NE/Prabhupada 0310 - येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0310 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in USA, Seattle]] | [[Category:NE-Quotes - in USA, Seattle]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0309 - आध्यात्मिक गुरु शाश्वत हुनुहुन्छ|0309|NE/Prabhupada 0311 - हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर|0311}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|yg8d4yjXR9Y|येशु भगवानको प्रतिनिधि हुनुहुन्छ, र हरि-नाम भगवान हुनुहुन्छ <br/>- Prabhupada 0310 }} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681002LE.SEA_clip11.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Line 27: | Line 30: | ||
<!-- BEGIN TRANSLATED TEXT --> | <!-- BEGIN TRANSLATED TEXT --> | ||
प्रभुपाद : हँ ? | |||
प्रभुपाद | महापुरुष : प्रभुपाद, के कुनै विरोधाभाष छ, किनकि येशु र चैतन्य महाप्रभु दुवैजना कलियुगमा आउनुभयो, र येशुले भन्नुभयो कि, "भागवत प्राप्तिको एकमात्र मार्ग ममात्र हुँ | मेरो विश्वास गर अथवा ममा शरणागत होऊ," र चैतन्य महाप्रभुले सिकाउनु भयो कि यस युगमा हरि-नाम सङ्कीर्तन आत्म-साक्षात्कारको एकमात्र उपाय हो ? | ||
प्रभुपाद : तिमीले के फरक पायौ ? यदि येशुले "म मार्फत" भन्नुहुन्छ भने त्यो भनेको उहाँ भगवानका प्रतिनिधि हुनुहुन्छ र हरि-नाम भगवान् हुनुहुन्छ | त्यसैले भगवानका प्रतिनिधि मार्फत वा भगवान् मार्फत, उही कुरा हो | भगवान् र भगवानका प्रतिनिधिबीच कुनै भिन्नता छैन | सामान्य व्यवहारमा पनि यदि मैले कोहि प्रतिनिधि पठाउँछु, यदि उसले मेरो पक्षमा कुनै हस्ताक्षर गर्छ भने मैले त्यो स्वीकार्नुपर्छ, किनकि ऊ मेरो प्रतिनिधि हो | त्यसैगरी, भगवान् समक्ष पनि भगवान् अथवा उहाँको प्रतिनिधि मार्फत जानुपर्छ | उही कुरा हो | बुझाइमा केही भिन्नता हुनसक्छ | किनकि येशुले यस्तो समाजलाई बताउनुभयो, जुन धेरै उन्नत थिएन | तिमीले बुझ्न सक्छौ कि त्यस्ता महान व्यक्तित्व, भागवत साक्षात्कार गरेका व्यक्तिलाई पनि सुलीमा चढाइयो | समाजको अवस्था बुझ्न सक्छौ | अर्को शब्दमा, त्यो तल्लो स्तरको समाज थियो | तिनीहरु भगवानको पूर्ण ज्ञान प्राप्त गर्न असक्षम थिए | त्यो नै पर्याप्त थियो | "भगवानले सृष्टि गर्नुभयो | यति मात्र बुझ |" तिनीहरु सृष्टिको प्रकृया बुझ्न सक्षम थिएनन् | तिनीहरु बुद्धिमान भएको भए तिनीहरुले येशु ख्रिस्टजस्ता महान व्यक्तित्वलाई सुलीमा चढाउँदैनथे | हामी उक्त समाजको अवस्था बुझ्नुपर्छ | जस्तै कोरानमा मुहम्मदले