागि हो

Revision as of 03:51, 27 November 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0074 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 4.21 -- Bombay, April 10, 1974


सबै कुरा भगवाद गीतामा वर्णित छ | भगवाद गीतामा भनिएको छैन कि "तिमि हावा खाएर बाँच |" होइन | भगवाद गीतामा भनिएको छ, अन्नाद भवंति भुतानी (भ गी ३।१४ ) । अन्न । अन्न भनेको अनाज | अनाजको आवश्यकता छ | अन्नाद भवंति भुतानी | भगवाद गीतामा भनिएको छैन कि "तिमीले खानु पर्दैन |" तिमि केवल हावा खाउ र योग गर | होइन | तर हामीले खानुपर्छ, न धेरै , न थोरै, यो सुझाव छ | युक्ताहार विहारस्य (भ गी ६।१७ )| हामीले धेरै या थोरै खानु हुदैन |

र निरासी: (भ गी ४।२१ ) | निरासी: भनेको अपव्ययी प्रयास नगर्ने | अहिले हामी इन्द्रियतृप्ति धेरै भन्दा धेरै चाहन्छौं | यो चाहिएको छैन | यदि तपाई जीवनको पूर्णता चाहनुहुन्छ भने यो तपस्या हो | एकको इच्छा हुन्छ, तर उसले नचाहिदो इच्छा गर्नु हुदैन | सबैको खाने अधिकार छ, जनावरको पनि | सबैको अधिकार छ | तर हामी अत्याधिक मजा गर्ने इच्छा गर्छौं, तसर्थ हामी जनावरलाई राम्ररी बाँच्ने मौका दिदैनौं; र हामी जनावरलाई खान खोज्दै छौं | यो चाहिएको छैन | यसलाई भन्छ निरासी: | किन जनावर खानुपर्यो? त्यो असभ्य जीवन हो | तब खान छैन, जब तिनीहरु आदिवासी हुन्छन, अनि तिनीहरु जनावर खान सक्छन, किनकि तिनीहरुलाई खानेकुरा उब्जाउन आउदैन | तर जब मानव समाज सभ्य हुन्छ, उसले धेरै रामो खानेकुरा उब्जाउन सक्छ, उसले गाई पालना सक्छ, गाई खानुको साटो | उसले दुध पाउँछ, पर्याप्त दुध | हामीले दुध र अन्नबाट धेरै परिकार बनाउन सक्छौं |

त्यसैले हामीले नचाहिने गरि धेरै मजा लिन खोज्नु हुदैन | अनि यहाँ भनिएको छ, कुर्वन नाप्नोती किल्बिषम् (भ गी ४।२१ ) | किल्बिषम् भनेको पापी जीवनको नतिजा | किल्बिषम् | यदि हामीले आफ्नो आवश्यकता भन्दा धेरै इच्छा गरेनौं भने , हामी फस्दैनौं, पापमा, कुर्वन अपि, यदि ऊ काम नै गरिरहेको भए पनि | जब तपाई काम गरिरहनुहुन्छ, जानेर या नजानेर, तपाईले यस्तो कर्म गर्नुपर्छ जुन पुण्य कर्म हुदैन, जुन पाप नै हुन सक्छ, तर तपाई केवल जीवनयापनको सोच्नुहुन्छ, त्यसो भए कुर्वन नाप्नोती किल्बिशम | हाम्रो जीवन पापमुक्त हुनुपर्छ | नत्र हामीले भोग्नुपर्छ |

