NE/Prabhupada 0305 - हामी भन्छौं कि भगवान् मृत हुनुहुन्छ । हामीले यो भ्रमबाट आफ्नो आँखा खोल्नुपर्छ

Revision as of 06:09, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0305 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


प्रभुपाद : भन्दै जाउ |

तमल कृष्ण :" जीवात्मा घामको किरण जस्तै हो, तर कृष्णलाई चम्केको घाम संग तुलना गरिएको छ | चैतन्य महाप्रभुले जीवात्मालाई आगोको झिल्कासँग तुलना गर्नुभएको छ | र परम कृष्णलाई घामको दन्किएको आगो जस्तो भन्नुभएको छ | भगवानले यो कुरा बिष्णु पुराण को एउटा श्लोकाबाट प्रसङ्ग जोड्नु भएको छ, जहाँ भनिएको छ, ब्रम्हाण्डमा जतिसुकै वस्तुहरु छन्, ति सबै भगवानको शक्ति हुन् | उदाहरणको लागि, जस्तो आगो एकठाउँमा हुन्छ र वरिपरि उज्यालो र तातो दिन्छ, त्यसैगरी, अध्यात्मिक संसारको एक ठाउँमा रहनुभएको भगवानले, आफ्नो शक्तिद्वारा धेरै ठाउँमा आफुलाई विस्तार गर्नु हुन्छ |"

प्रभुपाद : यो धेरै सजिलो छ | बुझ्ने प्रयास गर | जस्तै यो आगो, यो बत्ति, कुनै एउटा ठाउँमा छ तर यसको प्रकाशले सारा कोठाभरि उज्यालो भएको छ, त्यसैगरी जे तिमीले देख्छौ, यो ब्रह्माण्डको दृश्य, तिनीहरु परम पुरुष भगवानको शक्तिको प्रदर्शन हो | भगवान एकै ठाउँमा अवस्थित हुनुहुन्छ | कि हामी ब्रह्म- संहितामा गाउने गर्दछौँ : गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि | उँहा एक व्यक्ति हुनुहुन्छ | जस्तै तिम्रो प्रधानमन्त्रि, श्री जोन्सन, ऊ वाशिंगटनमा स्थित आफ्नो कोठामा बसिरहेको छ, तर उसको शक्ति, उसको तागत, सारा राष्ट्रभर छ | यदि यो भौतिक तरिकाले, त्यसैगरी कृष्ण, अथवा भगवान, सर्वच्चो पुरुषोतम, उँहा आफ्नो स्थानमा, धाममा, वैकुण्ठमा निवास गर्नुहुन्छ, तर उँहाको शक्ति चलिरहेको छ| अर्को उदाहरण सूर्य | सूर्यलाई तिमीले एउटा निस्चित ठाउँमा देख्छौ, तर तिमीले सुर्यकिरण सारा ब्रह्माण्ड भरि फैलिएको देख्न सक्छौ | सूर्यकिरण तिम्रो कोठामा छ | त्यसैगरी, जेसुकै तिमीले प्रयोग गरिरहेका छौ, तिमी आफै पनि, हामी सबै भगवानको शक्तिको प्रदर्शन हौँ | हामी उँहाभन्दा अभिन्न छौँ | तर जब माया अथवा भ्रमको वादलले हाम्रो आँखा थुनीदिन्छ, हामी सूर्य देख्न सक्दैनौ | त्यसैगरी, जब भौतिक तत्वले हाम्रो जीवन ढाक्छ, तब हामी भगवान को हो भनेर छिन्न सक्दैनौ | हामीले भन्छौ भगवान मर्नुभयो भनेर | त्यसैगरी हामीले हाम्रो आँखा यो भ्रमबाट टाढा राख्नु पर्छ | अनि तिमीले भगवान देख्न सक्छौ:"यहाँ भगवन हुनुहुन्छ भनेर |" हो | ब्रह्म संहितामा भनिएको छ, प्रेमाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन सन्तः सद्ऐव हृदयेषु विलोकयन्ति यं श्यामसुन्दरम् अचिन्त्य​-गुण​-स्वरूपं गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि (भा गि ५|३८) सर्वच्चो पुरुषोतम भगवान, उँहा श्यामसुन्दर हुनुहुन्छ | श्यामसुन्दर | श्याम भनेको कालो चेहेरा, तर एकदम, एकदम नै राम्रो | त्यस्तो सुन्दर व्यक्ति, परम पुरुष, कृष्ण सधैँ पुण्य व्याक्तिहरुले दर्शन गर्छन् | प्रेमामाञ्जन​-च्छुरित​-भक्ति-विलोचनेन​ | किन उँहाहरुले देख्नु भयो ? किनकि उँहाहरुको आँखा भगवानको मरहम प्रेमले सफा गरिएको छ | जस्तै यदि तिम्रो आँखा कमजोरी छ भने तिमीले केहि मलम औसधि गर्छौ अथवा चिकित्सक संग औसधि लिन्छौ, र तिम्रो आँखा एकदम सफा र चम्किलो हुन्छ, तिमीले सबै कुरा देख्न सक्छौ | त्यसैगरी, जब तिम्रो, भौतिक आँखा भगवानको मरहम प्रेमले ढाकिन्छ, तब तिमीले भगवान देख्न सक्छौ, "यहाँ हुनुहुन्छ भगवान भनेर |" हामीले यो भन्दैनौ कि भगवान मर्नुभयो भनेर | र त्यो धकिएको भाग हटाउनु पर्छ, र त्यो ढाकिएको भाग हटाउनलाई तिमीले कृष्ण चेतनाको बाटो आपनाउनु पर्छ |

धेरै धेरै धन्यबाद |