NE/Prabhupada 0289 - जो परमेश्वरको राज्यबाट आउँछन्-उनीहरु समान हुन्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0289 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0288 - जब तपाई भगवानको बारेमा बोल्नुहुन्छ, के तपाईलाई थाहा छ कि भगवानको परिभाषा के हो?|0288|NE/Prabhupada 0290 - जब कामवासना पूरा हुँदैन, तब क्रोध उत्पन्न हुन्छ|0290}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|G1jfaO-MIE8|जो परमेश्वरको राज्यबाट आउँछन्-उनीहरु उही हुन्छन्<br />- Prabhupāda 0289}}
{{youtube_right|cUV5jiXVM_0|जो परमेश्वरको राज्यबाट आउँछन्-उनीहरु समान हुन्छन्<br />- Prabhupāda 0289}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/680930LE.SEA_clip7.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/680930LE.SEA_clip7.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:11, 29 January 2021



Lecture -- Seattle, September 30, 1968

प्रभुपाद: हँ ?

महिला: के राम येशुसँग पर्यायवाची शब्द हो ?

भक्त: "के राम येशुसँग पर्यायवाची शब्द हो ?"

प्रभुपाद: पर्यायवाची...... ठ्याक्क पर्यायवाची होइन तर समान | पर्यायवाचीलाई समान भन्न सकिंदैन |

महिला: ए, समान |

प्रभुपाद: हो | परम-स्तरमा सबै कुरा समान हुन्छ | सापेक्षिक जगतमा पनि...... जस्तै तपाईले जे लिनुहुन्छ, त्यो भौतिक हुन्छ | भौतिक परिचय | त्यसैगरी, आध्यात्मिक जगतमा सबै कुरा आध्यात्मिक हुन्छ | त्यसैले आध्यात्मिक जगतमा भगवान र भगवानको पुत्र वा भगवानको मित्र वा भगवानको प्रेमी, जो पनि, यो...... उनीहरु समान आध्यात्मिक स्तरमा हुन्छन् | तसर्थ उनीहरु उस्तै हुन्छन् |

महिला: तर के राम भनेको भारत वा कतै जन्मिएका र ख्रिस्ट युरोपमा जन्मिएका पुरुष होइनन् ? दुई भिन्न पुरुष तर पनि समान.....

प्रभुपाद: हो | सूर्य हरेक दिन भारतमा जन्मिन्छन्, युरोपमा जन्मिन्छन्, अमेरिकामा जन्मिन्छन् | के यसको मतलब यो हो कि उनी भारतीय वा अमेरिकी वा चिनियाँ हुन् ?

महिला: होइन, मैले त्यसो भन्न खोजेको होइन |

प्रभुपाद: अनि ? तसर्थ यो त्यस्तै हो | जब..... यो हाम्रो सिमित ज्ञान हो | हामीलाई सिकाइएको छ कि भगवान् महान हुनुहुन्छ | जस्तै सूर्यलाई महान मानिन्छ; तसर्थ सूर्यलाई भारत वा अमेरिका वा चीन, संसारको कुनै पनि भागमा, ब्रह्माण्डको कुनै पनि भागमा देखे पनि, सूर्य एक हुन्छन् | कसैले भन्न सक्दैन,"ओहो, यी अमेरिकी सूर्य हुन्" वा "यो भारतीय सूर्य हुन् |" त्यसैले येशु ख्रिस्ट वा राम वा कृष्ण, भगवानको राज्यबाट जो आउनुभए पनि, उहाँहरु समान हुनुहुन्छ | कुनै भिन्नता हुँदैन | तर भिन्नता भनेको, जस्तै तपाईको देशमा सूर्यको तापक्रम कम छ र गर्मी देशमा सूर्यको तापक्रम धेरै हुन्छ | के यसको मतलब यो हो कि सूर्यको तापक्रम परिवर्तन भयो ? यो अनुभूति अनुरुप हुन्छ | यो देशको वातावरण यति बाक्लो छ कि तपाईले सूर्य-प्रकाश राम्ररी ग्रहण गर्न सक्नुहुँदैन, तर सूर्य-प्रकाशको वितरण सर्वत्र उही हुन्छ | त्यसैगरी, देश अनुसार, परिश्थिति अनुसार, ग्रह अनुसार, भगवान् विभिन्न रुपमा प्रकट हुनुहुन्छ, तर उहाँ भिन्न हुनुहुन्न | तपाईले आफ्नो शरीरमा जाडोको वस्त्र लागाउनुहुन्छ | उही समयमा, भारतमा सोध्नुहोस्, उनीहरु पङ्खा चलाउँदैछन् | किन तापक्रम भिन्न छ ? तसर्थ येशु ख्रिस्टले जे भन्नुहुन्छ वा कृष्णले जे भन्नुहुन्छ, वा रामले जे भन्नुहुन्छ, त्यो देश, परिस्थिति, वातावरण, मानिस, श्रोता अनुसार हुन्छ | यी भिन्न हुन्छन् | मैले एउटा बच्चालाई केहि कुरा बुझाउने प्रयास गर्छु भने सोहि कुरा उसको पितालाई सिकाउन सम्भव हुँदैन | वा एउटा बच्चाले यौन जीवन के हो बुझ्न सक्दैन तर एउटा युवाले बुझ्न सक्छ | उही बच्चा हुर्किएपछि उसले बुझ्नेछ | त्यसैले, तपाईले यो नसोच्नुहोस् कि सबजनाले सबै कुरा बुझ्न सक्छन् | बाइबल विशेष परिस्थिति अनुरुप बोलिएको हो; भगवद् गीता विशेष परिस्थिति अनुरुप बोलिएको हो | यी परिस्थितिको भिन्नता अनुरुप छन् | अन्यथा, सिद्धान्त उही छ | बाइबलमा पनि भनिएको छ,"भगवानलाई प्रेम गर," र भगवद् गीतामा पनि भनिएको छ,"भगवानलाई प्रेम गर |" कुनै भिन्नता छैन |