भन्नुहुन्छ कि "आजको दिनबाट तिमीले आफ्नी आमासँग यौन सम्बन्ध नराख |" समाजको अवस्था बुझ्ने प्रयास गर | हामीले समय, परिवेश, समाजको विचार गर्नुपर्छ | त्यस्तो समाजलाई उच्च-दर्शन सम्बन्धि शिक्षा दिन सम्भव छैन, जसरी भगवद्-गीतामा भनिएको छ | तर भगवान् अधिकारी हुनुहुन्छ भन्ने मुख्य तथ्य बाइबल र भगवद्-गीतामा दुवैमा स्वीकारिएको छ | बाइबलको सुरुवातमा "भगवान् परम अधिकारी हुनुहुन्छ" भनिएको छ र भगवद्-गीताको अन्त्यमा "तिमी शरणागत होऊ" भनिएको छ | के भिन्नता छ ? केवल समय, समाज, स्थान र मानिस अनुरुप व्याख्या छ | त्यति हो | तिनीहरु अर्जुन होइनन् | तिमी बुझ्छौ ? अर्जुनले बुझेका शिक्षाहरु येशु ख्रीष्टलाई सुलीमा चढाएका मानिसहरुले बुझ्न सम्भव छैन | तिमीले उक्त मनसायका साथ अध्ययन गर्नुपर्छ | उही कुरा | एउटा शब्दकोश, एउटा पाकेट शब्दकोश, बच्चाको शब्दकोश र अन्तर्राष्ट्रिय शब्दकोश, सबै शब्दकोश हुन् तर महत्व भिन्न हुन्छ | कुनै शब्दकोश एउटा समुहका बच्चाहरुको लागि हो, र अर्को शब्दकोश ठुला विद्वानको लागि हो | तर तिमीले कुनै एउटालाई "यो शब्दकोश होइन" भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | ती दुवै शब्दकोश हुन् | हामीले समय, स्थान, मानिस र धेरै कुराको विचार गर्नुपर्छ | जस्तै बुद्ध, उहाँले केवल भन्नुभयो कि "यो पशु-हत्या जस्तो बेकार प्रक्रिया बन्द गर |" उहाँको प्रचार यस्तो थियो | तिनीहरु यति तल्लो स्तरका मानिसका थिए कि तिनीहरु केवल पशु -हत्यामा आनन्द लिन्थे | त्यसैले तिनीहरुलाई उच्च स्तरमा उठाउनको लागि बुद्धले यो बेकार कार्य बन्द गर्न चाहनुहुन्थ्यो "कृपया हत्या बन्द गर |" विभिन्न समयमा भगवानका विभिन्न प्रतिनिधि अथवा स्वयं भगवान् मानिसलाई शिक्षा दिन आउनुहुन्छ | परिवेश अनुसार व्याख्यामा केही भिन्नता हुनसक्छ, तर मुख्य तथ्य भने एउटै हुन्छ | बुद्धले भन्नुभयो, "ठिक छ, भगवान् हुनुहुन्न, तर ममा शरणागत होऊ |" तब के असमानता रहन्छ ? त्यो भनेको मानिसले यो तरिकाले वा त्यो तरिकाले भगवानको अख्तियारी स्वीकार्नुपर्छ | | |||
<!-- END TRANSLATED TEXT --> | <!-- END TRANSLATED TEXT --> |
Latest revision as of 20:14, 29 January 2021
Lecture -- Seattle, October 2, 1968
प्रभुपाद : हँ ?
महापुरुष : प्रभुपाद, के कुनै विरोधाभाष छ, किनकि येशु र चैतन्य महाप्रभु दुवैजना कलियुगमा आउनुभयो, र येशुले भन्नुभयो कि, "भागवत प्राप्तिको एकमात्र मार्ग ममात्र हुँ | मेरो विश्वास गर अथवा ममा शरणागत होऊ," र चैतन्य महाप्रभुले सिकाउनु भयो कि यस युगमा हरि-नाम सङ्कीर्तन आत्म-साक्षात्कारको एकमात्र उपाय हो ?
