NE/Prabhupada 0309 - आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ

Revision as of 06:21, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0309 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


मधुद्विसा: कोहि क्रिस्टेनलाई अध्यात्मिक गुरु बिना, मात्रै येशुको ज्ञानले अध्यात्मिक आकाश प्राप्त गर्न सम्भव छ ?

प्रभुपाद : मैले बुझिन |

तमल कृष्ण : एउटा क्रिस्तैन्ले यो अवस्थामा, अध्यात्मिक गुरु बिना, बाइबल पढेर र येशुको वाणीले अध्यात्मिक संसार प्राप्त गर्न सक्छ ?

प्रभुपाद : जब तिमी बाइबल पढ्छौ, तिमीले अध्यात्मिक गुरुको मार्ग अपनाईसक्यौ | कसरी तिमीले उँहा बिना भन्न सक्छौ ? जब तिमीले बाइबल पढ्छौ, त्यो भनेको तिमीले येशुको वाणी मानिरहेका छौ, त्यो भनेको तिमीले अध्यात्मिक गुरुको मार्ग अपनाईरहेका छौ | त्यसैले कहाँ छ कि अध्यात्मिक गुरुबिना हामीले पूर्णता प्राप्त गर्न सक्छौ भनेर ?

मधुद्विसा: मलाई बाँचिरहेको अध्यात्मिक गुरु भनिन्छ |

प्रभुपाद : अध्यात्मिक गुरु भनेको ........... अध्यात्मिक गुरु नित्य हुनुहुन्छ, अध्यात्मिक गुरु नित्य हुनुहुन्छ | त्यसैले तिम्रो प्रश्न भनेको अध्यात्मिक गुरु बिना| अध्यात्मिक गुरु बिना तिम्रो जीवन प्रगतिशील हुदैन | तिमीले यो अध्यात्मिक गुरु, त्यो अध्यात्मिक गुरु स्वीकार गर्न सक्छौ | त्यो फरक कुरा हो | तर तिमीले स्वीकानै पर्छ | र तिमीले भन्छौ कि "बाइबल पढेर, " जब तिमीले बाइबल पढ्छौ, तिमीले अध्यात्मिक गुरु स्वीकार गर्छौँ जोसलाई कोहि पादरीले एउटा परम्परामा प्रतिनिधित्व गरेका छन् | त्यसैले जुनसुकै अवस्थामा पनि तिमीले अध्यात्मिक गुरुको आज्ञा पालन गर्नुपर्छ | अध्यात्मिक जीवन, गुरुबिना असम्भव छ | के यो स्पस्ट छ ?

मधुद्विसा : मैले भन्न खोजेको कुरा, हामीले तपाईंबिना भगवाद गीतको ज्ञान बुझ्न सक्दैनौ, तपाइँको प्रस्तुति बिना |

प्रभुपाद: त्यसैगरी, तिमीहरुले पनि चर्चको पादरीको सहायताले बाइबल बुझ्न सक्छौ |

मधुद्विसा: हो | तर के उँहाले यो ज्ञान गुरु शिष्य परम्पराअन्तर्गत पाउनु भएको छ ? तर त्यहाँ बाइबलमा केहि भिन्नताको कुरा देखिन्छ | बाइबललाई थुप्रै क्रिस्टेनहरुले धेरै प्रकारमा अनुवाद गरिएको पाइन्छ |

