NE/Prabhupada 0119 - आत्मा सदाबहार छ

Revision as of 04:02, 18 March 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0119 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.1-10 and Talk -- Los Angeles, November 25, 1968

प्रभुपाद: हो |

श्रीमती: के त्यहि हो उमेर, जब आत्माले शरीर छोडिरहेको हुन्छ, तपाई बुढो हुनुहुन्छ ?

प्रभुपाद: होइन, आत्मा बुढो हुँदैन | शरीर परिवर्तनशील छ, त्यो विधि हो | त्यसको व्याख्या हुनेछ,

देहिनो अस्मिन् यथा देहे
कौमारम् यौवनम् जरा
तथा देहान्तर प्राप्तिर्
धीरस् तत्र न मुह्यति
(भ गी २।१३)

आत्मा सदाबहार छ | शरीर परिवर्तन भईरहेको छ | त्यो बुझ्नुपर्छ | शरीर परिवर्तन भईरहेको छ | त्यो सबैले बुझ्न सक्छ | जस्तै तपाईको बाल्यकालमा तपाईको शरीर... जस्तै यी बालिका, एक फरक शरीर | र जब यस बालिका एक युवती हुन्छिन, एक फरक शरीर हुनेछ | तर आत्मा भने यो शरीर र त्यस शरीरमा छ | त्यसैले यो प्रमाण हो कि आत्मा परिवर्तन हुँदैन, शरीर हुन्छ | यो प्रमाण हो | मी मेरो बाल्यकालको बारेमा सोचिरहेको छु | त्यसको मतलब म उही "म" छु जुन बाल्यकालमा थिएँ, र म सम्झिन्छु मेरो बाल्यकालमा मैले यो,त्यो गरिरहेको हुन्थेँ | तर त्यस बाल्यकालको शरीर अहिले छैन | त्यो गईसक्यो | तसर्थ यो निष्कर्ष हो कि मेरो शरीर परिवर्तन भएको छ, तर म उही छु | यो होइन र ? यो सरल सत्य हो | त्यसैले यो शरीर परिवर्तन हुन्छ, म भने रहिरहन्छु | म अर्को शरीर प्रवेश गर्न सक्छु, त्यो मतलब हुँदैन, तर म रहिरहन्छु | तथा देहान्तर प्राप्तिर् धीरस् तत्र न मुह्यति :(भ गी २।१३) जसरी मैले अहिलेको परिस्थितिमा पनि शरीर परिवर्तन गरिरहेको छु, त्यसैगरी, अन्तिम परिवर्तनको मतलब यो होइन कि मेरो मृत्यु भयो | म अर्कोमा प्रवेश गर्छु....त्यसको पनि व्याख्या गरिएको छ, वाशाम्सी जीर्नानि यथा (भ गी २।२२) कि म परिवर्तन हुन्छु | जस्तै जब म सन्यासी थिईन, मेरो पहिरन कुनै सज्जन व्यक्ति जस्तो हुन्थ्यो | अहिले मैले मेरो पहिरन परिवर्तन गरेको छु | यसको मतलब यो होइन कि मेरो मृत्यु भयो | होइन | मैले मेरो शरीर परिवर्तन गरेँ, त्यति हो | मैले मेरो शरीर परिवर्तन गरेँ |