NE/Prabhupada 0294 - कृष्णमा शरणागतिका छ अवस्थाहरु

Revision as of 05:39, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0294 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 4, 1968


कृष्णप्रतिको शरणागतिको छ लक्षण छन् | एय्ता लक्षण भनेको "कृष्णले मलाई सुरक्षा दिनुहुनेछ" विश्वास गर्नु हो | जस्तै एउटा सानो बच्चाको आफ्नी आमाप्रति पूर्ण विश्वास हुन्छ "मेरी आमा हुनुहुन्छ | कुनै खतरा छैन |" विश्वस्त | मैले यो देखेको छु | सबजना | मसँग..... मैले एउटा व्यवहारिक उदाहरण भन्नेछु | मेरो युवावास्थामा म कलकत्तामा ट्राममा यात्रा गर्दै थिएँ र मेरो कान्छो छोरो मसँग थियो | ऊ दुई वा अढाई वर्षमात्र थियो | त्यतिबेला परिचालकले जिस्किएर उसलाई सोधे "मलाई आफ्नो भाडा देऊ |" उसले सर्वप्रथम भन्यो कि "मसँग पैसा छैन |" ती परिचालकले "त्यसोभारे तल झर" भने | उसले तत्काल भन्यो कि " यहाँ मेरो पिता हुनुहुन्छ |" (हाँसो) तपाईले बुझ्नुहुन्छ | "तपाईले मलाई झार्न सक्नुहुन्न | मेरो पिता यहाँ हुनुहुन्छ |" तपाईले बुझ्नुहुन्छ ? यो मानसिकता हुन्छ | यदि तपाई कृष्ण समक्ष जानुहुन्छ भने सबभन्दा ठुलो भयले पनि तपाईलाई विचलित पार्नेछैन | यो तथ्य हो | कृष्ण त्यस्तो महान हुनुहुन्छ | यी महान वरदान कृष्णलाई प्राप्त गर्ने प्रयास गर्नुहोस् | र कृष्णले के भन्नुहुन्छ ? कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति (भ गी ९|३१) | "मेरो प्रिय कौन्तेय, कुन्ती पुत्र अर्जुन, संसारमा घोसना गर कि मेरो भक्तको कहिल्यै विनाश हुनेछैन |" कहिल्यै विनाश हुनेछैन | कौन्तेय प्रतिजानीहि न मे भक्तः प्रणश्यति | त्यसैगरी, भगवद गीतामा धेरै श्लोकहरु छन् | मैले भगवद गीता उद्धृत गर्दैछु किनकि यो पुस्तक संसार भरि धेरै प्रख्यात छ र...... यस ज्ञानको अमुल्य पुस्तक बुझेर पढ्ने प्रयास गर्नुहोस् | त्यसैले कृष्णले भन्नुहुन्छ: अहं सर्वस्य प्रभवो मत्तः सर्वं प्रवर्तते इति मत्वा भजन्ते मां बुधा भाव​-समन्विताः (भ गी १०|८) | कसले कृष्णको आराधना गर्न सक्छ ? यहाँ बताइएको छ कि बुधा | बुधा भनेको सबभन्दा बुद्धिमान मानिस | बोध भनेको ज्ञान र बुधा भनेको जो विद्वान छ, ज्ञानले पूर्ण छ | सबजना ज्ञानको पछि छन् | यहाँ वासिंगटन विश्वविद्यालय छ | यहाँ धेरै विद्यार्थीहरु छन् | तिनीहरु यहाँ ज्ञान प्राप्त गर्न आएका छन् | जसले ज्ञानको पूर्णता वा ज्ञानको सर्वोच्च स्तर प्राप्त गरेको छ, उसलाई बुधा भनिन्छ | बुधामात्र होइन तर भाव​-समन्विताः | भाव भनेको परमानन्द | एक मानिस धेरै शिक्षित र विद्वान हुनुपर्छ र उही समयमा उसले आध्यात्मिक परमानन्दको अनुभव गर्नुपर्छ | "त्यस्तो मानिस," कृष्णले भन्नुहुन्छ, इति मत्वा भजन्ते माम् | "त्यस्तो मानिसले मेरो आराधना गर्छ वा मलाई प्रेम गर्छ |" जो धेरै बुद्धिमान छ र जो दिव्य रुपमा परमान्दले पूर्ण छ, त्यस्तो व्यक्तिले कृष्णलाई प्रेम गर्छ वा कृष्णको आराधना गर्छ | किन ? किनकि इति मत्वा, "यो बुझेर |" यो के हो ? अहं सर्वस्य प्रभवो (भ गी १०|८), "म सबै कुरा, सर्वस्यको स्रोत हुँ |" तपाईले जे ल्याउनुहुन्छ, यदि तपाईले त्यसको स्रोत खोज्दै जानुहुन्छ भने तपाईले अन्तिममा कृष्णलाई पाउनुहुनेछ | वेदान्तमा पनि उही कुरा भनिएको छ | ब्रह्म के हो ? अथातो ब्रह्म जिज्ञासा |