NE/Prabhupada 0088 - हामीसँग जोडिएका शिष्यहरुले सुनेर श्रवणिक अभिग्रहण गर्छन्

Revision as of 08:30, 19 September 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0088 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 7.1 -- San Diego, July 1, 1972


ब्रह्माले भन्नुहुन्छ, उहाँको अनुभव....उहाँ नै यो ब्रह्माण्डका उत्तम प्राणी हुनुहुन्छ। उहाँले भन्नुभएको थियो "जब कोहि मानिसले परिकल्पन गर्ने स्वभाव छोड्छ..." ज्ञाने प्रयासम् उदापस्य- ऊ विनम्र हुनुपर्दछ। कसैले पनि केहि कुरा थाहा छ, उसले केहि कल्पना गर्नसक्छ, उसले केहि आविष्कार गर्नसक्छ भनेर प्रस्तुत गर्नुहुँदैन | जस्तै तथाकथित वैज्ञानिकहरु, तिनीहरु केवल कल्पना गर्छन् र श्रम नाश गर्छन् | तिमीहरू आफैंले केहि पनि गर्न सक्दैनौ । सबै प्रबन्ध पहिला नै मिलेको छ। तिमीले परिवर्तन गर्न सक्दैनौ | तिमीहरुले केवल नियमहरू कसरी लागु भएका छन् भनेर हेर्नमात्र सक्छौ, तिमीहरुसँग त्यति गर्ने क्षमतामात्र छ। तर तिमीहरूले त्यो नियमलाई परिवर्तन सक्दैनौ, नियमलाई सुलभ पार्ने सुविधा पनि बनाउन सक्दैनौ। यो कसैले गर्न सक्दैनन्। दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भ गी ७।१४) | दुरत्यया भनेको यो धेरै मुस्किल छ | जब चैतन्य महाप्रभुलाई ब्रह्माको यस वक्तव्यको बारेमा जानकारी भयो, कि मानिसले परिकल्पना गर्ने विचारधारा त्याग्नुपर्छ कि उसले केहि सिर्जना गर्नसक्छ... यस्ता कुव्यावहारलाई त्याग्नुपर्छ। ऊ धेरै विनम्र हुनुपर्छ | झारपात भन्दा पनि विनम्र। जस्तै हामीले झारलाई टेक्दा उसले विरोध गर्दैन। "ठिक छ हजुर । तपाई जानुहोस् ।" यस्तो विनम्रता।

तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना। तरु भनेको रुख। रुख धेरै धीर हुन्छ। चैतन्य माहाप्रभुले भन्नुभयो, ज्ञाने प्रयासम् उदपास्य नमन्त एव... "अथवा म मेरो परिकल्पना गर्ने प्रकृयालाई त्याग्छु र म तपाईले उपदेश दिनुभए अनुसार विनम्र हुन्छु। त्यसपछि मेरो कर्तव्य के हो?" त्यसपछिको कर्तव्य भनेको नमन्त एव, नम्र हुनु, सन्-मुखरितां भवदीय​-वार्ताम्, तपाई भक्त समक्ष जानुपर्छ, र उनीबाट सुन्नुपर्छ | स्थाने स्थीत: | तपाई आफ्नो स्थानमा रहनुहोस् | तपाई अमेरिकी रहनुहोस् | तपाई भारतीय रहनुहोस् | तपाई इसाई रहनुहोस् | तपाई हिन्दु रहनुहोस् । तपाई कालो रहनुहोस् । तपाई सेतो रहनुहोस् | तपाई स्त्री, पुरुष, जे हुनुहुन्छ, त्यहि रहनुहोस् । केवल आत्मज्ञानीले भनेको कुरालाई कान थापेर सुन्नुहोस् । यहि सिफारिस गरिएको छ। जब तपाईहरुले सुन्नुहुनेछ, तपाईहरुले मनन पनि गर्नुहुनेछ | जस्तै तपाईहरुले मेरो कुरा सुन्दै हुनुहुन्छ, यदि तपाईहरुले मनन गर्नुहुन्छ कि "स्वामीजीले के भन्नुभयो....?" स्थाने स्थिताः श्रुति-गतां तनु-वाङ्-मनोभिः | श्रुति-गतां। श्रुति भनेको कानबाट स्वीकार गर्नु। यदि तपाईले मनन गरेर आफ्नो शरीर, मनबाट बुझ्ने प्रयास गर्नुहुन्छ भने क्रमिक रुपमा तपाईले.... किनकि तपाईको उद्देश्य आत्मा-साक्षात्कार हो | आत्मा भनेको परमात्मा | भगवान्, उहाँ परमात्मा हुनुहुन्छ। हामी अंश हौँ।

यो प्रकृयाबाट, चैतन्य माहाप्रभुले भन्नुहुन्छ, भगवान्, अजित, जसलाई जित्न सम्भव छैन....तर यदि तपाईले... यदि तपाईले भगवानलाई चुनौतिपूर्वक बुझ्न खोज्नुहुन्छ भने तपाईले कहिल्यै बुझुहुनेछैन | भगवानले चुनौतीलाई कहिल्यै स्वीकार्नु हुँदैन। किनकि भगवान् महान हुनुहुन्छ, उहाँले तपाईहरुको चुनौतीलाई किन स्वीकार्नुपर्यो ? यदि तपाईहरुले भन्नुहुन्छ "हे मेरा प्रिय भगवान्, कृपया यहाँ आउनुहोस् | म हजुरलाई हेर्न चाहन्छु," भगवान् त्यस्तो हुनुहुन्न कि उहाँले तपाईहरुको आदेश पालन गर्नुहुन्छ | भगवानको उपदेश तपाईहरुले मान्नुपर्छ। त्यहि हो भागवत् साक्षात्कार। भगवानले भन्नुहुन्छ:"तिमी आत्मसमर्पण गर," सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज​ (भ गी १८|६६) | यहि प्रकृयाबाट तपाईहरूले भगवानलाई चिन्नुहुनेछ। यस्तो होइन कि "म भगवानलाई चिन्छु। मेरो बुद्धि राम्रो छ। म परिकल्पना गर्छु |" होइन। यसकारण, यो श्रवण......हामीहरू श्रवणको बारेमा कुरा गरिरहेका छौं। श्रवण प्रक्रिया निकै महत्वपूर्ण छ | हाम्रो सारा कृष्ण भावनामृत अभियान फैलिरहेको छ किनभने हामीसँग लागेका शिष्यहरुले, उनीहरुले श्रवणिक अभिग्रहण गरिरहेका छन्, सुनेर। तिनीहरूको भित्र सबै कुरा श्रवणद्वारा परिवर्तन भएको थियो र तिनीहरु खुला हृदयबाट हामीसँग लागेका छन् र....गइरहेको छ | त्यसैले श्रवण महत्वपुर्ण छ। हामीले धेरै केन्द्रहरू केवल मानिसहरूलाई दिव्य उपदेश सुनाउन खोलिरहेका छौं। तपाईले यो मौका लिनुहोस्, मेरो मतलब, यो श्रवण प्रक्रियाको फाइदा लिनुहोस् |