NE/Prabhupada 0098 - कृष्णको सुन्दरताबाट आकर्षित हुनुहोस्

Revision as of 10:06, 3 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0098 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

The Nectar of Devotion -- Vrndavana, November 11, 1972

मदन मोहन | मदन भनेको यौन आकर्षण | मदन, यौन आकर्षण, कामदेव, र कृष्णलाई मदन मोहन भनिन्छ | एकले, मैले भन्न खोजेको, यौन आकर्षण पनि उपेक्षा गर्न सक्छ यदि ऊ कृष्णसंग आकर्षित छ | त्यो परिक्षण हो | मदनले यो भौतिक जगतलाई आकर्षित गरिरहेका छन् | सबैजना यौन जीवनबाट आकर्षित छन् | सारा भौतिक जगत यौन जीवनमा आधारित छ | यो तथ्य हो | यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् (श्री भ ७।९।४५) | यहाँ, खुसी, तथाकथित खुसी भनेको मैथुन हो, मैथुनादि | मैथुनादि भनेको यहाँ खुसी मैथुन, यौन-क्रिडाबाट सुरु हुन्छ | साधारणतया, मानिसहरु....,एक पुरुषले विवाह गर्छन | उद्देश्य भनेको यौन इच्छा सन्तुष्ट गर्नु हो | तब उसले बच्चा जन्माउँछ | तब फेरी, जब ती बच्चाहरु हुर्किन्छन, तिनीहरु, छोरीलाई अर्को युवासंग विवाह गराइन्छ र छोरालाई अर्की युवतीसंग | त्यसको उद्देश्य पनि त्यहि हो:यौन सम्बन्ध | तब फेरी, नाति-नातिनी | यस प्रकारले, यो भौतिक सुख- श्रीयैश्वर्य प्रजेप्सव: (श्री भ १|२|२७)) | हामीले छलफल गरेका थियौं | श्री भनेको सुन्दरता, ऐश्वर्य भनेको धन, र प्रजा भनेको प्रजनन | त्यसैले साधारणतया, मानिसहरु, तिनीहरु मनपराउँछन्- राम्रो परिवार, राम्रो पुंजी, र राम्री श्रीमती, राम्री छोरी, राम्री बुहारी | यदि एउटा परिवारसंग राम्री स्त्रीहरु र धन छ भने, र ठुलो.... धेरै बच्चाहरु, उसलाई सफल मानिन्छ | ऊ सफल मानिसमा गनिन्छ | त्यसैले शास्त्रले भन्छ,"यो सफलता के हो? यो सफता यौन-क्रिडाबाट सुरु हुन्छ | त्यति हो | र त्यसैलाई सम्हालेर राख्ने | त्यसैले यन् मैथुनादि-गृहमेधि सुखं हि तुच्छम् (श्री भ ७।९।४५) | यहाँ यो सुख यौन जीवनबाट सुरु हुन्छ, मैथुनादि | हामीले यसलाई विभिन्न तरिकामा चम्काउन सक्छौं, तर यो मैथुन, यौन जीवनको सुख, सुँगुरमा हुन्छ | सुँगुरहरु पनि, तिनीहरु सारा दिन खान्छन, यता र त्यता:"विष्टा कहाँ छ ? विष्टा कहाँ छ ?" र यौन-क्रिडा गर्छन कुनै भेदभाव बिना | सुँगुरहरुले भेद गर्दैनन् चाहे आमा ,बहिनी या छोरी | त्यसैले शास्त्रमा भनिएको छ,"यहाँ, यो भौतिक जगतमा, हामि बाँधिएका छौं, हामीहरु यो भौतिक जगतमा केवल यौन जीवनको लागि बाँधिएका छौं |" ती कामदेव हुन् | कामदेव यौन जीवनका देवता हुन्, मदन | जबसम्म एक मानिस, के भनिन्छ, मदन,कामदेवबाट प्रेरित हुदैन, ऊ हुन सक्दैन, मैले भन्न खोजेको, यौन जीवनबाट आनन्दित | र कृष्णको नाम हो मदन-मोहन | मदन-मोहन भनेको जो कृष्णसंग आकर्षित छ, उसले यौन जीवनबाट आउने आनन्द बिर्सन्छ | यो परिक्षण हो | तसर्थ उहाँको नाम मदन-मोहन हो | यहाँ मदन-मोहन हुनुहुन्छ | सनातन गोस्वामीले मदन-मोहनको पुजा गर्नुहुन्थ्यो | मदन या मादन | मादन भनेको पागल हुनु | र मदन, कामदेव |

