NE/Prabhupada 0304 - मायाले परम-पूर्णलाई ढाक्न सक्दिनन्

Revision as of 06:06, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0304 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : अघि बढ |

तमल कृष्ण : " यो एकपछि अर्को एकाकार हुने र फरक हुने सम्बन्धमा सधैँ रहिरहन्छ बिशेष गरेर जीवात्मा र परमात्मा संग |"

प्रभुपाद: यो समकालिक एक र व्यग्ल्यै, जस्तै जमिनको उदाहरण लिऊ | कोसैले भन्छ, "ओ, मैले पानीको भाग देँखे |" र कोसैले भन्छ,"होइन | मैले त्यहि जमिनको भाग देँखे |" त्यसैले समकालिक एक र फरक | समकालिक एक र फरक | हाम्रो स्तर भनेको ... किनकि हामी जीवात्मा हौँ र कृष्ण, भगवान, आत्मा ... उँहा पुरै आत्मा हुनुहुन्छ र म त्यसको टुक्रा हुँ | जस्तै सूर्य, सूर्य परिधि , र सूर्यकिरण, अणुको चम्किने तत्वहरु, तिनीहरुलाई पनि सुर्य किरण भनिन्छ | त्यो अणुको तत्वहरु मिलेर हामीलाई सूर्यकिरण दिईरहेका छन् | त्यसैले हामी पनि सूर्य परिधि जस्तै चम्कीरहेका छौँ, तर हामी पूर्ण सूर्य जत्तिको छैनौ | चम्किने तत्वहरु, सुर्य परिधिसमान छैनन्, तर गुणको हिसाबमा त्यो एकै छ | त्यसैले, हामी जीवात्मा, हामी परमात्माको तुलनामा एकदम तुच्छ छौँ, कृष्ण अथवा भगवान | त्यसैले हामी पनि चम्किन्छौँ | हामी त्यहि गुणको हौँ | जस्तै सुनको सानो अंश नि सुन नै हो | त्यो फलाम होइन | त्यसैगरी, हामी जीवात्मा हौँ ; त्यसैले हामी एक हौँ | तर किनकि म एकदम सानो छु .... जस्तै | बहिरंगा शक्ति धेरै सानो भएकोले, कहिले कहिँ त्यो पानीले ढाकिन सक्छ | तर जमिनको धेरै भाग, जुन पानी बिना छ | त्यसैगरी मायाले नि त्यो सानो जिवात्मको तत्वलाई ढाक्न सक्छ, तर मायाले परम तत्वलाई ढाक्न सक्दैन | जस्तै एउटा उदाहरण, आकाश, सूर्यको किरण | सूर्य किरण, सुर्यको सानो भाग, वादलले ढाकिएको हुन्छ | तर यदि तिमी एरोप्लेन, जेट प्लेन, चढेर वादल माथि पुग्यौ भने, तिमीले वादल बिनाको सूर्य देख्नेछौ | वादलले पुरै सुर्य छेक्न सक्दैन | त्यसैगरी, मायाले नि परमपूर्णलाई छेक्न सक्दैन | मायाले सानो तिनो तत्वलाई मात्र ढाक्न सक्छ | मायावादी सिद्धान्त भन्छ कि : "म अहिले मायाले ढाकिएको छु | जब म मुक्त हुन्छु, म पूर्णसंग एकाकार हुन्छु ..." हामी यसैनि पूर्णसंग एकाकार छौँ | जस्तै सूर्यको किरण र सूर्य परिधि,त्यहाँ गुणको तुलनामा केहि फरक छैन | जहाँ सूर्य छ, त्यहाँ सूर्य किरण छ, तर सानो तत्वाहरु, सूर्यको तत्वहरु, कहिल्यै पनि सूर्यको परिधिसंग समान हुन सक्दैन | त्यो चैतन्य महाप्रभुले यो अध्यायमा वर्णन गर्नु भएको छ |