NE/Prabhupada 0105 - यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझिन्छ

Revision as of 09:14, 6 December 2015 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0105 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 18.67 -- Ahmedabad, December 10, 1972

भक्त: श्रील प्रभुपाद, कसैले प्रश्न राखेका थिए कि:"यो आन्दोलनको परिचालक हजुर पछि को हुन्छन ?"

प्रभुपाद: जसले मलाई भन्छ, उसले गर्नेछ | (हाँसो चल्छ)

भारतीय मानिस(५): के म प्रिय भक्तहरुलाई भन्न सक्छु हजुरको आज्ञ पालन गर्ने, हजुर पछि यो आन्दोलनलाई चलाईराख्ने, कि श्री भक्तिवेदांत प्रभु पछि के छ, यो गतिलाई कायम राख्न: हरे कृष्ण, हरे कृष्ण |

प्रभुपाद: त्यो भगवद-गीतामा उल्लेख गरिएको छ:

इमं विवस्वते योगं
प्रोक्तवान् अहम् अव्ययम्
विवस्वान् मनवे प्राह
मनुर् इक्ष्वाकवे ऽब्रवीत्
(|१)

पहिले, कृष्णले यो कृष्ण भावनामृतको विज्ञान सुर्यदेवलाई भन्नुभयो, र सुर्यदेव विवस्वानले आफ्ना छोरा मनुलाई | र मनुले आफ्ना छोरा इक्ष्वाकुलाई | एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भ गी ४|२)| त्यसैले यो विज्ञान गुरु शिष्य परम्पराबाट बुझ्न सकिन्छ | जसरी हामीले आफ्ना गुरु महाराजबाट परम्परामा बुझेजा छौं, त्यसैले जो शिष्यले बुझेका छन्, उनले चलाईराख्ने छन् | यो विधि हो | यो नया कुरा होइन | यो पुरानो कुरा हो | केवल हामीले यसलाई ठिक ढंगले वितरण गर्नुपर्छ, जसरी हामीले हाम्रा पूर्वज आचार्यबाट सुनेका छौं | तसर्थ भगवद गीतामा सिफारिश गरिएको छः आचार्य उपासनम्:"एकले आचार्य समक्ष जानैपर्छ |" आचार्यवान् पुरुषो वेद​ । केवल मनागढ़ंत तरिकाबाट, तथाकथित विद्वताबाट, यो सम्भव छैन | यो सम्भव छैन | आचार्य समक्ष जानै पर्छ | त्यसैले आचार्य परम्परा विधिबाट, गुरु शिष्य परम्पराबाट आएका हुन्छन् | तसर्थ कृष्णले सिफारिश गर्नुहुन्छ, तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया: (भ गी ४.३४) | "आचार्य समक्ष गएर प्रणिपात, समर्पणबाट बुझ्ने प्रयास गर्नुपर्छ |" सारा कुरा आत्मसमर्पणमा निर्भर गर्छ | ये यथा मां प्रपद्यन्ते | शरणागतिको विधि, शरणागतिको तह, कृष्णलाई बुझ्ने तरिका हो | यदि हामी पूर्ण शरणागत छौं भने हामीले पूर्ण रुपमा कृष्णलाई बुझ्न सक्दछौं | यदि हामी केहि मात्रामा शरणागत छौं भने हामीले केहि मात्रामा कृष्णलाई बुझ्न सक्दछौं | त्यसैले ये यथा मां प्रपद्यन्ते | शरणागतिको अनुपात | जसले पूर्ण आत्मसमर्पण गरेको छ, उसले यो दर्शन बुझ्न सक्छ र उसले प्रचार पनि गर्न सक्छ, कृष्णको कृपाले |