त्यसैले सबैजना यौन जीवनको बलले व्यथित छन् | धेरै ठाउँहरु छन्...... भागवतममा भनिएको छ, पुंस: स्त्रिया मिथुनी भावम् एतत् तयोर् मिथो हृदय-ग्रन्थिम अाहुर् (श्री भ ५।५।८) | सारा भौतिक जगत गइरहेको छ: पुरुष महिलाबाट आकर्षित छन्, महिला पुरुषबाट आकर्षित छिन | र, यो आकर्षण खोज्दै, जब तिनीहरु एकजुट हुन्छन, यो भौतिक जगत प्रति तिनीहरुको आकर्षण झन् बढ्छ | र यस प्रकारले, एकजुट भएपछी, या विवाह गरेपछि, एक स्त्री र पुरुष, तिनीहरु राम्रो घर खोज्छन, गृह; क्षेत्र, गतिविधि, व्यापार, कारखाना या खेतीयोग्य जमिन | किककी एकले पैसा कमाउनु पर्छ | त्यसैले, खानेकुरा खोज | गृह-क्षेत्र; सुत, बच्चा; र आप्त, साथीहरु; वित्त, धन | अत: गृह क्षेत्र-सुताप्त वित्तैर् जनस्य मोहो अयम (श्री भ ५।५।८) | भौतिक जगतप्रतिको आकर्षण झन् कडा हुँदै जान्छ | यसलाई भनिन्छ मदन, मदनद्वारा आकर्षण | तर हाम्रो कार्य भनेको यो भौतिक जगतको झिलिमिलीबाट आकर्षित हुनु होइन, तर कृष्णबाट आकर्षित हुनु हो | त्यो हो कृष्ण भावनामृत आन्दोलन | जबसम्म तपाई कृष्णको सुन्दरताबाट आकर्षित हुनुहुदैन, हामी यो भौतिक जगतको झुठो सुन्दरताबाट आकर्षित हुनुपर्छ | तसर्थ श्री यमुनाचार्यले भन्नुभएको छ कि: यदावधि मम चेत: कृष्ण-पदारविन्दयोर नव-नव-धाम रन्तुम् अासीत्: "जब देखि म कृष्णको सुन्दरताबाट आकर्षित भएँ र उहाँको चरणकमलको सेवा गर्न थालें, र मैले नयाँ, नयाँ शक्ति पाईरहेको छु, तब देखि, मैले यौन क्रिडाको बारेमा सोच्ने बित्तिकै, मलाई त्यसमा थुक्न मन लाग्छ |" त्यो वितृष्णा हो, अरु आकर्षण छैन.... यो भौतिक जगतको आकर्षणको केन्द्रविन्दु भनेको यौन जीवन हो, र एक, जब कोहि यौन जीवनबाट अनाशक्त हुन्छ.... तदावधि मम चेत:...

यदावधि मम चेत: कृष्ण-पदारविन्दयोर्
नव-नव-(रस-)धाम(अनुद्यत)रन्तुम् अासीत् :
तदावधि बत नारी संगमे स्मर्यमाने
भवति मुख विकार: सुष्टु निष्ठीवननं च

"जब म यौन क्रिडाको बारेमा सोच्छु, तत्काल मेरो मुख अर्कोतीर फर्किन्छ र म त्यसमा थुक्न चाहन्छु |" तसर्थ कृष्ण मदन मोहन हुनुहुन्छ | मदनले सबै लाई आकर्षित गरेका छन्, यौन जीवन, र कृष्ण, जब कोहि कृष्णबाट आकर्षित हुन्छ, तब मदनले पनि हार्छन | त्यसैले जब मदनले हार्छन, हामीले यो भौतिक जगतमाथि विजय प्राप्त गर्छौं | अन्यथा यो धेरै गाह्रो छ |