NE/Prabhupada 0126 - केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि

Revision as of 15:17, 20 March 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0126 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 4.18 -- Delhi, November 3, 1973

महिला भक्त: हजुरले भन्नुभयो कि यदि हामी कुनै गतिविधि गर्छौं भने त्यो गतिविधिबाट भगवान कृष्ण खुशी हुनुभयो कि भनेर परिक्षण गर्नुपर्छ | तर त्यो परिक्षण के हो ?

प्रभुपाद:यदि गुरु खुशी हुनुहुन्छ भने कृष्ण खुशी हुनुहुन्छ | त्यो तपाईले दैनिक गाइरहनुभएको छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि | यदि गुरु खुशी हुनुहुन्छ भने कृष्ण खुशी हुनुहुन्छ | त्यो हो परिक्षण | यदि उहाँ खुशी हुनुहुन्न भने ऊसंग कुनै अरु उपाय छैन |

यो बुझ्नलाई धेरै सजिलो छ | मानौं कोहि कार्यालयमा कार्यरत छ, उसको तत्कालको वरिष्ठ व्यक्ति प्रमुख हुन्छ, प्रमुख बैदार यो त्यस विभागको निर्देशक | त्यसैले सबैजना कार्यरत छन् | यदि उसले निर्देशकलाई सन्तुष्ट पार्छ भने, वा प्रमुख बैदरलाई, तब यो बुझिन्छ कि उसले प्रबन्ध निर्देशकलाई खुशी बनाएको छ | यो धेरै कठिन छैन | तपाईको तत्कालको वरिष्ठ व्यक्ति, कृष्णको प्रतिनिधि, उहाँ सन्तुष्ट हुनुपर्छ | यस्य प्रसादाद् भगवत्-प्रसादो यस्य​ | तसर्थ अध्यात्मिक गुरुको मार्गदर्शन चाहिन्छ | कृष्ण अध्यात्मिक गुरुको रुपमा मार्गदर्शन गर्न आउनुहुन्छ | यो चैतन्य चरितामृतमा उल्लेख गरिएको छ | गुरु-कृष्ण​-कृपाय​ | गुरु-कृष्ण​-कृपाय​ | त्यसैले गुरु-कृपा, गुरुको कृपा, कृष्णको कृपा हो | त्यसैले जब उहाँहरु दुवैजना खुशी हुनुहुन्छ, तब हाम्रो बाटो स्पष्ट हुन्छ | गुरु-कृष्ण-कृपाए पाए भक्ति लता बीज (चै च मध्य १९।१५१) | तब हाम्रो भक्तिमय सेवा पूर्ण हुन्छ | तपाईले यस बयान गुर्वाष्टक​मा याद गर्नुभएन ? यस्य प्रसादाद् भगवत्-प्रसादो यस्याप्रसादान् न गतिः कुतो ऽपि |

जस्तै यो अभियान | यो अभियान केवल मेरो गुरु महाराजको सन्तुष्टिको लागि सुरु गरिएको हो | उहाँले चाहनुहुन्थ्यो | चैतन्य महाप्रभुले चाहनुहुन्थ्यो कि यो अभियान सारा विश्वभरि फैलीयोस् | तसर्थ उहाँले मेरा धेरै गुरुभाईहरुलाई आदेश दिनुभयो, र चाहनुभयो.... आदेश पनि होइन, उहाँले चाहनुहुन्थ्यो | उहाँले मेरा केहि गुरुभाईहरुलाई प्रचार गर्न विदेश पठाउनुभयो, तर कुनै कारणवश उहाँहरु त्यति सफल हुनुभएको थिएन | उहाँहरुलाई फिर्ता बोलाइयो | त्यसैले मैले सोचें,"मैले यो बुढो उमेरमा कोशिश गर्नुपर्यो |" त्यसैले मेरो केवल इच्छा मेरो गुरु महाराजको इच्छा पुरा गर्नु थियो | तपाईहरुले अहिले मदत गर्नुभएको छ | यो अहिले सफल हुँदै छ | र यो हो यस्य प्रसादाद् भगवत्-प्रसादः । वास्तवमा यदि हामी इमान्दारीपुर्वक गुरुको निर्देशनमा कार्य गर्छौं भने, त्यो कृष्णको सन्तुष्टि हो र कृष्णले हामीलाई अघि बढ्न मदत गर्नुहुन्छ |