NE/Prabhupada 0311 - हामीले नयाँ प्रकाश दिंदैछौं- ध्यान असफल हुनेछ, तिमी यो ग्रहण गर

Revision as of 06:27, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0311 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture -- Seattle, October 2, 1968


बच्चा : जब बुद्ध यहाँ हुनुहुन्थ्यो, के उँहा बसेर र ध्यान मात्रै गर्नु हुन्थ्यो ?

प्रभुपाद : हो |

बच्चा : ठिक छ, मैले यो सोचेको थिए कि यो उमेरमा हामीले ध्यान गर्न सक्दैनौ भनेर, तर भगवान बुद्ध, जो भगवानको छोरा हुनुहुन्छ, उँहाले ध्यान गर्नुभयो |

प्रभुपाद : हो |

बच्चा : तर त्यो कलि युग थिएन ?

प्रभुपाद : हो |

बच्चा : थियो ?

प्रभुपाद : हो |

बच्चा : उसोभए कसरी तिमी ध्यान गर्न सक्छौ ?

प्रभुपाद: धेरै राम्रो | (हाँस्दै) त्यसैले हामी बुद्धभन्दा उत्तम छौँ | हामी भन्छौँ ध्यान सम्भव छैन | तिमीले देख्यौ ? तिमीले बुझ्यौ ? भगवान बुद्धले भन्नुभयो,"ध्यान गर, "तर भगवान बुद्धको अनुयायीले त्यो गर्न सकेनन | तिनीहरु असर्मथ भए | हामी नयाँ उज्यालो दिईरहेका छौँ, "त्यो ध्यान गर्ने तरिकाले काम गर्दैन, त्यसैले तिमी यो अपनाउ |" त्यो कुरा बुझ्यौ ? हो | यदि कोहिले तिमीलाई केहि कुरा भन्यो, र तिमी असर्मथ भयौ, तब म भन्छु, "तिमी यो नगर | यो लिऊ | यो राम्रो हुन्छ |" जस्तै तिमी बच्चा छौ, तिमी ध्यान, तपस्या गर्न सक्दैनौ, तर तिमी हरे कृष्ण जप गर्दै, नाच्न सक्छौ | भगवान बुद्धलाई थाहा भयो कि तिनीहरु ध्यान गर्न सक्दैनन् | तिमी धेरै बुद्धिमान व्यक्ति छौ | तर उनीहरुको बकवास कुरा रोक्नको लागि, उँहाले मात्रै भन्नुभयो, "बसेर ध्यान गर |"त्यत्ति हो |(हाँस्दै) जस्तै एउटा नटखट केटा, ऊ नराम्रो व्योहार गर्दै छ | उसको अभिभावकले भन्नुहुन्छ , "मेरो प्यारो जोहन, तिमी यहाँ बस |" उसलाई थाहा छ कि ऊ बस्न सक्दैन, तर जब समय हुन्छ ऊ बस्छ | पितालाई थाहा हुन्छ कि ऊ बस्दैन भनेर, तर केहि समय मात्रै उसलाई यो नराम्रो काम गर्न रोक्नु पर्छ | ठिक छ | हरेकृष्ण जप गर |