NE/Prabhupada 0087 - भौतिक प्रकृतिको नियम

Revision as of 19:38, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Sri Isopanisad Invocation Lecture -- Los Angeles, April 28, 1970

हो। यो भौतिक संसारमा सबै वस्तुको निश्चित समय हुन्छ। र त्यस निश्चित समयभित्र छ किसिमका परिवर्तनहरु हुन्छन् । पहिलो हो जन्म, त्यसपछि बढ्नु, त्यसपछि केहि समय रहनु, त्यसपछि केहि वस्तु उत्पन्न गर्नु, त्यसपछि क्षीण हुनु र विलिन हुनु । यो भौतिक प्रकृतिको नियम हो । यो फुलको एउटा कोपिलाको रुपमा जन्म हुन्छ, त्यसपछि उम्रिन्छ, त्यसपछि बढ्छ, त्यसपछि दुई तीन दिन रहन्छ, त्यसपछि त्यसले बीज उत्पन्न गर्छ, त्यसपछि बिस्तारै सुक्छ, त्यसपछि सकिन्छ। (सँगै:) तिमी यसरी बस। यसै प्रक्रियालाई भनिन्छ षड्-विकार​- छ किसिमका परिवर्तनहरु। तपाईहरुले यसलाई तथाकथित भौतिक विज्ञानद्वारा रोन सक्नुहुन्न | हुँदैन | त्यो त अविद्या हो। मानिसहरू आफैंलाई बचाउन प्रयासरत छन्, र तिनीहरू कहिलेकहीं भन्छन् कि मानिसहरु वैज्ञानिक ज्ञानद्वारा अमर हुनेछन् । रूसीहरूले यस्तै भन्छन्। यो त अविद्या हो, अज्ञानता। भौतिक नियमको प्रक्रियालाई कसैले रोक्न सक्दैन। तसर्थ, भगवद् गीतामा भनिएको छ, दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भ गी ७|१४) |

भौतिक नियमको प्रक्रिया, जुन तीन गुणहरूबाट बनेको हुन्छ- सत्व गुण, रजो गुण, तमो गुण......त्रि-गुण। यी गुणहरूको अर्को अर्थ हो डोरी | तपाईहरुले डोरी देख्नुभएको छ, तीन पोयामा बेरीएको हुन्छ। सर्वप्रथम सानो डोरी, त्यसपछि तीनवटा बटारेर फेरी तीनवटा थप्दै बटारेर, त्यसपछि अझ तीनवटा | त्यो डोरी बलियो हुन्छ | यी तीनवटा गुणहरू, सत्व, रज र तमोगुण, तिनीहरू मिसिएको हुन्छन्। फेरि तिनीहरूले केहि उत्पादन गर्दछन्, र फेरि मिसिंदै, फेरि मिसिंदै । यसरी ती गुणहरू ८१ पटक बटारिएको हुन्छन्। र गुणमयी मायाले तपाईहरुलाई अझ-अझ बाँध्छिन्। यो भौतिक संसारको बन्धनबाट तपाईहरू बाहिर निस्किन सक्नुहुन्न। बन्धन। तसर्थ, यसलाई अपवर्ग भनिन्छ। यो कृष्ण भवनाको प्रक्रिया यस पवर्ग प्रक्रियालाई शुन्य गराउनु हो।

हिजो मैले यो पवर्गको बारेमा गर्गमुनीलाई बताएको थिएँ। पवर्ग भनेको प अक्षरको वर्गहरु। तपाईहरुलाई थाहा छ, जसले देवनागरी पढ्नुभएको छ | क ख ग घ ङ, च छ ज झ ञ, देवनागरी अक्षरहरु | यसरी, एक हरफमा पाँच अक्षर। र पाँचौं हरफ आउँछ, प फ ब भ म । यो पवर्ग भनेको प | सुरुमा प। प भनेको परव- हार। सबैजना प्रयासरत छन्, जीवित रहन निकै कठिन संघर्ष गरिरहेका छन्, तर पराजित हुन्छन्। पहिलो पवर्ग। प भनेको परव। त्यसपछि फ। फ को अर्थ हुन्छ फिज। जस्तै घोडा, जब कडा परिश्रम गर्छ, तपाईले उसको मुखबाट केहि फिज आएको देख्न सक्नुहुन्छ । हामीहरू पनि कहिलेकहीं, जब हामी निकै थकित हुन्छौं निकै परिश्रम गरेपछि, जिब्रो सुक्छ र केहि फिज निस्किन्छ | यस्तै सबैजना इन्द्रीयतृप्तिको निमित्त निकै परिश्रम गर्छन्, तर पराजित हुन्छन्। प, फ, र ब | ब भनेको बन्धन। पहिलो प, दोस्रो फ र अनि बन्धन तेस्रो, त्यसपछि ब, भ। भ भनेको भय । त्यपछि म | म भनेको मृत्यु। । यस कृष्ण भावनाको प्रक्रिया अपवर्ग हो । अप। अ भनेको शुन्य। पवर्ग, यी भौतिक संसारका लक्षणहरू हुन्, र जब तपाईले यो अक्षर अ जोड्नुहुन्छ, अपवर्ग, त्यो भन्नेको शुन्य पार्नु |