NE/Prabhupada 0314 - शरीरलाई धेरै ध्यान नदिने, तर आत्मालाई पूरा ध्यान दिने

Revision as of 06:33, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0314 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 6.1.10 -- Los Angeles, June 23, 1975


यो कलि युगमा, झगडा र कलहको युगमा मनमुटाव धेरै हुन्छ - त्यसैले यसलाई कलि युग भनिन्छ - यो युगमा हरि किर्तन मात्रै एउटा बाटो हो | संकिर्तन अभियान नै हरि किर्तन हो | हरि किर्तन ... किर्तन भनेको भगवानको महिमा गाउने हो, हरि किर्तन | र यो श्रीमद- भागवतममा पुस्टि गरिएको छ : कलेर् दोष​-निधे राजन् अस्ति ह्य् एको महान् गुणः कीर्तनाद् एव कृष्णस्य मुक्त​-सङ्गः परं व्रजेत् (श्री भा १२|३|५१) त्यसैले यो सिफारिश गरिएको छ, र त्यसैगरी चैतन्य महाप्रभुको बारेमा श्रीमद-भागवतममा उल्लेख गरिएको छ त्विषाकृष्णं... कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदं यज्ञ्ऐः सङ्कीर्तन​-प्राय्ऐर् यजन्ति हि सुमेधसः (श्री भा ११|५|३२)| त्यसैले हाम्रो पहिलो कर्तव्य भनेको चैतन्य महाप्रभुलई पुजा गर्ने हो | हामीले बिग्रह राख्छौँ | हामी हाम्रो दण्डवत सर्वप्रथम चैतन्य महाप्रभु र उँहाको पार्षदलाई गर्छौँ अनि, गुरु- गौरांग, अनि राधा कृष्ण अथवा जग्गनाथलाई दण्डवत गर्छौँ | किनकि यो नै कलियुगको लागि विधि हो, यज्ञ्ऐः सङ्कीर्तन​-प्राय्ऐर् यजन्ति हि सुमेधस, यदि तिमीले यो संकिर्तन विधि अपनायौ भने, सजिलोसंग, जति सक्दो धेरै, चैतन्य महाप्रभुको आगाडी, अनि तिम्रो सफलता निश्चित हुन्छ | तिमीलाई अन्य केहि कुरा चाहिँदैन | यो भनिएको छ : यज्ञ्ऐः सङ्कीर्तन्ऐः प्राय्ऐर् यजन्ति हि सुमेधस | त्यसैले जो बुद्धिमान छन्, तिनीहरुले यो सजिलो तरिकाको आत्मासत्क्ष्यातकारको विधि अपनाउँछन् | जति धेरै तिमीले जप गर्छौ, तिम्रो हृदयको सफा गर्ने प्रक्रिया राम्रोसंग जान्छ | चेतो-दर्पण​-मार्जनम् (चै च आन्त्य २०|१२)| सिफारिश गरिएको छ | चेतोदर्पण .... यो पहिलो हो, किनकि हाम्रो अध्यात्मिक जीवन चेतोदर्पणमार्जनम बाट सुरु हुन्छ, जबसम्म हाम्रो हृदयको ऐना सफा हुँदैन | तर यो सजिलो विधि हो | यदि तिमीले हरे कृष्ण महामंत्र परमानंदका साथ जप्यौ भने, पहिलो फाइदा भनेको तिम्रो हृदय सफा हुन्छ | अनि तिमीले तिम्रो स्तर क हो थाहा पाउनसक्छौ, तिमी को होऊ, तिम्रो कार्य के हो | यदि तिम्रो हृदय सफा छैन भने.... त्यसैले यो हृदयको मैलोलाई तपस्याले सफा गर्न सक्दैन | त्यो सम्भव छैन | त्यसैले ... परिक्षित महाराज धेरै बुद्धिमान हुनुहुन्छ | उँहा भन्नुहुन्छ, प्रायश्चित्तम् अथो अपार्थम् | अप, अप भनेको "नकारात्मक" र अर्थ भनेको "आशय " हो | "त्यसको अर्थ छैन |"उसले तुरुन्तै अस्विकार गर्छ, प्रायश्चित्तम् अपार्थम् | "त्यहाँ के फाइदा छ ?" ऊ अशुद्ध रहन्छ | उसले आफ्नो हृदय शुद्द गर्दैन, ह्रिदयको अन्तर आत्मा |" उसको हृदयको कुनामा धेरै फोहोर जम्मा भएर बसेको छ : "मैले कसरी ठग्ने, मैले कसरी कालो बजारी गर्ने, कसरी इन्द्रिय तृप्ति गर्ने, कसरी वेश्यावृत्ति गर्ने र नशा सेवन गर्ने |" यी कुराहरुको ध्यान छ | त्यसैले मात्रै मन्दिर गएर, चर्च गएर केहि तपस्या गरेर, त्यसले केहि फाइदा गर्ने वाला छैन | हामीले यो संकिर्तनम्लाई गम्भिरताका साथ लिनुपर्छ | चेतो-दर्पण​-मार्जनं भव​-महा-दवाग्नि-निर्वापणम् (चै चअन्त्य २०|१२) पहिलो कुरा भनेको तिमीले तिम्रो हृदय सफा गर्नुपर्छ | दोश्रो कुरा भनेको भव​-महा-दवाग्नि-निर्वापणम् | यदि तिम्रो हृदय सफा भयो भने, यो भौतिक संसारमा तिम्रो स्तर कस्तो छ भनेर तिमीले आफै बुझ्नेछौ | र तिम्रो अशुद्द हृदयले बुझ्न सक्दैनौ | यदि तिम्रो हृदय शुद्द भयो भने, तिमीले बुझ्न सक्छौ कि "म यो शरीर होइन |" म आत्मा हुँ | त्यसिले मैले आफ्नो लागि साँच्चिकै के गर्दै छु ? म अध्यात्मिक आत्मा हुँ | म यो शरीर होइन | म यो शरीरमा रुमल्लिरहेछु, तर म छु, म पिडामा छु | " यो हुँदै गर्छ | यो भौतिक सभ्यता भनेको तिनीहरु शरीरको हेरचाह गरिरहेका छन्, तर आत्माको बारेमा केहि जानकारी छैन जुन शरीर भित्र छ | यो भौतिक सभ्यता हो | र हाम्रो कृष्ण भावनको यो अभियान भनेको, शरीरलाई धेरै स्याहार नगरेर पूर्ण स्याहार आत्मालाई दिने हो | यो हो कृष्ण भावना, ठ्याक्कै उल्टो | त्यसैले तिनीहरुले यो अभियान बुझ्न सक्दैनन् | यो पूर्णतया अध्यात्मिक अभियान हो | यो भौतिक अभियान होइन | त्यसैले तिनीहरु कहिलेकहिँ भन्ने गर्छन् कि "तिम्रो मान्छेहरुको स्वास्थ्य राम्रो छैन तिनीहरु यस्तो उस्तो भएका छन् | तिनीहरु मासु खाँदैनन्, त्यसैले तिनीहरुको प्राणशक्ति थोरै छ |" अनि "हामी प्राणसँग त्यति सम्बन्धित छैनौ | हामी अध्यात्मिक जीवनसँग सम्बन्धित छौँ |" त्यसैले तिनीहरु कहिलेकाँही बुझ्दैनन् | त्यसैले, मान्छेले बुझुन अथवा नबुझुन - त्यसले केहि फरक पर्दैन | तिमी किर्तन गर्दै जाउ र पक्का होऊ कि त्यहाँ भौतिक जीवन छैन भनेर |

धेरै धन्यवाद |