NE/Prabhupada 0208 - कृष्णको भक्तको आश्रय लिनुपर्छ

Revision as of 09:50, 19 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0208 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 6.1.16 -- Denver, June 29, 1975


वैष्णवले कहिल्यै पाप गर्दैनन्, र उनले अतितमा जे गरेका छन्, त्यो पनि समाप्त हुन्छ | यो कृष्णले बताउनुभएको छ | वा अर्को शब्दमा, यदि तिमीले आफुलाई भगवानको सेवामा संग्लग्न गराउँछौ भने अवश्य पनि तिमी सम्पूर्ण पापको फलबाट मुक्त हुन्छौ | यो कसरी सम्भव हुन्छ ? यथा कृष्णार्पित​-प्राणः | प्राण:, प्राणैर् अर्थैर् धिया वाचा | प्राण, प्राण भनेको जीवन | जसले कृष्णको सेवा गर्न आफ्नो जीवन समर्पण गरेको छ, त्यस्तो व्यक्ति |

कृष्णको सेवाको लागि जीवन समर्पण गर्न कसरी सम्भव हुन्छ ? त्यो पनि यहाँ वर्णित छ: तत्-पुरुष​-निषेवया | तिमीले कृष्णको भक्तको आश्रय लिनुपर्छ र तिमीले सेवा गर्नुपर्छ | अर्थात् तिमीले एउटा भक्तलाई स्वीकार्नुपर्छ, एउटा शुद्ध भक्त, आफ्नो मार्गदर्शकको रुपमा | त्यो हाम्रो विधि हो | रुप गोस्वामीले भक्ति-रसामृत सिन्धुमा भन्नुहुन्छ, "प्रथम विधि भनेको, आदौ गुर्वाश्रयम्, गुरु स्वीकार्नु |" गुरु स्वीकार्नु | गुरु भनेको कृष्णको प्रतिनिधि | जो कृष्णको प्रतिनिधि होइन, ऊ गुरु बन्न सक्दैन | गुरुको अर्थ यो होइन कि कुनै बेकार मानिस गुरु बन्न सक्छ | होइन | केवल तत्-पुरुष | तत्-पुरुष भनेको उक्त व्यक्ति जसले भगवानलाई सबै कुरा भनेर स्वीकार गरेको छ | तत्-पुरुष-निषेवया | त्यो भनेको वैष्णव, शुद्ध भक्त | यो धेरै कठिन छैन | कृष्णको कृपाले शुद्ध भक्तहरु छन्, त्यसैले हामीले उनको आश्रय लिनुपर्छ | आदौ गुर्वाश्रयम् | तब सद्-धर्म​-पृच्छात्: आधिकारिक आध्यात्मिक गुरु स्वीकारेपछि, मानिस कृष्णको विज्ञान सिक्न जिज्ञासु हुनुपर्छ | सद्-धर्म​-पृच्छात् साधु-मार्ग​-अनुगमनम् | र कृष्ण भावना भनेको मानिसले भक्तको पदचिह्न अनुसरण गर्नुपर्छ, साधु-मार्ग​-अनुगमनम् |

ती साधुहरु को हुन् ? त्यो पनि शास्त्रमा उल्लेख गरिएको छ, हामीले छलफल गरिसक्यौं |

स्वयम्भूर् नारदः शम्भुः कुमारः कपिलो मनुः
प्रह्लादो जनको भीष्मो बलिर् वैयासकिर् वयम्
(श्री भा ६।३।२०)

ती दुई........ विशेषगरी बाह्र व्यक्तित्वहरुको उल्लेख गरिएको छ, कि उहाँहरु महाजन हुनुहुन्छ, उहाँहरु आधिकारिक हुनुहुन्छ, आधिकारिक गुरु, र तिमीले उहाँहरुको पदचिह्न अनुसरण गर्नुपर्छ | यो कठिन छैन | स्वयम्भु भनेको ब्रह्माजी | स्वयम्भु: नारदः शम्भुः | शम्भु भनेको शिवजी | उहाँहरु....... यी बाह्र महाजनहरुमध्ये चार धेरै मुख्य हुनुहुन्छ | ती हुन् स्वयम्भु:, अर्थात् ब्रह्मा, अनि शम्भु:, शिवजी, अनि कुमारः | र अर्को सम्प्रदाय छ, श्री सम्प्रदाय, लक्ष्मीजीबाट | हामीले अध्यात्मिक गुरु स्वीकार्नुपर्छ, जो कडा रुपमा यी चार गुरु-शिष्य परम्परामा हुनुहुन्छ | तब हामी लाभान्वित हुनेछौं | यदि हामीले तथाकथित गुरु स्वीकार्नेछौँ भने यो सम्भव हुनेछैन | हामीले गुरु-शिष्य परम्पराबाट आउनुभएको गुरु स्वीकार्नुपर्छ | तसर्थ यहाँ सिफारिश गरिएको छ, तत्-पुरुष​-निषेवया: हामीले उहाँलाई श्रद्धापूर्वक र सधैं इमान्दारीपूर्वक सेवा गर्नुपर्छ | तब हाम्रो प्रयोजन पुरा हुन्छ | र जब तिमीले यो कार्य लिन्छौं, कृष्णको लागि जीवन समर्पण गर्ने र सधैं तत्-पुरुषको निर्देशनमा कृष्णको सेवामा संग्लग्न हुने- अर्थात् जसको कृष्ण भावना प्रचार गर्नुभन्दा अरु केहि कार्य हुँदैन- तब हाम्रो जीवन सफल हुन्छ | हामी सम्पूर्ण पापका फलबाट मुक्त हुन्छौं, र शुद्ध नभई........ किनकि भगवान् कृष्ण शुद्ध हुनुहुन्छ | अर्जुनले भने, परं ब्रह्म परं ब्रह्म पवित्रं परमं भवान्: "मेरो प्रभु कृष्ण, हजुर परम शुद्ध हुनुहुन्छ |" त्यसैले जबसम्म हामी शुद्ध हुँदैनौँ, तबसम्म हामी कृष्ण समक्ष जान सक्दैनौं | यो शास्त्रको बयान हो | आगो नबनी तिमी आगोमा प्रवेश गर्न सक्दैनौ | त्यसैगरी, पूर्णत: शुद्ध नबनी तिमी भगवानको राज्यमा प्रवेश गर्न सक्दैनौ | त्यो सबै धार्मिक विधिद्वारा स्वीकार गरिएको छ | इशाई विधि पनि त्यस्तै छ, कि शुद्ध नबनी तिमी भगवानको राज्यमा प्रवेश गर्न सक्दैनौ |