NE/Prabhupada 0189 - भक्तलाई तीन गुणहरुभन्दा माथि राख्ने

Revision as of 19:54, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture on SB 6.1.46 -- San Diego, July 27, 1975


तिमीले प्रकृतिको कानून परिवर्तन गर्न सक्दैनौ | बाँच्नको लागि सङ्घर्ष: हामी प्रकृतिको कानूनलाई जित्न प्रयासरत छौं | यो सम्भव छैन | दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भ गी ७|१४) | यी अध्ययनका विषयहरु हुन् | यहाँ किन सबैजना केहि हदसम्म दुःखी वा सुखी छन् ? यी गुण अनुसार | यहाँ भनिएको छ, "जसरी हामीले यो आयुमा भिन्नता देखेका छौँ, त्यसैगरी, गुण​-वैचित्र्यात्, गुणको भिन्नताले​, गुण​-वैचित्र्यात्," तथान्यत्रानुमीयते | अन्यत्र भनेको अर्को जन्म अथवा अर्को ग्रह अथवा अरु केहि | सबै नियन्त्रित छन् | त्रैगुण्य​-विषया वेदा निस्त्रैत्गुण्यो भवार्जुन​ | कृष्णले अर्जुनलाई भन्नुहुन्छ "भौतिक संसारलाई तीन गुणहरुले नियन्त्रण गर्छ," गुण-वैचित्र्यत | "त्यसैले तिमी निस्त्रैगुण्य बन, जहाँ यी तीन गुणको प्रभाव पर्दैन |" निस्त्त्रैगुण्यो भवार्जुन​ | यी तीन गुणका कार्यलाई कसरी रोक्न सकिन्छ ? यसको जवाफ भगवद्-गीतमा दिइएको छ: मां च व्यभिचारिणि भक्ति-योगेन यः सेवते स गुणान् समतीत्य्ऐतान् ब्रह्म​-भूयाय कल्पते (भ गी १४|२६) यदि तिमी शुद्ध भक्तिमय सेवामा निरन्तर लागछौ भने तिमी सधैं यी तीन गुणभन्दा माथिको दिव्य स्तरमा अवस्थित हुन्छौ | हाम्रो कृष्ण भावनामृत अभियानको प्रयोजन भनेको भक्तलाई तीन गुणभन्दा राख्नु हो | जस्तै समुद्र, यदि तिमी समुद्रमा खस्यौ भने त्यो सबैभन्दा खतरनाक स्थिति हो | त रकसैले तिमीलाई पानी बाट निस्किन मदत गर्छ र पानी भन्दा एक इन्च माथि राख्छ भने तिमी खतरामुक्त हुन्छौ | तिम्रो जीवन जोगिन्छ | यो हामीलाई आवश्यक छ, गुण-वैचित्यात, यदि तिमी आफुलाई जीवनका यी विविधताबाट जोगाउन चाहन्छौ, जन्म, मृत्यु, जरा र व्याधिबाट जोगाउन चाहन्छौ, र विभिन्न कुराहरु स्वीकार्ने.... जस्तै हामी हिंड्ने क्रममा तिमीले भन्दै थियौ कि क्यालिफोर्निया पाँच हजार वर्षका रुखहरु थिए | यो जीवन को अर्को विविधता हो | मानिसहरु धेरै वर्षसम्म बाँच्न चाहन्छन् | प्रकृतिको अनुसार, यहाँ एउटा रुख छ, पाँच हजार वर्ष बुढो | के त्यस्तो जीवन फैदजनक हुन्छ, पाँच हजार वर्षसम्म जंगलमा उभिने ? भौतिक संसारको कुनै पनि जीवन राम्रो छैन, चाहे तिमी देवता होऊ वा रुख होऊ वा यो वा त्यो | यो शिक्षा हो | त्यसैले हामीले बुझ्नुपर्छ कि