NE/Prabhupada 0136 - गुरु-शिष्य परम्पराद्वारा ज्ञान आउँछ

Revision as of 11:48, 18 April 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0136 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture with Translator -- Sanand, December 25, 1975

त्यसैले भगवान भनेको सर्वोच्च पुरुषोत्तम भगवान | परम सत्य तिन स्तरमा अनुभव गरिन्छ: ब्रह्मेति परमात्मेति भगवान् इति शब्द्यते (श्री भ १।२।११) | परम सत्य सुरुवातमा निराकार ब्रह्मको रुपमा अनुभव गर्न सकिन्छ, जुन ज्ञानीको उद्देश्य हो, र अर्को, परमात्मा, जुन योगीको उद्देश्य हो, र अन्तिममा, परम बुझाईमा अन्तिम शब्द व्यक्ति हो, सर्वोच्च पुरुषोत्तम भगवान | अन्तिम विषय सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ, जसतै हामीले बुझ्छौं कि सुर्यमा एक परम व्यक्ति हुनुहुन्छ वा सुर्य-नारायण, वा सुर्य ग्रहभित्र मुख्य व्यक्ति | उहाँको नाम पनि भगवाद गीतामा दिईएको छ- विवस्वान | भगवानले चौथो अध्यायमा भन्नुहुन्छ, इमं विवस्वते योगं प्रोक्तवान् अहम् अव्ययम्: (भ गी ४।१))| "मैले सर्वप्रथम यस विज्ञान, भगवद गीताको यस योग विधिको व्याख्या विवस्वान, सुर्य-देवलाई गरें |" विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत्. | र विवस्वान, सुर्यदेव, उहानले मनुलाई व्याख्या गर्नुभयो, र मनुले आफ्नो पुत्रलाई व्याख्या गर्नुभयो | यस प्रकारले, गुरु-शिष्य परमपराद्वारा ज्ञान आएको छ | त्यसैले जब हामी ज्ञान, विद्याको कुरा गर्छौं, यो एक व्यक्तिबाट सिक्नुपर्छ | त्यसैले भगवान, परम सत्यको बुझाईमा अन्तिम शब्द, उहाँले भगवाद गीतामा भन्नुहुन्छ |

त्यसैले व्यासदेवले विशेषगरी यहाँ भन्नुहुन्छ, भगवान उवाच | उहाँले भन्नुहुन्न कि कृष्ण उवाच, किनकि कहिलेकाही कृष्ण मुर्खद्वारा बुझिनुहुन्न | त्यसैले भगवान उवाच, यस शब्द, भनेको जे उहाँले भन्नुहुन्छ, कुनै कमि वा कमजोरी छैन | हामीजस्ता साधारण व्यक्तिक लागि चार कमि छन्: भ्रम प्रमाद विप्रलिप्सा कर​-णापाटव​ | त्यसैले सर्वोच्च पुरुषोत्तम भगवान कृष्ण वा आत्मा साक्षात्कार गरेका व्यक्तिमा, कृष्णका सेवक, जसले कृष्णलाई बुझेका छन्, तिनीहरुलाई कुनै कमजोरी छैन | तिनीहरु पूर्ण छन् | यस कारणले कृष्णले उपदेश दिनुहुन्छ,

तद् विद्धि प्रणिपातेन
परिप्रश्नेन सेवया
उपदेक्ष्यन्ति तद् ज्ञानं
ज्ञानिनस् तत्त्व​-दर्शिनः
(भ गी ४।३४))

जसले वास्तवमा सत्य देखेको वा अनुभव गरेको छ, तिमी ऊबाट ज्ञान लिऊ | त्यसैले हामी त्यस्तो व्यक्ति समक्ष जानुपर्छ | अन्यथा, यदि हामी कुनै काल्पना गर्ने व्यक्ति समक्ष जान्छौं, हामीले साँचो ज्ञान प्राप्त गर्न सक्दैनौ | त्यसैले जो कल्पना गर्ने छन्, तिनीहरुले बुझ्न सक्दैनन् कि भगवान के हुनुहुन्छ | तसर्थ तिनीहरु गल्ति गर्छन् कि |भगवान यस्तो हुनुहुन्छ," "भगवान त्यस्तो हुनुहुन्छ," "भगवान हुनुहुन्न," "आकार छैन |" यी सबै नचाहिने कुराहरु प्रस्ताव गरिएको छ, किनकि तिनीहरु अपूर्ण छन् | भगवान तसर्थ भन्नुहुन्छ, अवजानन्ति मां मूढा मानुषीं तनुम् आश्रिताः (भ गी ९।११) | किनकि उहाँ हाम्रो फाइदाको लागि मानव रुपमा आनुहुन्छ, मुर्ख र धुर्तहरु उहाँलाई साधारण मानिसको रुपमा सोच्छन् | यदि भगवान भन्नुहुन्छ, अहं बीज​-प्रदः पिता (भ गी १४।४), "म बिउ दिने पिता हुँ," त्यसैले हामी, हामी सबजना, हामीलाई थाहा छ कि मेरो पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, उहाँको पिता व्यक्ति हुनुहुन्छ, वा किन परम पुरुष वा परम पिता निराकार हुनु ? किन ? र तसर्थ हामीले भगवान, परम पुरुषबाट जान्नुपर्छ, पूर्ण ज्ञान | यस भगवद-गीता तसर्थ पूर्ण ज्ञान पूर्ण पुरुष भगवानबाट | हामीले यस भगवाद गीतामा एक शब्दपनि परिवर्तन गर्न सक्दैनौं | त्यो मुर्खता हो | त्यसैले हाम्रो यस कृष्ण भावनामृत अभियान यस सिद्धान्त पालन गर्छ | हामी कुनै रचिएको कुरा उत्पादन गर्दैनौं | हामी केवल परम पुरुषोत्तम भगवानले दिनुभएको सन्देश वितरण गर्छौं | र यो व्यवहारिक रुपमा प्रभावशाली भएको छ |