NE/Prabhupada 0084 - केवल कृष्णको भक्त बन्नुहोस्

Revision as of 07:42, 19 September 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0084 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.22 -- Hyderabad, November 26, 1972

हाम्रो प्रस्ताव भनेको कृष्णबाट ज्ञान प्राप्त गर्नु हो, पूर्ण पुरुषबाट, पूर्ण पुरुषोत्तम भगवानबाट | हामीहरू शास्त्रलाई मान्छौं, जसको मतलब अच्युत हुन्छ | यसमा केहि पनि गल्ति छैन। जस्तै, जब म गाईको गोठ नजिकै हिंड्दै थिएँ, त्यहाँ गाईको गोबरको थुप्रो थियो। मैले मेरा शिष्यहरूलाई बताउँदै थिएँ कि यदी त्यहाँ पशुको वा मानिसको विष्टा हुन्थ्यो भने त्यस ठाउँमा कोहि पनि आउने थिएनन्। कोहि पनि आउने थिएनन्। तर गाईको गोबरको थुप्रो जताततै भएता पनि, हामीहरू यस ठाउँमा आउन मन पराउछौं। र वेदमा पनि भनिएको छ,"गाईको गोबर शुद्ध हुन्छ |" यहि हो शास्त्र भनेको। यदि तपाईहरुले तर्क गर्नुहुन्छ ,"त्यो कसरी? त्यो त पशुको विष्टा हो |" तर वेदमा बताइएको छ......किनकि उक्त ज्ञान पूर्ण हुन्छ, हामीले तार्किक दृष्टिले पनि यो प्रमाणित गर्न सक्दैनौं कि कसरी पशुको विष्टा शुद्ध हुन्छ, तर त्यो शुद्ध हुन्छ। तसर्थ वेदको ज्ञान पूर्ण हुन्छ ।

र यदि हामीले वेदबाट ज्ञान लिन्छौं भने हामीले अनेक अनुसन्धान गर्ने समय बचाउन सक्छौं | हामीहरू अनुसन्धानमा निकै रुचि राख्छौं। तर सबै कुरा वेदमा छ। किन तपाईहरु आफ्नो समय नाश गर्नुहुन्छ ? यो वैदिक ज्ञान हो | वेदको ज्ञान भनेको जुन भगवानले बताउनुभएको हो | यहि हो वेदको ज्ञान। अपौरुषेय​। यो म जस्तो सामान्य मानिसले बताएको कुरा होइन। यदि हामीले वेदको ज्ञान स्वीकार्छौं भने, यदि हामीले मान्छौं भने, कृष्ण अथवा उहाँका प्रतिनिधीहरूले बताउनुभएको तथ्यलाई..... किनकि भगवानका प्रतिनीधीहरूले भगवानले नभन्नुभएको कुरा बोल्नुहुन्न। यहि कारण उहाँलाई प्रतिनिधी मानिन्छ। कृष्ण भावनाभावित मानिसहरू कृष्णका प्रतिनिधीहरू हुन् किनभने कृष्ण भावनाभावित मानिसले कुनै व्यर्थको कुरा गर्दैन, कृष्णले भन्नु भएको भन्दा परको। यहि हो फरक। अरू पाखण्डीहरू र मूर्खहरूले कृष्ण बाहेकका कुरा गर्ने गर्दछन्।

कृष्णले भन्नु भएको छ, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५), तर धुर्तहरुले भन्छन्,"होइन, कृष्ण प्रति होइन |अरू कसै प्रति हो |" यो तिनीहरूले कहाँबाट पाउँछन् ? कृष्णले सिधै भन्नुहुन्छ, मन्-मना भव मद्-भक्तो मद्-याजी मां नमस्कुरु (भ गी १८|६५) | किन तिनीहरूले कुरा मोड्छन् ? किन तिनीहरु अरु कुरा भन्छन्: "यो त कृष्ण भित्रको केहि अर्को कुरा हो"? तपाईले पाउनुहुन्छ.... म नाम लिन चाहन्न | धेरै धुर्त विद्वानहरू छन्। तिनीहरुले त्यसरी व्याख्या गर्ने गर्दछन्। तसर्थ भगवद् गीता भारतको महाज्ञानको पुस्तक भएता पनि, मानिसहरू धेरै पथभ्रष्ट भएका छन्। ठुला.......यी धुर्त विद्वानहरु, तथाकथित विद्वानहरुको कारण | तिनीहरू केवल गलत अर्थ लगाउँछन्।

