NE/Prabhupada 0258 - मौलिक रूपमा हामी सबै भगवानका दास हौँ

Revision as of 20:06, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture -- Seattle, September 27, 1968


एउटा राम्रो बंगाली श्लोक छ,

कृष्ण भुलिय जीव भोग वाञ्छा करे
पासते माया तारे जापटिया धरे

जब हाम्रो वास्तविक चेतना भौतिक आनन्दको चेतनासँग प्रदुषित हुन्छ, कि "म पद्धार्थको स्रोतमाथि अधिपत्य जमाउन चाहन्छु......" जब हामी आफ्नो चेतनालाई त्यस प्रकारले मोड्छौँ, तब हाम्रो समस्या सुरु हुन्छ | तत्काल माया | यो चेतना कि "मैले यो भौतिक जगत् आफ्नो क्षमतासम्म भोग गर्न सक्छु......" सबजना यहि गर्न प्रयासरत छन् | हामी सबजना, कमिलादेखि उच्च जीव, ब्रह्मासम्म, सबजना ईश्वर बन्न प्रयासरत छन् | जस्तै हालसालै तपाईको राष्ट्रमा राष्ट्रपति बन्न धेरै मानिस अग्रसर थिए | किन ? उही विचार | सबजना कुनै प्रकारको ईश्वर बन्न चाहन्छन् | यो माया हो | हाम्रो कृष्ण भावनामृत अभियान पूर्णतः उल्टो छ | हामी केवल कृष्णको दासको दासको दासको दास बन्न प्रयासरत छौं | ठिक उल्टो | ईश्वर बन्नुको साटो हामी कृष्णको दासको दास बन्न चाहन्छौं | गोपी-भर्तुः पद​-कमलयोर् दास​-दासानुदासः (चै च मध्य १३।८०) ।

आधुनिक सभ्यतामा मानिसहरुले यसलाई गुलाम-मानसिकता भन्न सक्छन् | यो धेरै राम्रो विचार हो | "म किन गुलाम बन्ने ? म मालिक बन्नेछु |" तर कसैलाई थाहा छैन कि "म मालिक बन्नेछु" भन्ने चेतना दुःखको कारण हो | यो सिद्धान्त बुझ्नुपर्छ | किनकि मौलिक रुपमा हामी सब दास हौँ | यो भौतिक जगतको मालिक बन्ने नाममा हामी आफ्ना इन्द्रियहरुको मालिक बनेका छौं | किनकि हामी मौलिक रुपमा दास हौँ | हामीले सेवा नगरी बस्न सक्दैनौं | यस बैठकमा उपस्थित हामी सबजना दास हौँ | अहिले, कृष्ण भावना स्वीकारेका यी युवाहरु कृष्णको दास बन्न सहमत भएका छन् | त्यसैले उनीहरुको समस्याको समाधान निस्किएको छ | तर अरु, जसले सोच्दैछन् कि "म भगवानको सेवक वा स्वामीजीको सेवक किन बन्ने ? म मालिक बन्नेछु..... " तर वास्तवमा ऊ मालिक बन्न सक्दैन | ऊ आफ्ना इन्द्रियहरुको दास हो, त्यति हो | यो बुझ्ने प्रयास गर्नुहोस् | ऊ दास बन्नुपर्छ, तर ऊ आफ्ना कामको दास बन्छ, ऊ आफ्नो लोभको दास बन्छ, क्रोधको दास बन्छ, धेरै कुराहरुको दास बन्छ | कामादीनां कति न कतिधा पालिता दुर्निदेशाः | उच्च अवस्थामा कोहि मानवताको दास बन्छ, कोहि समाजको दास बन्छ, कोहि देशको दास बन्छ, तर वास्तविक प्रयोजन भनेको "म मालिक बन्नेछु |" त्यो रोग कायम छ | राष्ट्रपतिका उम्मेदवारहरु आफ्ना विभिन्न मस्यौदा प्रस्तुत गर्दैछन्, कि "म देशको सेवा उचित रुपमा गर्नेछु | कृपया मलाई आफ्नो भोट दिनुहोस् |" तर वास्तविक विचार यो हुन्छ कि "कुनै तरिकाले म देशको मालिक बन्नेछु |" यो माया हो | यदि हामी यो सानो सिद्धान्त बुझ्छौं कि म मौलिक रुपमा दास हुँ..... यसमा कुनै शंका छैन | कसैले भन्न सक्दैन कि "म मुक्त छु, म मालिक हुँ |" कसैले भन्न सक्दैन | यदि उसले त्यस्तो सोच्छ भने त्यो माया हो | त्यो झुटो हो |