जुनसुकै स्तरको जीवन, चाहे त्यो देवताको होस् वा कुकुरको, यो जीवन निक्कै दुःखदायी छ | देवताहरु पनि धेरै खतरामा पर्छन् र उनीहरुले भगवान् समक्ष जान्छन् | यहाँ तिमी सधैं खतरामा पर्छौ | पदं पदं यद् विपदाम् (श्री भा १०|१४|५८) | यो भौतिक संसारलाई खतरामुक्त पार्ने प्रयास गर्नु भनेको व्यर्थ हो | यो सम्भव छैन | धेरै प्रकारका शरीर छन्, धेरै प्रकारका खतरा, प्रकोप, एकपछि अर्को, तिमीहरुले.... त्यसैले उत्कृष्ट कार्य भनेको यो भौतिक कार्यलाई रोक्नु हो | त्यो वैदिक सभ्यता हो | सम्पूर्ण वैदिक सभ्यता यस विचारमा आधारित छ कि "यी नचाहिने कार्यलाई रोक, बारम्बार भोग्नुपर्ने जन्म, मृत्यु, बुढ्यौली |" त्यसैले कृष्ण भन्नुहुन्छ, जन्म​-मृत्यु-जरा-व्याधि दुःख​-दोषानुदर्शनम् (भ गी १३|९) | यो ज्ञान हो | यो प्राविधिक ज्ञान कस्तो यो ज्ञान? तिमीले यो कुराहरु रोक्न सक्दैनौ | त्यसैले यसलाई रोक्नु नै हाम्रो प्रमुख कार्य हो | तिनीहरु मूर्ख मानिस भएको कारण तिनीहरु सोच्छन् कि" यी कुराहरु रोक्न सकिंदैन | बारम्बार दोहोरिने जन्म र मृत्यु साधारण कुअर हो, र जीवनकालमा हामीले सङ्घर्ष गरौँ |" यो भौतिक सभ्यता हो, अज्ञान, कुनै ज्ञान छैन | यो ज्ञान भगवान् श्री कृष्णले दिनुभएको छ "यहाँ समाधान छ: जन्म कर्म च मे दिव्यं यो जनति तत्त्वतः, त्यक्त्वा देहं पुनर् जन्म नैति ([[Vanisource:BG 4.9 (1972)|भ गी ४|९) |" मूल समस्या पुनर् जन्म हो र यदि तिमि यसलाई रोक्न चाहन्छौ भने कृष्णलाई बुझ्ने प्रयास गर | त्यसपछि तिमीले यसलाई रोक्न सक्छौ | जब तिमीले कृष्णलाई बुझ्छौ... कृष्णलाई बुझ्नु भनेको आँखा बन्द गरेर बुझेपनि त्यो हाम्रो लागि फाइदाजनक हुन्छ | कृष्णले आफ्नो बारेमा भन्नुहुन्छ कि उहाँ परमेश्वर हुनुहुन्छ | तिमी यसलाई स्वीकार | त्यति हो | केवल यो श्रद्धा कि "कृष्ण पूर्ण पुरुषोत्तम भगवान् हुनुहुन्छ |" यतिले पनि तिमीलाई पर्याप्त मात्रामा उन्नत बनाउँछ | तर भौतिकवादी मानिसको लागि यो निक्कै कठिन हुन्छ | त्यसैले कृष्ण भन्नुहुन्छ, बहूनां जन्मनाम् अन्ते: (भ गी ७|१९) "धेरै-धेरै जन्मको प्रयासपछि, बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यते, "ज्ञानवान्, जो वास्तवमा बुद्धिमान छ, ऊ कृष्णमा शरणागत हुन्छ |" अन्यथा, न मां दुष्कृतिनो मूढाः प्रपद्यन्ते नराधमा: (भ गी ७|१५) "अन्यथा ऊ मूर्ख रहन्छ, पापमा संग्लग्न हुन्छ, निच मानव रहन्छ, ज्ञान अपहरित हुन्छ |" ना मां प्रपद्यन्ते: " ऊ कहिल्यै पनि कृष्णमा शरणागत हुँदैन |"