यसै कारण हामीले भगवद् गीता-यथारुप प्रस्तुत गरेका छौं। कृष्णले भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​(भ गी १८|६६) | हामीहरूले यहि यथार्थ ज्ञान प्रचार गर्छौं: "कृष्ण भावनाभावित हुनुहोस् । कृष्णका भक्त बन्नुहोस् । आफ्नो सम्मान अर्पण गर्नुहोस्...." तपाईहरुले जसलाई पनि सम्मान गर्नुपर्छ। तपाईहरु परमपुरूष हुनुहुन्न। केहि सेवा पाउन तपाईहरुले कसैलाई मख्ख पार्नुपर्छ। यो त ......राम्रो स्थिति प्राप्त भएता पनि तपाईले मख्ख पार्नैपर्छ | देशको राष्ट्रपतिको पद पाउनुभए पनि, आफ्नो देशको राष्ट्रपति भएता पनि, तपाईले जनतालाई मख्ख पार्नुपर्छ,"कृपया मलाई भोट दिनुहोस् | कृपया दिनुहोस्, मैले तपाईलाई धेरै सुविधा दिनेछु |" तपाईले मख्ख पार्नैपर्छ | यो तथ्य हो | तपाई ठुलो व्यक्ति बन्नुहोला | तर तपाईले कसैलाई मख्ख पार्नैपर्छ | तपाईले कसैलाई मालिकको रुपमा स्वीकार्नुपर्छ। किन कृष्णलाई नस्वीकार्ने जो परम-मालिक हुनुहुन्छ? यसमा के कठिनाइ छ ?

"होइन, म कृष्ण बाहेक अरू हजारौं मालिकहरुलाई मान्नेछु |" यस्तो छ हाम्रो दर्शन।

"कृष्ण बाहेक हजारौँ शिक्षकहरुलाई मान्नेछु, यो छ मेरो संकल्प।"

तब तपाई कसरी खुसी हुनुहुन्छ ? कृष्णलाई स्वीकार गर्दा मात्र खुसी मिल्छ।

भोक्तारं यज्ञ​-तपसां
सर्वलोक​-महेश्वरम्
सुहृदं सर्व​-भूतानां
ज्ञात्वा मां शान्तिम् ऋच्छति
(भ गी ५|२९)

शान्तिको प्रकृया यहि हो । कृष्णले भन्नुहुन्छ कि तपाई स्वीकार्नुहोस्,"म भोक्ता हुँ | तिमीहरु भोक्ता होइन |" तपाईहरु भोक्ता होइन | तपाई राष्ट्रपति, सचीव वा जे पनि हुनसक्नुहुन्छ। तर तपाई भोक्ता होइन। भोक्ता त कृष्ण हुनुहुन्छ। सबैले यो कुरा बुझ्नुपर्छ। जस्तै तपाईहरूको.... म यहाँ आउँदै छु, मैले आन्ध्र राहत परियोजनाको एउटा चिठिको जवाफ दिंदै थिएँ | यदि कृष्ण सन्तुष्ट हुनुहुन्न भने यो राहत समितिको के अर्थ हुन्छ ? केवल केहि रकम उठाएर ? होइन, यो सम्भव छैन। अहिले त्यहाँ पानी पर्न थाल्यो । यसबाट तपाईहरुलाई फाइदा हुनेछ। तर त्यो वर्षा कृष्णमा निर्भर छ, तपाईहरुको कोष संकलन गर्ने क्षमतामा होइन।