NE/Prabhupada 0292 - ज्ञानद्वारा परम पुरुषको बारेमा थाहा पाउनुपर्छ

Revision as of 05:33, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0292 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 4, 1968


प्रभुपाद: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

भक्तहरु: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: कसैले उसको मदत गरेको छ ? ठिक छ, यो सबै..... हामी मूल व्यक्तिलाई कब्जा गर्न इच्छुक छौं | (हाँसो) हामी कुनै अधीनस्थ मानिससँग इच्छुक छैनौँ | गोविन्दम् आदि-पुरुषं | तर यदि कसैले मूल व्यक्तिलाई कब्जा गर्छ भने उसले सबजनालाई कब्जा गर्छ | जस्तै उही उदाहरण | वेदमा भनिएको छ, उपनिषदमा: यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | यदि तपाईले सर्वोच्च पुरुषोत्तम भगवान वा परम सत्यलाई बुझ्न सक्नुहुन्छ भने तपाईले सबै कुरा बुझ्नुहुन्छ | भिन्न रुपमा बुझ्ने कुनै आवश्यकता छैन | यस्मिन् विज्ञाते सर्वम् एवं विज्ञातं भवन्ति | त्यसैगरी भगवद गीतामा पनि भनिएको छ, यं लब्ध्वा चापरं लाभं मन्यते नाधिकं ततः यस्मिन् स्थितो न दुःखेन गुरुणापि विचाल्यते (भ गी ६|२०-२३) हामी सबजना जीवनको यस्तो स्तरको खोजीमा छौं जहाँ हामीसँग कुनै चिन्ता हुँदैन | त्यो सबजनाको लक्ष्य हो | हामी किन संघर्ष गर्दैछौं ? हामी एउटा विशेष विन्दुमा पुग्न प्रयासरत छौं | जस्तै फुटबलमा दुई समुहहरु, तिनीहरुमध्ये हरेक मानिस गोल हान्न प्रयासरत हुन्छ | त्यो जित हो | सबजना केहि लाभ प्राप्त गर्न प्रयासरत छन्, विभिन्न स्थिति अनुसार, विभिन्न विचार अनुसार | सबजना उही कुराको पछि छन् भन्ने होइन | कोहि भौतिक आनन्दको खोजीमा छन्, कोहि नशाको खोजीमा छन्, कोहि मैथुनको खोजीमा छन्, कोहि धनको खोजीमा छन्, कोहि ज्ञानको खोजीमा छन्, कोहि धेरै कुराको खोजीमा छन् | तर एउटा कुरा छ | यदि हामीले त्यस पूर्णता प्राप्त गर्नसक्छौं भने हामी सन्तुष्ट हुनेछौं र हामीले भन्नेछौं कि "हामीलाई अरु केहि चाहिंदैन |" स्वामिन् कृतार्थो ऽस्मि वरं न याचे (चै मध्य २२|४२) | धेरै उदाहरणहरु छन् | त्यस्तो स्थिति छ, र ती कृष्ण हुनुहुन्छ | यदि तपाईले केवल कृष्णलाई बुझ्न सक्नुहुन्छ भने तपाईको ज्ञान पूर्ण हुन्छ र तपाईले सबै कुरा बुझ्नुहुन्छ | तपाईले विज्ञान बुझ्नुहुन्छ, तपाईले गणित बुझ्नुहुन्छ, तपाईले रसायनशास्त्र बुझ्नुहुन्छ, भौतिकशास्त्र, खगोल विज्ञान, दर्शन, साहित्य, सबै | यो धेरै राम्रो छ | तसर्थ भागवतमा भनिएको छ कि संसिद्धिर् हरि-तोषणम् (श्री भा १|२|१३) | तपाई जुनसुकै ज्ञानको विभाग वा कार्यको विभागमा संग्लग्न हुनुहुन्छ, यसको मतलब छैन | तर यदि तपाईले परम-ब्रह्मलाई आफ्नो ज्ञानको फलस्वरूप प्राप्त गर्नुहुन्छ भने त्यो तपाईको पूर्णता हो | तपाई एक वैज्ञानिक हुनुहुन्छ, ठिकै छ, यसको मतलब छैन | आफ्नो वैज्ञानिक अनुसन्धानद्वरा तपाईले भगवानलाई भेटाउनुहोस् | तब त्यो तपाईको पूर्णता हुन्छ | तपाई व्यापारी हुनुहुन्छ ? आफ्नो धनद्वारा केवल भगवानलाई खोज्नुहोस् | तपाई प्रेमी हुनुहुन्छ ? केवल परम-प्रेमीलाई खोज्नुहोस् | तपाई स्वाद, सौन्दर्य, सुन्दरताको पछी हुनुहुन्छ, यदि तपाईले भगवानलाई खोज्नुहुन्छ भने तपाईको सुन्दरताको खोज पुरा हुनेछ | सबै कुरा | कृष्ण | कृष्ण भनेको सर्व-आकर्षक | तपाई केहि कुराको खोजमा हुनुहुन्छ | यदि तपाईले कृष्णलाई भेटाउनुहुन्छ भने तपाईले देख्नुहुनेछ कि तपाईको लक्ष्य पुरा भयो | तसर्थ उहाँको नाम कृष्ण हो |