NE/Prabhupada 0120 - अचिन्त्य रहस्यमय शक्ति

Revision as of 05:24, 18 March 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0120 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Mo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Morning Walk At Cheviot Hills Golf Course -- May 17, 1973, Los Angeles

प्रभुपाद: तिमीले अनुवाद गर्यौ कि गरेनौ?

स्वरुप दामोदर: अचिन्त्य?

प्रभुपाद: हो | अचिन्त्य अथवा रहस्यमय |

स्वरुप दामोदर: रहस्यमय शक्ति |

प्रभुपाद: हो |

स्वरुप दामोदर: म केवल संकलन गरिरहेको छु, जे श्रील प्रभुपादले व्याख्या गर्नुभयो, कि विभिन्न अचिन्त्य शक्तिहरु के हुन् जुन हामीले देख्छौं |

प्रभुपाद: यहाँ अचिन्त्य-शक्तिले कार्य गरिरहेको छ, यो तुवाँलो, हुस्सु | तिमीसंग यसलाई हटाउने कुनै शक्ति छैन | तिम्रो शक्तिभन्दा परको | तिमीले केहि शब्दलाई खेलाएर व्याख्या गर्न सक्छौ...

बटुवा: शुभ प्रभात |

प्रभुपाद:शुभ प्रभात | ...कि " यस्तो रसायन, यस्तो अनु, यस्तो यो, त्यो," धेरै कुराहरु छन् | तर (हाँस्दै) तिमीसंग यसलाई हटाउने कुनै शक्ति छैन |

स्वरुप दामोदर: हो | तिनीहरुसंग यो तुँवालो कसरी बन्यो भन्ने व्याख्या छ | तिनीहरु भन्छन्...

प्रभुपाद: त्यो तिमी गर्न सक्छौ | त्यो, म पनि गर्न सक्छु | त्यो त्यति ठुलो श्रेय होइन | तर यदि तिमीलाई थाहा छ यो कसरी बन्यो, तब प्रभावहीन बनाऊ|

स्वरुप दामोदर:हामीलाई थाहा छ यो कसरी बन्छ | हामीलाई थाहा छ यो कसरी बन्छ |

प्रभुपाद: हो | तिमीलाई थाहा छ भने, तिमी खोज गर, प्रभावहीन बनाउने | जस्तै पहिले, युद्धमा परमाणु ब्रह्मास्त्र फालिन्थ्यो | अर्को तिर....ब्रह्मास्त्र भनेको अत्याधिक ताप | त्यसैले तिनीहरुले केहि गर्थे, तिनीहरुले पानिमा परिणत गर्थे | किनकि ताप पछि पानि हुनुपर्छ | त्यस्तो विज्ञान कहाँ छ?

स्वरुप दामोदर: यो दुध जस्तै हो | दुध सेतो देखिन्छ, तर यो केवल पानि हो | तिनीहरु भन्छन, यो प्रोटिनको कोलाइडयन निलम्बन हो, यी कसिन, पानीमा | त्यसैगरी, यो तुँवालो केवल पानीको हावामा कोलाइडयन निलम्बन हो |

प्रभुपाद: हो | के तिमी आगो सिर्जना गर्न सक्छौ | यो तत्काल हट्नेछ | पानि आगोद्वारा हटाउन सकिन्छ | त्यसैले तिमी बनाऊ | त्यो तिमी सक्दैनौ | तिमीले केवल एउटा बम प्रहार गर्यौ | त्यहाँ केहि ताप हुनेछ र सबै तुँवालो जानेछ | यो गर |

करन्धर: त्यसले पुरै ग्रहलाई नाश गर्छ | त्यसले पुरै ग्रहलाई नाश गर्छ | (हाँसो चल्छ)

प्रभुपाद: हरे कृष्ण | पानीलाई आगो वा हावाले प्रभावहिन बनाउन सकिन्छ | सबैलाई थाहा छ | त्यसैले तिमी गर, निलम्बन | यो तिम्रो लागि रहस्यमय शक्ति हो | तिमी बेकार बोल्न सक्छौ, तर तिमी त्यसको विरुद्धमा केहि गर्न सक्दैनौ | तसर्थ यो रहस्यमय शक्ति हो | त्यसैगरी, धेरै कुराहरु छन् | त्यो हो अचिन्त्य शक्ति | तिमीले सोच्न पनि सक्दैनौ | प्रकृतिको तरिकाले, तत्काल सुर्य उदाउँछ- तुँवालो रहँदैन | सबै सकिन्छ | सुर्यको थोरै ताप वृद्धि, सबै सकिन्छ | नीहारम् इव भास्करः | यो उदाहरण भागवतमा दिईएको छ | नीहार, यसलाई भनिन्छ नीहार | जसरी नीहार तत्काल भास्कर, सुर्यद्वारा नष्ट हुन्छ, त्यसैगरी, यदि एकले आफ्नो निष्क्रिय भक्ति जगाउन सक्छ भने, तब सबै सकिन्छ, उसका सम्पूर्ण पापका फलहरु, सकिन्छ | नीहारम् इव भास्करः | तिमी केवल सिर्जना गर....तिमीले सुर्य यो रसायन, त्यो रसायनको रचना हो भनेर गणना गरेका छौ | केवल एउटा सुर्य बनाऊ र त्यसलाई फालिदेउ | केवल सैद्धान्तिक भविष्य, गफ र शब्दको खील, त्यो राम्रो होइन |

