NE/Prabhupada 0093 - भगवद्-गीता पनि कृष्ण हुन्

Revision as of 19:39, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on Brahma-samhita, Lecture -- Bombay, January 3, 1973

श्रीमद् भागवतम् वेदान्त सूत्रको मूल व्याख्या हो | वेदान्त सुत्रमा, वेदान्त सूत्रको व्याख्यामा, श्रीमद् भागवतममा भनिएको छ,

जन्माद्य् अस्य यत: अन्वयात् इतरतस् च अर्थेशु अभिज्ञ:
तेने ब्रह्म ह्रदा अादि कवये मुह्यन्ति यत्र सूरय:
(श्री भ १|१।१) |

यी विवरण छन् त्यहाँ | आदि-कवि भनेको ब्रह्मा | ब्रह्मा, आदि-कवि | तेने ब्रह्म | ब्रह्मा भनेको शब्द-ब्रह्म, वैदिक शास्त्र | उहाँले उपदेश दिनुभयो वा ब्रह्माको हृदयमा बीजारोपण गर्नुभयो | किनकि जब सृष्टि भएको थियो, स्रुरुवातमा ब्रह्मा एकमात्र व्यक्ति वा जीव हुनुहुन्थ्यो | त्यसैले प्रश्न उठ्न सक्छ कि "कसरी ब्रह्माले वैदिक ज्ञान सिक्नुभयो?" त्यो बताइएको छ: तेने ब्रह्म... ब्रह्मा | ब्रह्मा भनेको वैदिक शास्त्र | शब्द-ब्रह्म | ज्ञान, भगवानको विवरण पनि ब्रह्म हो | ब्राह्म परम हुनुहुन्छ | ब्रह्म र ब्रह्मको व्याख्या गर्ने शास्त्र बीच कुनै भिन्नता छैन | उही कुरा: जस्तै भगवद् गीता र कृष्णमा कुनै अन्तर छैन | भगवद् गीता पनि कृष्ण हुन् | अन्यथा, किन यो किताबको आराधना गरिन्छ, धेरै समय देखि, पाँच हजार वर्षदेखि, भगवद् गीता कृष्णभन्दा अभिन्न भएको भए किन आराधना गरिन्थ्यो ? आजकल धेरै साहित्य, किताबहरु छापिन्छन् | एक वर्षपछि, दुइ वर्ष, तीन वर्ष- सकियो | कसैले त्यसको मतलब गर्दैन | कसैले त्यसको मतलब गर्दैन | कसैले पढ्दैन... विश्व इतिहासमा कुनै पनि साहित्य लिनुहोस्, कुनै साहित्य पाँच हजार वर्ष रहन सक्दैन, दोहोर्याएर पढिएको छ, धेरै विद्वान, धर्मावलम्बी र दार्शनिक, सबैद्वारा | किन ? किनकि यी कृष्ण हुन् | कृष्ण... भगवद् गीता र भगवान् बीच कुनै भिन्नता छैन | शब्द-ब्रह्म | भगवद् गीतालाई कुनै साधारण साहित्य जसरी लिनुहुँदैन, कि कसैले आफ्नो ए-बि-सी-डी ज्ञानबाट टिप्पणी दिन सकोस् | हुँदैन | त्यो सम्भव छैन | धुर्त र मूर्खहरु, तिनीहरु आफ्नो ए-बि-सी-डी विद्वत्ताबाट भगवद् गीतामा टिप्पणी दिन्छन् | त्यो सम्भव छैन | यो त शब्द-ब्रह्म हो | यो त त्यस व्यक्ति सामु प्रकट हुन्छ जसमा कृष्ण प्रति भक्ति छ | यस्य देवे परा भक्तिर यथा देवे.....यो वैदिक शास्त्रको उपदेश हो |

यस्य देवे परा भक्तिर यथा देवे तथा गुरौ
तस्यैते कथिता हि अर्था: प्रकाशन्ते महात्मन:
(श उ ६।२३)

ती प्रकट हुन्छन् | त्यसैले वैदिक शास्त्रलाई प्रकट हुने भनिन्छ | यो होइन कि मैले तिम्रो ए-बि-सी-डी ज्ञानबाट बुझ्न सक्छु; मैले एउटा भगवद्-गीता किन्न सक्छु, र मसँग व्याकरणको ज्ञान भएको कारण मैले बुझ्न सक्छु | होइन | वेदेषु दुर्लभ | ब्रह्म संहितामा भनिएको छ, वेदेषु दुर्लभ | तपाई सम्पूर्ण वैदिक शास्त्र आफ्नो साहित्यिक क्षमता या विद्वताले पढ्नुहोस्- दुर्लभ | यो सम्भव छैन | वेदेषु दुर्लभ | तसर्थ धेरै मानिसहरु छन्, तिनीहरु आफ्नो तथाकथित विद्वताद्वारा भगवद् गीताको व्याख्या गर्न चाहन्छन्, तर कसैले तिनीहरुको वास्ता गर्दैनन् | तिनीहरुले एउटा मानिसलाई पनि कृष्णको भक्त बनाउन सक्दैनन् | यो चुनौती हो | बम्बईमा धेरै मानिसहरु छन्, धेरै वर्षदेखि तिनीहरुले भगवद् गीताको व्याख्या गर्दैछन्, तर तिनीहरुले एउटा मानिसलाई पनि कृष्णको शुद्ध भक्त बनाउन सकेनन् | यो हाम्रो चुनौती हो | तर यस भगवद् गीता, अहिले यथारुप व्याख्या गरिएको छ, र हजारौं युरोपेली तथा अमेरिकी, जसका पूर्वज वा परिवारले कहिल्यै कृष्णको नाम थाहा पाएका थिएनन्, तिनीहरु भक्त हुँदैछन् | यो सफलताको रहस्य हो | तर यी मूर्ख मानिसहरु, तिनीहरुलाई थाहा छैन | तिनीहरु सोच्छन् कि आफ्नो तथाकथित धूर्ततापूर्ण ज्ञानद्वारा भगवद् गीताको व्याख्या गरेर तिनीहरु भगवद् गीताको ज्ञान प्रकट गराउन सक्छन | त्यो सम्भव छैन | नाहं प्रकाश: योगमाया समावृत: । कृष्ण यी मूर्ख र धूर्त सामु प्रकट हुनुहुँदैन | कृष्ण कहिल्यै प्रकट हुनुहुँदैन | नाहम् प्रकाश: सर्वस्य (भ गी ७।२५) | उहाँ त्यति सस्तो हुनुहुन्न कि यी मूर्ख र धूर्तबाट बुझिनुहुन्छ | यो सम्भव छैन | कृष्ण भन्नुहुन्छ, नाहं प्रकाश: सर्वस्य योगमाया समावृत:...(भ गी ७।२५) |

मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये
यतताम् अपि सिद्धानां कश्चिद् वेत्ति मां तत्त्वतः
(भ गी ७।३) |