प्रभुपाद : तिमीले के फरक पायौ ? यदि येशुले "म मार्फत" भन्नुहुन्छ भने त्यो भनेको उहाँ भगवानका प्रतिनिधि हुनुहुन्छ र हरि-नाम भगवान् हुनुहुन्छ | त्यसैले भगवानका प्रतिनिधि मार्फत वा भगवान् मार्फत, उही कुरा हो | भगवान् र भगवानका प्रतिनिधिबीच कुनै भिन्नता छैन | सामान्य व्यवहारमा पनि यदि मैले कोहि प्रतिनिधि पठाउँछु, यदि उसले मेरो पक्षमा कुनै हस्ताक्षर गर्छ भने मैले त्यो स्वीकार्नुपर्छ, किनकि ऊ मेरो प्रतिनिधि हो | त्यसैगरी, भगवान् समक्ष पनि भगवान् अथवा उहाँको प्रतिनिधि मार्फत जानुपर्छ | उही कुरा हो | बुझाइमा केही भिन्नता हुनसक्छ | किनकि येशुले यस्तो समाजलाई बताउनुभयो, जुन धेरै उन्नत थिएन | तिमीले बुझ्न सक्छौ कि त्यस्ता महान व्यक्तित्व, भागवत साक्षात्कार गरेका व्यक्तिलाई पनि सुलीमा चढाइयो | समाजको अवस्था बुझ्न सक्छौ | अर्को शब्दमा, त्यो तल्लो स्तरको समाज थियो | तिनीहरु भगवानको पूर्ण ज्ञान प्राप्त गर्न असक्षम थिए | त्यो नै पर्याप्त थियो | "भगवानले सृष्टि गर्नुभयो | यति मात्र बुझ |" तिनीहरु सृष्टिको प्रकृया बुझ्न सक्षम थिएनन् | तिनीहरु बुद्धिमान भएको भए तिनीहरुले येशु ख्रिस्टजस्ता महान व्यक्तित्वलाई सुलीमा चढाउँदैनथे | हामी उक्त समाजको अवस्था बुझ्नुपर्छ | जस्तै कोरानमा मुहम्मदले भन्नुहुन्छ कि "आजको दिनबाट तिमीले आफ्नी आमासँग यौन सम्बन्ध नराख |" समाजको अवस्था बुझ्ने प्रयास गर | हामीले समय, परिवेश, समाजको विचार गर्नुपर्छ | त्यस्तो समाजलाई उच्च-दर्शन सम्बन्धि शिक्षा दिन सम्भव छैन, जसरी भगवद्-गीतामा भनिएको छ | तर भगवान् अधिकारी हुनुहुन्छ भन्ने मुख्य तथ्य बाइबल र भगवद्-गीतामा दुवैमा स्वीकारिएको छ | बाइबलको सुरुवातमा "भगवान् परम अधिकारी हुनुहुन्छ" भनिएको छ र भगवद्-गीताको अन्त्यमा "तिमी शरणागत होऊ" भनिएको छ | के भिन्नता छ ? केवल समय, समाज, स्थान र मानिस अनुरुप व्याख्या छ | त्यति हो | तिनीहरु अर्जुन होइनन् | तिमी बुझ्छौ ? अर्जुनले बुझेका शिक्षाहरु येशु ख्रीष्टलाई सुलीमा चढाएका मानिसहरुले बुझ्न सम्भव छैन | तिमीले उक्त मनसायका साथ अध्ययन गर्नुपर्छ | उही कुरा | एउटा शब्दकोश, एउटा पाकेट शब्दकोश, बच्चाको शब्दकोश र अन्तर्राष्ट्रिय शब्दकोश, सबै शब्दकोश हुन् तर महत्व भिन्न हुन्छ | कुनै शब्दकोश एउटा समुहका बच्चाहरुको लागि हो, र अर्को शब्दकोश ठुला विद्वानको लागि हो | तर तिमीले कुनै एउटालाई "यो शब्दकोश होइन" भन्न सक्दैनौ | त्यो तिमीले भन्न सक्दैनौ | ती दुवै शब्दकोश हुन् | हामीले समय, स्थान, मानिस र धेरै कुराको विचार गर्नुपर्छ | जस्तै बुद्ध, उहाँले केवल भन्नुभयो कि "यो पशु-हत्या जस्तो बेकार प्रक्रिया बन्द गर |" उहाँको प्रचार यस्तो थियो | तिनीहरु यति तल्लो स्तरका मानिसका थिए कि तिनीहरु केवल पशु -हत्यामा आनन्द लिन्थे | त्यसैले तिनीहरुलाई उच्च स्तरमा उठाउनको लागि बुद्धले यो बेकार कार्य बन्द गर्न चाहनुहुन्थ्यो "कृपया हत्या बन्द गर |" विभिन्न समयमा भगवानका विभिन्न प्रतिनिधि अथवा स्वयं भगवान् मानिसलाई शिक्षा दिन आउनुहुन्छ | परिवेश अनुसार व्याख्यामा केही भिन्नता हुनसक्छ, तर मुख्य तथ्य भने एउटै हुन्छ | बुद्धले भन्नुभयो, "ठिक छ, भगवान् हुनुहुन्न, तर ममा शरणागत होऊ |" तब के असमानता रहन्छ ? त्यो भनेको मानिसले यो तरिकाले वा त्यो तरिकाले भगवानको अख्तियारी स्वीकार्नुपर्छ |