NE/Prabhupada 0191 - कृष्णलाई नियन्त्रण गर्नु - यो वृन्दावन जीवन हो: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0191 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Detroit]] | [[Category:NE-Quotes - in USA, Detroit]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0190 - भौतिक जीवनप्रति वैराग्य बढाऊ|0190|NE/Prabhupada 0192 - सम्पूर्ण मानव समाजलाई घोर अन्धकारबाट निकाल्ने|0192}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|BO7n-c4v1x8|कृष्णलाई नियन्त्रण गर्नु - यो वृन्दावन जीवन हो- Prabhupāda 0191}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/750805SB.DET_clip.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 19:55, 29 January 2021
Lecture on SB 6.1.52 -- Detroit, August 5, 1975
प्रभुपाद: कृष्णको कृपाबाट, गुरुको कृपाबाट, दुवै.... एकजनाको मात्र कृपा पाउने प्रयास नगर | गुरु कृष्ण कृपाय पाय भक्ति लता-बीज | गुरुको कृपाद्वारा मानिसले कृष्णलाई पाउँछ | र कृष्ण सेइ तोमार, कृष्ण दिते पारो | गुरु स्वीकार गर्नु भनेको उहाँसँग कृष्ण माग्नु हो | कृष्ण सेइ तोमार, किनकि कृष्ण कृष्णको भक्तसँग हुनुहुन्छ | कृष्ण मालिक हुनुहुन्छ, तर कसले कृष्णलाई नियन्त्रणमा राख्न सक्छ ? उहाँको भक्तले | कृष्ण परम नियन्त्रक हुनुहुन्छ, तर उहाँ आफ्नो भक्तबाट नियन्त्रित हुनुहुन्छ | उहाँ कृष्ण हुनुहुन्छ , भक्ति-वत्सल | जस्तै एउटा ठुलो पिता, उच्च न्यायालयको न्यायाधीश र ... एउटा कथा छ कि प्रधानमन्त्री ग्लाडस्टोनलाई भेट्न कोहि आएको थियो | र श्री ग्लाडस्टोनले भने " पख | म व्यस्त छु |" ऊ घण्टौं कुरेर बसेको थियो, त्यसपछि ऊ उत्सुक भयो : "यी महासयले के गर्दै हुनुहुन्छ ?" उसले भित्र हेर्ने इच्छा गर्यो.... उसले देख्यो कि ग्लाडस्टोन घोडा बनेका थिए र आफ्नो बच्चालाई आफुमाथि राखेका थिए | उनले त्यसो गर्दै थिए | तिमी बुझ्छौ ? प्रधानमन्त्री, उनले बेलायाती साम्राज्यलाई नियन्त्रण गर्छन्, तर उनी आफ्नो छोराको स्नेहको अधिनमा छन् | यसलाई स्नेह भनिन्छ | त्यसैगरी, कृष्ण परम नियन्त्रक हुनुहुन्छ |
- ईश्वर: परम: कृष्ण: सच्-चिद्-आनन्द-विग्रह:
- अनादिर् आदिर् गोविन्द: सर्व-कारण-कारणम्
- ( ब्र स ५|१)
उहाँ परम नियन्त्रक हुनुहुन्छ, तर उहाँ आफ्नो भक्त, श्रीमती राधारानीद्वारा नियन्त्रित हुनुहुन्छ | उहाँ अधिनमा हुनुहुन्छ | यो सजिलै बुझ्न सकिने लिला होइन.... कृष्ण आफ्ना भक्तबाट नियन्त्रित हुन स्वेच्छापूर्वक सहमत हुनुहुन्छ | त्यो कृष्णको स्वभाव हो |माता यशोदा जस्तै | यशोदा मतले पनि कृष्णलाई बाँधेर नियन्त्रण गर्नुहुन्छ :" तिमी धेरै बदमास छौ, म तिमीलाई बाँध्छु |" यशोदा मातासँग एउटा लट्ठी छ, र कृष्ण रुँदै हुनुहुन्छ, कृष्ण रुँदै हुनुहुन्छ | यी कुरा तिमी अध्ययन गर | यो कुरा श्रीमद् भागवतममा लेखिएको छ, कुन्तीले प्रार्थना गर्दै हुनुहुन्छ, उहाँले कसरी प्रशंसा गर्दै हुनुहुन्छ " मेरो प्रिय कृष्ण, तपाई सर्वोच्च हुनुहुन्छ | तर यशोदा माताको लट्ठी देखेर तपाई रुँदै हुनुहुन्छ, त्यो दृश्य म हेर्न चाहन्छु |" कृष्ण यति भक्त-वत्सल हुनुहुन्छ कि उहाँ सर्वोच्च नियन्त्रक हुनुहुन्छ | तर यशोदा माता जस्तो भक्त, राधारानी जस्तै भक्त, गोपीहरु जस्तै भक्त, ग्वालबाल जस्तै भक्तले कृष्णलाई नियन्त्रण गर्न सक्नुहुन्छ | त्यो वृन्दावन जीवन हो | यो कृष्ण भावनामृत अभियानले तिमीलाई त्यहाँ लाने प्रयास गर्दैछ | मूर्ख मानिसहरु, उनीहरु भट्टकिएका छन् | मानिसहरुलाई कृष्ण भावनामृत अभियानको महत्व थाहा छैन | हामीहरु मानव सभ्यतालाई सर्वोच्च लाभ, स्थान दिने प्रयास गर्दैछौं | हामीहरु भगवानसँग एक हुन चाहँदैनन्, तर उनीहरुले भगवानलाई नियन्त्रण गर्ने अधिकार दिंदैछौं | यो कृष्ण भावनामृत अभियान हो |
धेरै धेरै धन्यवाद |
भक्तहरु: जय !