NE/Prabhupada 0284 - मेरो प्रकृति अधीनस्थ हुनु हो

Revision as of 10:51, 22 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0284 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, September 30, 1968

यस कृष्ण भावनामृत अभियान धेरै सरल छ | धेरै सरल | यसको सुरुवात विशेषगरी चैतन्य महाप्रभुले गर्नुभयो, यद्यपि वैदिक शास्त्रको अनुसार यो धेरैहो, तर ऐतिहासिक दृष्टिकोणबाट हेर्दा भगवान कृष्ण यस लोकमा पाँच हजार वर्ष अघि आएर यस कृष्ण भावनामृत अभियानको सुरुवात गर्नुभयो, र पछि, पाँच सय वर्ष अगाडि चैतन्य महाप्रभुले यस कृष्ण भावनामृत अभियानलाई विस्तार गर्नुभयो | चैतन्य महाप्रभुको लक्ष्य भनेको आराध्यो भगवान् व्रजेश​-तनयः | यदि तपाई प्रेम गर्न चाहनुहुन्छ वा यदि तपाई अधीनस्थ हुन चाहनुहुन्छ भने..........सबजना अधीनमा छन् | यो झुटो हो | सबजना स्वतन्त्र हुन चाहन्छन् तर कोही पनि स्वतन्त्र छैन | सबजना अधीनस्थ छन् | कसैले भन्न सक्दैन कि "म स्वतन्त्र छु |" के तपाईमध्ये कसैले भन्न सक्नुहुन्छ कि तपाई स्वतन्त्र हुनुहुन्छ ? कोहि छ ? छैन | सबजना स्वेच्छापूर्वक अधीनस्थ छन् | बलपूर्वक होइन | सबजना अधीनस्थ हुन्छन् | एउटी युवतीले एउटा युवालाई भन्छिन्,"म तिम्रो अधीनमा रहन चाहन्छु," स्वेच्छापूर्वक | त्यसैगरी एउटा युवाले एउटी युवतीलाई भन्छ,"म तिम्रो अधीनमा रहन चाहन्छु" | किन ? त्यो मेरो प्रकृति हो | म कसैको अधीनमा रहन चाहन्छु किनकि मेरो प्रकृति अधीनस्थ हुनु हो | म रोज्छु....... मैले यो अधीनता त्याग्छु; मैले अर्को अधीनता स्वीकार्छु | तर अधीनता कायम हुन्छ | जस्तै एउटा मजदुर | उसले यहाँ कार्य गर्छ | उसले अर्को स्थानमा राम्रो ज्याला पायो भने ऊ त्यहाँ जान्छ | तर त्यसको मतलब यो होइन कि ऊ स्वतन्त्र बन्छ | ऊ अधीनस्थ हुन्छ | त्यसैले चैतन्य महाप्रभुले सिकाउनुहुन्छ कि यदि तपाई अधीनमा रहन चाहनुहुन्छ वा तपाई कसैको आराधना गर्न चाहनुहुन्छ...... कसले अरुको आराधना गर्छ ? जबसम्म तपाईले अनुभव गर्नुहुँदैन कि कोहि तपाईभन्दा महान छ, तपाईले उसको आराधना किन गर्ने ? मैले आफ्नो हाकिमको आराधना गर्छु किनकि मलाई लाग्छ कि ऊ मभन्दा महान छ | उसले मलाई मासिक छ सय डलर ज्याला, तलब दिन्छ | तसर्थ मैले उसको आरधना गर्नुपर्छ, मैले उसलाई खुसी बनाउनुपर्छ |

