NE/Prabhupada 0102 - मनको गति

Revision as of 04:00, 4 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0102 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 5.5.1-8 -- Stockholm, September 8, 1973

अहिले तपाईसंग हवाईजहाज छ | त्यो राम्रो हो | तर तपाई भैतिक लोकहरुमा पनि पुग्न सक्नुहुन्न | त्यसैले यदि तपाईलाई अध्यात्मिक लोकमा जान मन छ भने तपाईले त्यस्तो हवाईजहाज बनाउनुपर्छ जुन मनको गतिमा चल्छ | या हावाको गतिमा | जो भौतिक शास्त्री छन्, तिनीहरुलाई थाहा छ हावाको गति कति हो, प्रकाशको गति कति हो | त्यसैले यो गतिभन्दा माथि, मनको गति | जो भौतिक शास्त्री छन्, तिनीहरुलाई थाहा छ कति द्रुत छन् हावा र प्रकाश | मन झनै द्रुत छ | तपाईसंग अनुभव छ | अहिले तपाई यहाँ बसिरहनु भएको छ | तत्काल, एक सेकेन्डमा तपाई अमेरिका,भारत तत्काल जान सक्नुहुन्छ | तपाई आफ्नो घर जान सक्नुहुन्छ | तपाईले देख्न सक्नुहुन्छ- मनबाट, अवस्य पनि, मनको गति | त्यसैले ब्रह्म संहितामा भनिएको छ कि यदि तपाईले मनको गतिमा चल्ने हवाईजहाज उत्पादन गर्नु भए पनि, जुन हावाको गतिमा चल्छ- पन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यः- र त्यो गतिमा तपाई करोडौं वर्षसम्म जानुभयो, तब पनि तपाईले गोलोक वृन्दावन भेटाउन सक्नुहुन्न | तब पनि, तपाईले भेटाउनुहुन्न | Pअन्थास् तु कोटि-शत​-वत्सर​-सम्प्रगम्यो वायोर् अथापि मनसो मुनि-पुङ्गवानाम् (ब्र स ५|३४) | यो होइन कि पहिलेका आचार्यहरु र अरुहरु, उहाँहरुलाई थाहा थिएन, हवाईजहाज के हो, गति के हो, कसरि कुदाउने | मुर्खतापुर्वक नसोच्नुहोस, तिनीहरुले उत्पादन गरेका छन् | त्यो केहि पनि होइन, तेस्रो-, चौथो श्रेणीको पनि होइन, दशौँ श्रेणी | पहिले राम्रा हवाईजहाजहरु थिए | अब यहाँ सुझाव छ कि तपाईले त्यस्तो हवाईजहाज उत्पादन गर्न सक्नुहुन्छ जुन मनको गतिमा चल्छ | अब यहाँ सुझाव छ- गर्नुहोस | तपाईले हावाको गतिमा चल्ने हवाईजहाज उत्पादन गर्न सक्नुहुन्छ | तिनीहरु सोच्दैछन कि यदि हामीले प्रकाशको गतिमा चल्ने हवाईजहाज उत्पादन गर्न सक्यौं भने, तब पनि, त्यसलाई उच्च लोकसम्म पुग्न चालिस हजार वर्ष लाग्छ | तिनीहरु सोचिरहेका छन्, यदि त्यो सम्भव छ भने |

तर जहाँसम्म हामीले देखेका छौं, जो बोल्ट र किलामा व्यस्त छन्, कसरी यो मन्द दिमागले, तिनीहरुले त्यस्तो कुरा उत्पादन गर्न सक्छन? त्यो सम्भव छैन | त्यसलाई अर्को दिमाग चाहिन्छ | योगीहरु जान सक्छन | जस्तै दुर्वासा मुनि | उनि वैकुण्ठ-लोक पुगेका थिए, र उनले व्यक्तिगत रुपमा भगवान विष्णुको दर्शन पाए माफी माग्नलाई किनकि उहाँको चक्र उनलाई मार्न पछि लागेको थियो | उनले वैष्णवको अपमान गरेका थिए | त्यो अर्को कथा हो | यसरी वास्तवमा मानव जीवन त्यो उद्देश्यको लागि हो, भगवान र उहाँका शक्तिलाइ बुझ्न र हाम्रो पुरानो सम्बन्ध पुन:स्थापना गर्न | त्यो मूल कार्य हो | तर दुर्भाग्यवस, तिनीहरु कारखानामा व्यस्त छन्, अरु काममा, कुकुर र सुँगुर जसरि काम गर्न, र तिनीहरुको सारा शक्ति बिग्रिएको छ | बिग्रिएको मात्र होइन, तर तिनीहरुको चरित्र, तिनीहरु धेरै मेहेनत गर्दैछन्, त्यसैले धेरै मेहेनत गरेपछि तिनीहरुले नशा लिनैपर्छ | नशा लिएपछि तिनीहरुले मासु खाने पर्छ | यो सम्मिश्रण पछि तिनीहरुलाई यौन सम्बन्ध चाहिन्छ | त्यसरी यस प्रकारले, तिनीहरु अन्धकारमा छन् | र यहाँ, रिशभदेवका यी श्लोकहरु, उहाँले चेतावनी दिनुभएको छ | उहाँले चेतावनी दिनुभएको छ, उहाँ आफ्ना छोराहरु संगै बोल्दै हुनुहुन्छ, तर हामीहरुले शिक्षा लिन सक्छौं | उहाँ भन्नुहुन्छ:नायं देहो देह​-भाजां नृलोके कष्टान् कामान् अर्हते विड्-भुजां ये (श्री भ ५. ५. १) | कामान् भनेको जीवनका आवश्यकता | तपाईले आफ्ना जीवनका आवश्यकता सजिलै पाउन सक्नुहुन्छ | खेत जोतेर तपैले अन्न पाउनुहुन्छ | र यदि गाईबाट दुध पाउनुहुन्छ | त्यति हो | त्यो पर्याप्त छ | तर नेताहरुले योजना बनाइरहेका छन्, कि यदि तिनीहरु आफ्नो खेतीको कामबाट सन्तुष्ट छन् भने, थोरै अन्न र दुध, तब कसले कारखानामा काम गर्छन ? तसर्थ तिनीहरुले कर तिराउँछन् ताकि तपाई सरल जीवन बाँच्न नसक्नुहोस | त्यो स्थिति छ | तपाईले इच्छा गरे पनि, आधुनिक नेताहरुले अनुमति दिदैनन | तिनीहरुले तपाईलाइ कुकुर र सुँगुर जसरि काम गर्न बाध्य बनाउछन् | यो छ स्थिति |