NE/Prabhupada 0290 - जब कामवासना पूरा हुँदैन, तब क्रोध उत्पन्न हुन्छ: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0290 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0289 - जो परमेश्वरको राज्यबाट आउँछन्-उनीहरु समान हुन्छन्|0289|NE/Prabhupada 0291 - म अधीनस्थ हुन चाहन्नँ, झुक्न चाहन्नँ|0291}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|lkmTZv7WeVw|जब कामवासना पूरा हुँदैन, तब क्रोध उत्पन्न हुन्छ- Prabhupāda 0290}}
{{youtube_right|ZfEygMlgH4Q|जब कामवासना पूरा हुँदैन, तब क्रोध उत्पन्न हुन्छ- Prabhupāda 0290}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/680930LE.SEA_clip8.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/680930LE.SEA_clip8.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:11, 29 January 2021



Lecture -- Seattle, September 30, 1968

उपेन्द्र: प्रभुपाद, क्रोधको प्रकृति कस्तो हुन्छ ? क्रोध कसरी.......

प्रभुपाद: क्रोध भनेको काम | जब तिमी कामुक हुन्छौ र तिम्रो कामवासना पुरा हुँदैन, तिमी क्रोधित हुन्छौ | त्यति हो | यो कामवासनाको अर्को लक्षण हो | काम एष क्रोध एष रजो-गुण​-समुद्भवः | जब तिमी रजो गुणद्वारा धेरै नै प्रभावित हुन्छौ, तब तिमी कामुक हुन्छौ | र जब तिम्रो कामवासना पुरा हुँदैन, तब तिमी क्रोधित हुन्छौ | र त्यसपछिको अवस्थामा भ्रम उत्पन्न हुन्छ | र त्यसपछि प्रणश्यति हुन्छ, तब तिमी संसार रुपी कुवामा हराउँछौ | तसर्थ यो काम र क्रोधलाई हामीले नियन्त्रण गर्नुपर्छ | यो नियन्त्रण भनेको तिमीले आफुलाई सतो गुणमा राख्नुपर्छ, रजो गुणमा होइन | भौतिक प्रकृतिका तीन गुण छन्: तमो गुण, रजो गुण र सत्त्व गुण | तसर्थ यदि कसैले भगवानको विज्ञान जान्न चाहन्छ भने उसले आफुलाई सत्त्व गुणमा राख्नुपर्छ | अन्यथा उसले सक्दैन | तसर्थ हामीले आफ्ना शिष्यहरुलाई सिकाउँदैछौँ कि "तिमी यसो नगर, तिमी यसो नगर, तिमी यसो नगर," किनकि उसले आफुलाई सत्त्व गुणमा राख्नुपर्छ | अन्यथा ऊ बुझ्न सक्षम हुनेछैन | कृष्ण भावना तमो गुण र रजो गुणको स्तरमा बुझ्न सकिंदैन | सारा संसार तमो गुण र रजो गुणको प्रभावमा छ | तर यो प्रक्रिया यति सरल छ कि यदि तिमीले केवल चार नियम पालन गर्छौ र हरे कृष्ण जप्छौ भने तिमीले तत्काल भौतिक प्रकृतिका सम्पूर्ण गुणलाई पार गर्छौ | क्रोध रजो गुणको स्तरमा हुन्छ |