स्वरुप दामोदर: अनुसन्धानको मतलब त्यहि हो | अनुसन्धान भनेको पहिले नबुझिएको कुरा बुझ्नु हो |

प्रभुपाद: हो | अनुसन्धान भनेको तिमीहरु मुर्ख र धुर्त हौ भनेर स्वीकार गर्नु हो | अनुसन्धान कसका लागि ? कसलाई थाहा छैन | अन्यथा अनुसन्धानको प्रश्न कहाँ छ ? तिमीलाई थाहा छैन | तिमी यो स्वीकार गर | धेरै रहस्यमय शक्तिहरु छन् | तिमीलाई थाहा छैन यो कसरी भईरहेको छ | तसर्थ तिमी अचिन्त्य शक्ति स्वीकार्नुपर्छ | र अचिन्त्य शक्तिको यो सिद्धान्त स्वीकार नगरी भगवानको कुनै अर्थ हुँदैन | यो होइन कि बल-योगी भगवान बन्यो | यो धुर्त, मुर्खहरुको लागि हो | तर जो बुद्धिमान छन्, तिमीहरुले अचिन्त्य शक्तिको परिक्षण गर्नेछन् | जस्तै हामी कृष्णलाई भगवान- अचिन्त्य शक्ति स्वीकार्छौं | हामी रामलाई स्वीकार्छौं- अचिन्त्य शक्ति | त्यति सस्तो गरि होइन | एउटा धुर्त आउँछ र भन्छ,"म भगवानको अवतर हुँ |" अर्को धुर्तले स्वीकार्छ | यो त्यस्तो होइन | "रामकृष्ण भगवान हुन् |" हामी स्वीकार्दैनौं | हामीले अचिन्त्य रहस्यमय शक्ति देख्नैपर्छ | जस्तै कृष्णले, बालक छँदा, पर्वत उठाउनुभयो | यो अचिन्त्य रहस्यमय शक्ति हो | रामचन्द्र, उहाँले स्तम्भ बिनाको पुलको निर्माण गर्नुभयो | ढुंगा तैरिन थाल्यो:"छोड |" त्यसैले यो अचिन्त्य शक्ति हो | र किनकि तिमी यस अचिन्त्य शक्तिमा समायोजन गर्न सक्दैनौ, जब तिनिहरुकॉ व्याख्या हुन्छ, तिमी भन्छु,"अहो, यी सब कथाहरु हुन् |" के भनिन्छ ? पौराणिक कथा | तर महान, महान ऋषिहरु, वाल्मिकी र व्यस्देव र अरु अचार्यहरु, उहाँहरुले केवल पौराणिक कथा लेख्न आफ्नो समय बर्बाद गर्नुभयो ? त्यस्ता शिक्षित विद्वानहरु ? र उहाँहरुले व्याख्या गर्नुभएन कि यो पौराणिक कथा हो | उहाँहरुले यसलाई वास्तविक तथ्यको रुपमा स्वीकार गर्नुभयो | जंगलमा आगो लागेको थियो | सबै साथीहरु र गोठालो बालकहरु आत्तिएका थिए | तिनीहरु कृष्णतर्फ हेर्न थाले:"कृष्ण, के गर्ने?" "ठिक छ |" उहाँले सम्पूर्ण आगोलाई निल्दिनुभायो | यो हो अचिन्त्य रहस्यमय शक्ति | यहि हुनुहुन्छ भगवान | ऐश्वर्यस्य समग्रस्य वीर्यस्य यशस: श्रीय: (विष्णु पुराण ६।५।४७) | यी छ ऐश्वर्य पूर्ण मात्रामा | यहि हुनुहुन्छ भगवान | अचिन्त्य शक्ति अथवा रहस्यमय शक्ति, हामीसंग पनि छ | निकै सानो मात्रामा | हाम्रा शरीर भित्रका धेरै कुराहरु चलिरहेका छन् | हामी व्याख्या गर्न सक्दैनौं | उही उदाहरण | मेरा नङहरु त्यहि रुपमा आईरहेको छ | यो रोगले बिग्रिए पनि, फेरी आईरहेको छ | मलाइ थाहा छैन कस्तो यन्त्र चलिरहेको छ, र नङ आईरहेको छ, उही स्थानमा अटाएर र सबै | त्यो पनि मेरो शरीरबाट आईरहेको छ | त्यसैले यो रहस्यमय शक्ति हो | यो रहस्यमय शक्ति हो मेरो लागि र डाक्टरको लागि, सबैको लागि..... तिनीहरु व्याख्या गर्न सक्दैनन् |