NE/Prabhupada 0170 - हामीले गोस्वामीको अनुसरण गर्नुपर्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0170 - in all Languages Category:NE-Quotes - 1976 Category:NE-Quotes - Le...") |
(No difference)
|
Revision as of 10:15, 24 September 2016
Lecture on SB 1.7.8 -- Vrndavana, September 7, 1976
संहिता भनेको वैदिक साहित्य | धेरै फटाहाहरु छन् जसले भन्छन् कि "भागवत व्यासदेवले होइन कोहि वोपदेव भन्नेले लेखेका हुन् |" तिनीहरु त्यसो भन्छन् | मायावादीहरु, निरीश्वरवादी | यद्यपि मायावादीहरु, निरीश्वरवादीका गुरू शंकराचार्यले भगवद् गीतमा टिका लेखे, तर श्रीमद् भागवतमलाई छुन पनि सकेनन्, किनभने श्रीमद् भागवतममा विषयहरु यति राम्ररी प्रस्तुत गरएको छ,कृत्वानुक्रम्य, कि मायावादीहरु भगवान् निराकार हुनुहन्छ भनेर प्रमाणित गर्न नै सक्दैनन् | उनीहरुले प्रमाणित गर्न सक्दैनन्| आजकल उनीहरु भागवतम् आफ्नै हिसाबले पढ्छन्, तर यसले कुनै राम्रो मानिसलाई अपिल गर्दैन | मैले एकपटक एउटा ठूलो मायावादीले श्रीमद् भागवतमको श्लोकमाथि टिप्पणी गरेको देखेको थिएँ, कि "तिमी पनि भगवान् भएको कारण तिमी खुसी हुन्छौ भने भगवान पनि खुसी हुनुहुन्छ |" यो तिनीहरुको दर्शन हो | "भगवानलाई छुट्टै खुसी पार्नु पर्दैन| त्यसैले यदि तिमी रक्सी खाएर खुसी हुन्छौ भने भगवान् पनि खुसी हुनुहुन्छ|" उनीहरुले यसरि व्याख्या गर्छन् | तसर्थ चैतन्य महाप्रभुले मायावादी भाष्यको निन्दा गर्नुभएको छ| चैतन्य महाप्रभूले भन्नुभएको छ "मायावादी-भाष्य शुनिले हय सर्व-नाश (चै च मध्य ६|१६९) | मायावादी कृष्ण अपराधी | उहाँले सिधै भन्नुभएको छ | कुनै सम्झौता बिना | मायावादी कृष्णका ठूला अपराधी हुन्| तान् अहं द्विषतः क्रूरान् (भ गी १६|१९), कृष्णले पनि भन्नुहुन्छ| तिनीहरु कृष्णसँग धेरै ईर्ष्या गर्छन्| कृष्ण द्वि-भुज-मुरलीधर, श्यामसुन्दर हुनुहुन्छ र मायावादीहरु भन्छन् कि "कृष्णको हातखुट्टा छैनन् | यो सब कल्पना हो|" तिनीहरुलाई थाहा छैन कि यो कति आपराधिक छ | तर हामीजस्ता मान्छेलाई सतर्क गराउन चैतन्य महाप्रभुले सिधै सावधान गराउनुभएको छ कि "मायावादीहरुकहाँ नजाऊ |" मायावादी-भाष्य सुनिले हय सर्व-नाश | मायावादी हय कृष्णे अपराधी | यो चैतन्य महाप्रभुको बयान हो|
त्यसैले तिमीहरु धेरै सावधान हुनुपर्छ| कुनै पनि मायावादीकहाँ सुन्न नजाऊ| वैष्णवका भेषमा धेरै मायावादी छन् | श्री भक्तिविनोद ठाकुरले उनीहरुको बारेमा बताउनुभएको छ, एइ ऽत एक कलि-चेला नाके तिलक गले माला, कि "यहाँ कलिको अनुयायी छ| यद्यपि उसको निधारमा तिलक छ, घाँटीमा तुलसी माला छ, तर ऊ कलि-चेला हो|" यदि ऊ मायावादी हो भने सहज-भजन कछे मम सङ्गे लय परे बल.| यस्ता कुराहरु छन् | तिमीहरु यहाँ वृन्दावनमा आएका छौ | तिमीहरु अत्यन्त सावधान हुनुपर्छ | मायावादी भास्य सुनिले (चै च मध्य ६|१६९) | यहाँ धेरै मायावादीहरु छन्, धेरै कथाकथित तिलक-माला, तर तिमीलाई थाहा छैन कि भित्र के छ | तर महान आचार्यहरुले पत्ता लगाउन सक्नुहुन्छ| श्रुति-स्मृति-पुराणादि पञ्चरात्र-विधिं विना ऐकान्तिकी हरेर् भक्तिर् उत्पातायैव कल्पते (भ र सि १|२|१०१) तिनीहरुले खलबली मात्र मच्चाउँछन् | तसर्थ हामीले गोस्वामीहरुको अनुसरण गर्नुपर्छ, गोस्वामीहरुका साहित्य, विशेषत: भक्ति रसामृत सिन्धु, जुन हामीले अनुवाद गरेका छौं, तिमीहरु सबैजनाले अत्यन्त सावधानीपूर्वक पढ्नुपर्छ र प्रगति गर्नुपर्छ| तथाकथित वैष्णव मायावादीहरुको सिकार नबन | यो अति खतरनाक छ | तसर्थ भनिएको छ, स संहितां भागवतीं कृत्वानुक्रम्य चात्म-जम् | यो अति गोप्य विषयवस्तु हो | व्यासदेवले सुकदेव गोस्वामीलाई निर्देशन दिएर सिकाउनुभएको थियो |