प्रभुपाद : निश्चय नै, बाइबलमा अनुवाद भएको पाइन्न | उसोभए त्यहाँ बाइबलको कोहि प्रतिनिधि छैन | यदि तिमीले केहि कुरा व्याख्या गर्छौ ... जस्तै "कुदाल लाई कुदाल भनेर बोलाउ |" त्यसैले यदि तिमीले केहि अरुनै कुरा भन्छौ भने, ऊ अध्यात्मिक गुरु होइन | जस्तै यो घडी हो | सबैले यसलाई घडी भन्छन्, र यदि मैले यसलाई चस्मा भनेँ भने, म अध्यात्मिक गुरु हुनुको के अर्थ ? मैले गलत तरिकाले प्रतिनिधि गर्दै छु | यो घडी हो, त्यो मैले भन्ने पर्छ |(हस्दै) त्यसैले ... जब त्यहाँ अशुद्ध अर्थ हुन्छ, ऊ आधिकारिक गुरु होइन | ऊ अध्यात्मिक गुरु होइन, अधिकारीक गुरु भनेको के हो ? यदि मैले तिमीलाई यो घडी कसरी हेर्ने भनेर सिकाउनु पर्यो भने, मैले भन्न सक्छु कि "यो घडी हो , यसलाई हात भनिन्छ, र यसलाई समय संकेत भनिन्छ, यो, यसलाई के भनिन्छ ..." त्यसैले त्यो राम्रो हो | यदि मैले भने कि "सबैले यो घडी भन्छन् | म भन्छु कि यो चस्मा हो," उसोभए कस्तो खालको अध्यात्मिक गुरु हुँ म ? त्यस्तो गुरुलाई अस्विकार गरिनुपर्छ | त्यो बुद्धि हो, तिमीहरुले पत्ता लगाउनु पर्ने हुन्छ कि को ठग गुरु हो र को वास्तविक गुरु भनेर | नत्र तिमी ठगीन्छौ | र त्यो हुँदै गर्छ | सबैजना येही तरिकाले व्याख्या गर्छन् | भागवाद गीता नि हजारौँ अनुवाद छन्, तिनीहरुले मनोमानी ढंगले आफ्नै तरिकामा व्याख्या गर्न खोज्दै छन्, सबै बेकार | तिनीहरुलाई फलिनुपर्छ | तिमीले मात्र भागवाद गीता यथारुप पढ्नु पर्छ | अनि मात्र तिमीले बुझ्छौ | त्यहाँ व्याख्या गरिनुपर्ने केहि आवश्यक छैन | नत्र अधिकार छैन | जब तिमीले व्याख्या गर्छौ, अनि त्यहाँ अधिकार छैन | संविधान | तिमीले भन्न खोजेको, यदि तिमीले न्यायाधिसको आगाडी भन्यौ कि, "मेरो प्यारो न्यायाधिस, म यो वाक्यलाई यसरी व्याख्या गर्छु ," के यो स्वीकार्य हुन्छ ? न्यायधिसले भन्छ, "तिमी को हौ र व्याख्या गर्नलाई ? तिमीसंग अधिकार छैन |" अनि यो कानुनको के अर्थ भयो र, यदि सबै आएर भन्छ कि , 'म यो तरिकाले व्याख्या गर्छु "? अनि व्याख्या कहिले आवश्यक छ ? जहिले कुरा प्रस्टसंग बुझिदैन | यदि मैले भने, "यो घडी हो, " र सबैले बुझ्छन् कि "हो यो घडी हो, हो," अनि यो चस्मा हो भनेर व्याख्या गरिराख्नुपर्ने स्थिति कहाँ रहन्छ र ? यदि सबैजनाले हरफ राम्रो संग बुझ्न सक्छ भने ... जस्तै बाइबलमा, "भगवानले भन्नु भयो, त्यहाँ सृष्टि होस,"र त्यहाँ सृष्टि भयो |" व्याख्या गरिराख्नुपर्ने कहाँ जरुरत छ र ? हो भगवानले सृष्टि गर्नुभयो | तिमीले गर्न सक्दैनौ | व्याख्या गर्नुपर्ने जरुरत कहाँ छ ? त्यसैले नचाहिने व्याख्या आवश्यक छैन र त्यो अधिकारिक होइन, र तिनीहरु जो अनावश्यक ढंगले व्याख्या गरिरहेका छन्, तिनीहरुलाई तुरुन्तै अस्विकार गरिनुपर्छ | तुरुन्तै, कुनै विचारबिना | भगवानले भन्नुभयो,"त्यहाँ सृष्टि होस |"त्यसैले त्यहाँ सृष्टि भयो | सजिलो कुरो | व्याख्या गर्नुपर्ने जरुरत कहाँ छ ? व्याख्या गरिनुपर्ने ठाउँ कहाँ छ ? सुझाव देऊ कि यो ठाउँमा व्याख्या हुनु पर्यो भनेर | म ठिक छु ? बाइबलको सुरुमै भनिएको छ ? "भगवानले भन्नुभयो,'त्यहाँ सृष्टि होस ' र त्यहाँ सृष्टि भयो | त्यसैले भन तिम्रो व्याख्या के हो ? भन मलाई तिम्रो व्याख्या के छ | त्यहाँ व्याख्याको केहि संभावना छ ? तिमीहरु कोसैले सुझाव दिन सक्छौ ? उसोभए व्याख्याको के आवश्यक छ ? कोहिले भन्न सक्छ | त्यो फरक कुरा हो, तर भगवानले सृष्टि गर्नुभएको तथ्य, त्यो रहिरहन्छ | त्यो तिमीले परिवर्तन गर्न सक्दैनौ | अब, त्यो सृष्टिको कार्य कसरी भयो, त्यो भागवतम् मा भनिएको छ : पहिले त्यहाँ आकाश थियो, र त्यहाँ आवाज थियो, र यो थियो त्यो थियो | यो सृष्टिको प्रक्रिया हो, त्यो अर्कै कुरा हो | तर वास्तविक कुरा, भगवानले सृष्टि गर्नुभएको तथ्य, त्यो जुनैपनि अवस्थामा रहिरहन्छ | यो होइनकि दुस्ट वैज्ञानिकहरुले भन्छन् कि, "ओ, त्यहाँ टुकड़ा थियो र त्यो विभाजित भयो " अनि त्यहाँ यी ग्रह बन्यो | यो होला त्यो होला, " यी सबै बेकार हुन् | तिनिहरु व्याख्या गर्छन् कि, "होला ", "हुन सक्ला |" त्यो विज्ञान होइन -"होला ", "हुन सक्ला |" किन होला ? यहाँ प्रस्ट बयान छ, "भगवानले सृष्टि गर्नुभयो |" त्यत्ति हो | सिद्ध्यो |