तर तिनीहरु विश्वास गर्दैन, जबकि तिनीहरु अत्यन्त नारकीय जीवनहरु देखिरहेका छन् | ति ८४,००,००० जीवनहरु कहाँ बाट आएका छन् ? धेरै जीवनहरु छन् जो साह्रै नारकीय जीवन बाँचिरहेका छन् | अवस्य पनि ती जनावरहरु या ती जीवहरुलाई थाहा छैन, तर हामी मानव, हामीले यो नारकीय जीवन किन हुन्छ भनेर बुझ्नुपर्छ | यो मायाको भ्रम हो |, एकले, जस्तै..... एउटा सुँगुर साह्रै फोहोरी स्थितिमा बाँचिरहेको हुन्छ, विष्टा खान्छ, तर पनि, ऊ आफुलाई खुसी सम्झन्छ, र त्यसैले ऊ मोटाइरहेको हुन्छ | जब कोहि खुसी हुन्छ, "म धेरै खुसी छु ", ऊ मोटाउँछ | तपाईले यी सुँगुरहरु पाउनुहुन्छ, यी धेरै मोटा छन्, तर के खान्छन ? तिनीहरु विष्टा खान्छन र फोहोरमा बस्छन | तर तिनीहरु सोच्छन "हामी धेरै खुसी छौं |" त्यसैले त्यो मायाको भ्रम हो | जो पनि नारकीय जीवन बाँचिरहेको हुन्छ, माया, भ्रमबाट, ऊ सोच्छ कि ऊ ठिकै छ, ऊ राम्ररि बाँचिरहेको छ | तर एक व्यक्ति जो उच्च तहमा बाँचिरहेको हुन्छ, उसले देख्छ कि ऊ नारकीय जीवन बाँचिरहेको छ | त्यसैले त्यहाँ भ्रम छ, तर ज्ञानबाट, सत्संघबाट, शास्त्रबाट आदेश लिएर, गुरुबाट, साधुबाट, एकले बुझ्नुपर्छ कि जीवनको मूल्य के हो र त्यस्तै गरि बाँच्नुपर्छ |

त्यसैले यो कृष्णले आदेश दिनुभएको छ, कि निराशी, एकले नचाहिदो इच्छ गर्नुहुदैन, जीवनको आवश्यकता भन्दा बढी | यसलाई भन्छ निराशी: | निराशी: | यसको अर्को अर्थ भौतिक आनन्दको धेरै सौख | र यो सम्भव छ जब ऊ पूर्ण ज्ञानमा हुन्छ कि "म यो शरीर होइन | म आत्मा हो | मेरो आवश्यकता भनेको कसरि अध्यत्मिक्क ज्ञानमा विकास गर्ने |" तब ऊ निराशी: बन्छ | तपस्याका लागि यी माध्यम हुन् | मानिसले अहिले बिर्सिसके | तिनीहरुलाई तपस्या के हो थाहा छैन | तर मानव जीवन त्यस उद्देश्यको लागि हो | तपो दिव्यं पुत्रका येन शुद्धयेत सत्वं येन ब्रह्म सौख्यं अनन्तं (श्री भा ५।५।१ ) | ये शास्त्रको निर्देशन हो। मानव जीवन तपस्याको लागि हो ।

र तपस्या.. तसर्थ वैदिक जीवनमा जीवनको सुरुवात तपस्या हो, ब्रह्मचारी , ब्रह्मचारी | एक विद्यार्थीलाई ब्रह्मचारीको अभ्यासको लागि गुरुकुल पठाइन्छ | यो तपस्या हो, आरामदायक जीवन होइन | भूइंम सुत्ने, ढोका-ढोकामा गएर भिक्षा माग्ने | तर तिनीहरु थाक्दैन | किनकि तिनीहरु बच्चा हुन्छन, यदि तिनीहरु तपस्यामा शिक्षित हुन्छ, तिनीहरु अभ्यास गर्छन | तिनीहरु सब स्त्रीलाई "आमा" भन्छन | "आमा मलाई केहि भिक्षा दिनुस |" अनि तिनीहरु गुरुकोमा फर्कन्छन | सबै गुरुको हुन्छ | यो ब्रह्मचारी जीवन | यो तपस्या हो | तपो दिव्यं (श्री भा ५।५।१ ) |यो वैदिक सभ्यता हो, कि बच्चाहरुलाई जीवनको सुरुवात देखि नै, तपस्याको अभ्यास गराउनुपर्छ, ब्रह्मचर्य | ब्रह्मचारीले कोहि युवतीलाई हेर्दैन | गुरुकी पत्नी पनि युवती हुन्छिन, ऊ गुरुकी पत्नीकोमा पनि जान पाउंदैन | यी प्रतिबंधनहरु हुन् | अहिले खै त त्यो ब्रह्मचर्य ? कोहि ब्रह्मचारी छैनन | यो कलि युग हो | तपस्या छैन |