NE/Prabhupada 0301 - सबभन्दा बुद्धिमान व्यक्तिहरु-उनीहरु नाच्दैछन्

Revision as of 06:00, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0301 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


र अब कृष्ण चेतना अभियान भनेको हामीले चैतन्य महाप्रभुको सन्देशबाट बुझु पर्छ | उँहा ... पाँच हजार वर्षअगाडी, बङ्गालमा आउनुभयो, इंडिया को एक प्रान्तमा, र उँहाले बिशेष गरेर कृष्ण चेतनाको अभियान गर्नु भयो | उँहाको उदेश्य भनेको जोसले यो भारतवर्षमा जन्म लियो, उसले कृष्णचेतनाको सन्देश फैलाउने जिम्मा लिनुपर्छ, र सारा संसार भरि बध्नुँपर्छ | त्यो आदेश पुरा गर्न हामी तिमीहरुको देश आयौँ | त्यसैले हाम्रो आग्रह हो कि तिमीहरु यो कृष्णचेतना को अभियान बुझ्ने कोसिस गर, तिम्रो सबै ज्ञानले, एकदम गहिरो संग | यो अन्धो पारामा स्वीकार नगर | तिम्रो प्रश्न, ज्ञान,तर्क, सात्क्ष्यातकारद्वारा बुझ्न कोसिस गर - तिमी मानिस हौ - अनि तिमीले यो एकदम शान्त पाउँछौ | हामीले यो पुस्तक प्रकाशित गरेका छौँ, चैतन्य महाप्रभुको दिव्य उपदेश र अरु धेरै पुस्तकहरु | त्यसैले त्यो पढ्न खोज | र हामीसँग पत्रिका नि छ, ब्याक टु गडहेड | हामी येत्तिकै भावमा आएर नाचेका होइनौ | यो नाचले ठुलो महोत्व बोकेको छ ; यदि तिमी हामीसँग नाच्यौ भने तिमीले यो महशुस गर्न सक्छौ | यो होइन कि कोहि पागल मान्छेहरु नाच्दै छन् | होइन | एकदम बुद्धिमानी व्यक्ति हुन्, तिनीहरु नाच्दै छन् | यो यसरी गरिन्छ कि - जस्तै, ऊ एउटा केटा हो - उसले पनि भाग लिन सक्छ | सार्वभौमिक | आवद्द होऊ, हरे कृष्ण जप र नाच, र तिमीले त्यो बुझ्नेछौ | धेरै सजिलो तरिका छ | तिमीलाई कुनै सिद्धान्तको तह अथवा शब्दहरु, यो त्यो बुझिराख्नु पर्दैन | सजिलो कुरो | के हो त्यो सजिलो कुरो ? भगवान् माहान् हुनुहुन्छ, सबैलाई थाहा छ, र हामी उँहाकै अंश हौँ | त्यसैले जब हामी महान् सँग एकाकार हुन्छौँ, हामी पनि महान हुन्छौँ | जस्तै तिम्रो शरीर, शरीरको एउटा सानो अंश , एउटा सानो औंला अथवा खुट्टाको अंश, त्यसको पनि सम्पूर्ण शरीरको मूल्य बारबार मूल्य हुन्छ | तर जब त्यो सानो अथवा ठुलो अंश शरीरबाट छुट्टिन्छ, त्यसको केहि मूल्य हुदैन | त्यसको केहि मूल्य हुदैन | यो औंला, शरीरको सानो अंश हो | यदि त्यहाँ दुखाई छ भने, तिमीले हजारौँ डलर खर्च गर्छौ | तिमीले स्वस्थकर्मीलाई हजारौँ डलर दिएर निको बनाउन खोज्छौ, र जब स्वस्थकर्मीले भन्छ कि "यो औंला ," के भनिन्छ, "काटिनु पर्छ, छुट्याईनु पर्छ, नत्र सारा शरीर संक्रमण हुन्छ," त्यसैले जब यो औंला मेरो शरीरबाट काटिन्छ, तिमीले यसको वास्ता गर्दैनौ | केहि मूल्य हुदैन | मात्रै यो बुज्न खोज | एउटा टाइपराइटिंग, एउटा सानो किला, हरायो भने, तिम्रो मेसिनले राम्रोसँग काम गर्दैन, तिमी मर्मत पसलमा जान्छौ | उसले दश डलर लिन्छ | तिमी तुरुन्तै दिन्छौ | त्यो सानो किला, जब मेसिनबाट हराउँछ, त्यसको केहि मूल्य हुदैन | त्यसैगरी, हामी परम सत्यको अंश हौँ यदि हामीले पूर्णसँग काम गर्यौ भने, भनेको यदि हामीले कृष्णचेतना अथवा भगवानचेतनामा कार्य गर्यौं भने, त्यो "म अंश हुँ ...."जस्तै यो औंला पूर्ण रुपमा मेरो शरीरको चेतनामा चलेको छ जतिखेर दुखाई हुन्छ, त्यो म महाशुस गर्न सक्छु | त्यसैगरी, यदि तिमीले कृष्ण चेतनामा तफ़सील भयौँ भने तिमी जीवनको साधारण अवस्थामा छौ, तिम्रो जीवन शार्थक हुनेछ | र जब तिमी कृष्ण चेतनाबाट अलग भयौ भने, सबै समस्या त्यहाँ हुन्छ | सबै समस्या त्यहाँ हुन्छ | त्यसैले त्यहाँ धेरै उदाहरणहरु छन् जुन हामी यो कक्षामा पढ्ने गर्छौँ | त्यसैले हामीले यो कृष्ण चेतना स्वीकार गर्नुपर्छ यदि हामीलाई खुसि हुन मन छ भने, र हाम्रो वस्तविक अवस्थामा रहनको लागि | यो कृष्ण चेतना अभियान हो |