चैतन्य महाप्रभुले भन्नुभयो कि तपाई कृष्णको अधीनमा रहनुहोस् | आराध्यो भगवान् व्रजेश​-तनयः | यदि तपाई कसैको आराधना गर्न चाहनुहुन्छ भने कृष्णको आराधना गर्नुहोस् | अनि अर्को, तद्-धामं वृन्दावनम् | यदि तपाई कसैको आराधना गर्न चाहनुहुन्छ भने कृष्ण वा उहाँको स्थान वृन्दावनलाई प्रेम वा आराधना गर्नुहोस् | किनकि सबजनाले कुनै स्थानलाई प्रेम गर्न चाहन्छन् | त्यो अहिले राष्ट्रवाद भएको छ- कुनै देशलाई प्रेम गर्ने | कसैले भन्छ "मलाई यस अमेरिकी भुमि मनपर्छ |" कसैले भन्छ "मलाई यस चीनियाँ भुमि मनपर्छ |" कसैले भन्छ "मलाई यस रुसी भुमि मनपर्छ |" सबजनाले कुनै भुमिलाई प्रेम गर्न चाहन्छन् | भौम इज्य​-धीः | प्राकृतिक रुपमा मानिसहरुको झुकाव कुनै भौतिक भुमिप्रति हुन्छ | साधारणतया, जहाँ मानिस जन्मिन्छ, उसले त्यस स्थानलाई प्रेम गर्ने प्रयास गर्छ | चैतन्य महाप्रभुले भन्नुभयो कि "तिम्रो झुकाव कुनै व्यक्तिलाई प्रेम गर्ने भएकाले तिमी कृष्णलाई प्रेम गर | तिमीमा कुनै भुमिलाई प्रेम गर्ने इच्छा भएकाले तिमी वृन्दावनलाई प्रेम गर |" आराध्यो भगवान् व्रजेश​-तनयस् तद्-धाम वृन्दावनम् | तर यदि कसैले भन्छ,"कृष्णलाई प्रेम कसरी गर्ने ? मैले कृष्णलाई देख्न सक्दिनँ | कृष्णलाई प्रेम कसरी गर्ने ?" चैतन्य महाप्रभुले भन्नुहुन्छ, रम्या काचिद् उपासना व्रजवधू-वर्गेण या कल्पिता | यदि तपाई कृष्णलाई आराधना गर्ने वा प्रेम गर्ने विधि सिक्न चाहनुहुन्छ, यदि तपाई जान्न चाहनुहुन्छ भने केवल गोपीहरुको पदचिह्नको अनुसरण गर्नुहोस् | गोपीहरु | गोपीहरुको प्रेम- सर्वोच्च पूर्णताको प्रेम | रम्या काचिद् उपासना | यस संसारमा विभिन्न प्रकारका प्रेम वा आराधना छन् | सुरुवात भनेको, "हे प्रभु, हामीलाई दैनिक रोटी दिनुहोस् |" यो सुरुवात हो | जब हामीलाई भगवानलाई प्रेम गर्न सिकाइन्छ, हामीलाई उपदेश दिइन्छ कि: "तिमी मन्दिर जाऊ, चर्च जाऊ र भगवानलाई आफ्ना आवश्यकता, आफ्ना विपत्ति सम्बन्धि प्रार्थना गर |" त्यो सुरुवात हो | तर त्यो शुद्ध प्रेम होइन | शुद्ध प्रेमको पूर्णता गोपीहरुको माझमा पाइन्छ | त्यो उदाहरण हो | कसरी ? उनीहरुले कृष्णलाई कसरी प्रेम गर्थे ? उनीहरुले कृष्णलाई प्रेम गर्थे | कृष्ण जानुभयो..... कृष्ण एक ग्वालबाल हुनुहुन्थ्यो, र आफ्ना साथिहरु, अरु ग्वालबालहरुसँग, उहाँ गाई चराउन सारा दिन चौरमा जानुहुन्थ्यो | त्यो चलन थियो | किनकि त्यस समयमा मानिसहरु जमिन र गाईसँग सन्तुष्ट हुन्थे | त्यो सम्पूर्ण आर्थिक समस्याको समाधान हो | उनीहरु उद्योगपति थिएनन्, उनीहरु कसैको दास थिएनन् | केवल जमिनबाट उत्पादन गरेर र गाईबाट दुध लिएर सम्पूर्ण भोजनको समस्या समाधान हुन्थ्यो |