NE/Prabhupada 0077 - तपाईले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ

Revision as of 12:37, 6 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0077 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Ratha-yatra -- San Francisco, June 27, 1971

भगवान श्रीकृष्णले भन्नुहुन्छ, जो भए पनि निरन्तर रुपमा, चौबिस घण्टा श्रीकृष्णको सेवामा लाग्छ, जस्तै यी कृष्णभावना समाजका शिष्यहरु, तपाईले यिनीहरुलाई चौबिस घण्टा कृष्णको सेवामा लागिरहेको पाउनुहुन्छ | यहि हो, मैले भन्नुको मतलब, कृष्णभावनाको महत्व | तिनीहरू सधैभरि सेवारत् छन। यो रथयात्रा उत्सव पनि एउटा साधन हो जसद्वारा एक दिन, तपाईहरु सबैजना कृष्ण भावनामृतमा संग्लग्न हुन पाउनुहुनेछ । यो त एउटा अभ्यास मात्र हो, अनि यदि तपाईहरूले जीवनभरि अभ्यास गर्नुभयो भने मृत्युको समयमा यदी श्रीकृष्णलाई स्मरण गर्न सक्नुभयो भने, तिमीहरूको जीवन सफल हुनेछ। अभ्यास गर्नै पर्नेछ।

यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (गीता ८|६)

हामीले यो शरिर त्याग्नै पर्छ, यो सत्य हो। तर मृत्युको समयमा यदि हामीले भगवान श्रीकृष्णलाई सम्झिन सक्यौ भने तत्कालै तपाईहरूलाई श्रीकृष्णको लोकमा स्थानान्तरण गराईने छ। श्रीकृष्ण सर्वव्यापि हुनुहुन्छ तैपनि उहाँको विशेष धाम छ त्यो हो गोलोक वृन्दावन। यो शरिर, भन्नुको मतलब ईन्द्रीयहरु, तपाईहरूले बुझेकै कुरा हो, ईन्द्रीयका माथि हुन्छ मन जो सुक्ष्म छ जसले ईन्द्रीयहरुलाई नियन्त्रण गर्दछ, मन देखि माथि बुद्धि हुन्छ र बुद्धि देखि माथिबाट छ आत्मा। हामीसंग यो जानकारी छैन तर यदी हामीले भक्तियोग प्रणालीलाई अभ्यासमा ल्यायौं भने, हामीहरूलाई हामी के हौं भनेर ज्ञान हुनेछ | हामी यो शरीर होइनौं | यो कुरा ठुला ठुला लेखक, दार्शनिक र वैज्ञानिकहरुलाई पनि थाहा छैन, उनिहरू पनि शरिरको सम्बन्धमा रहेका छन। सबैले सोचिरहेका छन कि "म यो शरिर हुँ", तर यो त गलत धाराणा हो। हामीहरू वास्तवमा यो शरिर होइनौं । म यहाँ सम्झाईदिदै छु |

शरिर भन्नुको मतलब ईन्द्रीयहरू हुन तर तिनिहरुलाई मनले नियन्त्रणमा राखेको हुन्छ, मन लाई बुद्धीले नियन्त्रण गरिरहेको हुन्छ र बुद्धीलाई आत्माले। तपाईहरूलाई यो कुरा थाहा छैन। शरिरमा आत्मा कसरि रहेको छ भन्ने ज्ञान दिनेवाला शिक्षण व्यवस्था संसारभरि कहि पनि छैन, जुन मानव जातीले बुझ्नु पर्ने आधारभुत आवश्यकता हो। मानव जीवन पशु जस्तो गरेर समय फाल्नका लागि होईन, खानु, सुत्नु, करणी गर्नु र झगडा गर्नु | यस्तो त पशुको जीवन हो। मानव जातिको थप बुद्धि कसरी बुझ्ने भन्नेमा उपयोग गर्नुपर्छ "म... म के हुँ? म एक आत्मा हुँ |" हामीले "म आत्मा हुँ" भन्ने जान्यौं भने कि शरिरको धारणामा आधारित जीवन जसले यो संसारमा तनाव ल्याएको छ..... जीवनको शारीरिक धारणामा म सोचिरहेको छु "म भरातीय हुँ" तपाई सोचिरहनुभएको छ "अमेरिकी" उसले केहि सोचिरहेको छ | तर हामी सबै एक हौँ | हामीहरू सबै आत्मा हौँ। भगवान श्रीकृष्ण- जगन्नाथका हामी सदासर्वदा दास हौं।

त्यसैले आज धेरै राम्रो, पुण्य दिन हो। यसै दिन भगवान श्रीकृष्ण, जब यो पृथ्वीमा रहनु भएको बेलामा कुरुक्षेत्रमा सुर्य ग्रहण लागेको बेलामा उपस्थित हुनुभयो। अनि श्रीकृष्णले आफ्ना दाजु बलराम र बहिनी सुभद्राका साथमा कुरुक्षेत्रको मैदानमा सवार हुनुभयो। भारतमा त्यो कुरुक्षेत्र भूमी अझै छ। कुनै दिन तपाईहरु भारतमा जानुभयो भने कुरुक्षेत्र भूमी आफैले देख्न सक्नुहुनेछ । त्यसैले यो रथयात्रा स्मरणोत्सवमा गरिन्छ, भगवान श्रीकृष्ण आफ्ना दाजु र बहिनीका साथमा कुरुक्षेत्रको भ्रमणको | भगवान जग्नाथ, भगवान चैतन्य महाप्रभु. उहाँ परम आनन्दमा हुनुहुन्थ्यो उहाँ राधारानिको प्रेमभाव भाविग हुनुभएको थियो । उहाँले सोचिरहनुभएको थियो,"कृष्ण, कृपया फेरी वृन्दावन आउनुहोस् |" उहाँ रथयात्रा अघि नाचीरहनु भएको थियो, र तपाईले बुझ्नुहुनेछ हाम्रो समाझले छपाएका पुष्तक पुस्तक पढ्नुभयो भयो भने....| एउटा पुस्तक हो, भगवान श्री चैतन्य महाप्रभुका दिव्योपदेश। यो पुस्तक महत्वपुर्ण छ।

कृष्णभावनामृत अभियानको बारेमा जान्न चाहनुहुन्छ भने हामीकहाँ धेरै पुस्तक छन् । तपाईहरूले वैज्ञानिक र दार्शनिक अध्ययन गर्न सक्नुहुन्छ | यदि तपाईलाई अध्ययन गर्न इच्छा छैन भने, यदि तपाईले यो हरे कृष्ण जप लिनुभयो भने क्रमिक रुपले तपाईलाई सबै कुरा प्रकट हुनेछ, र तपाईले कृष्णसंगको आफ्नो सम्बन्ध बुझ्नुहुनेछ |

यो उत्सवमा भाग लिनुभएकोमा म तपाईहरूलाई धन्यवाद ज्ञापन गर्दछु। अब हामी सबैले हरे कृष्ण महामन्त्र जपौं र जगन्नाथ स्वामीका साथमा जाऔं। हरे कृष्ण।