NE/Prabhupada 0315 - हामी यति जिद्दी छौं, हामी बारम्बार कृष्णलाई बिर्सिने प्रयास गर्दैछौं

Revision as of 06:35, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0315 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

City Hall Lecture -- Durban, October 7, 1975


महिला तथा सज्जनवृन्द, यो अभियानमा सहभागी हुनुभएकोमा तपाईंहरुलाई धेरै धन्यवाद छ | यो अभियान मैले सुरु गरेको होइन | यो धेरै वर्ष पहिले, कृष्ण आफैले सुरु गर्नु भएको थियो | पहिलो कुरो, उँहाले यो भागवत गीताको सिद्धान्त सुर्य भगवानलाई दिनुभएको थियो | र यो भागवत गीतामा उल्लेख गरिएको छ, चौथो अध्याएमा, इमं विवस्वते योगं प्रोक्तवान् अहम् व्ययम् विवस्वान् मनवे प्राहुर् मनुर् इक्ष्वाकवे ऽब्रवीत् (भा गि ४|१) एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भा गि ४।२) त्यसैले यदि हामीले मनुको आयु हिसाब गर्ने हो भने, त्यो चालिस लाख वर्ष अगाडी पुग्छ | त्यसैले कृष्णले चालिस लाख वर्ष अगाडी यो ज्ञान दिनुभएको थियो, उँहाले यो भागवाद गीतको ज्ञान सुर्य-देवता विवस्वानलाई दिनुभएको थियो, सुर्य ग्रहमा बस्नु हुने देवताको नाम विवस्वान हो , उँहाको छोराको नाम, मनु हो, वैवास्वता मनु ... उँहाको पुत्रको नाम, ईक्ष्वाकु , सुर्य-वंशको मूल व्यक्तित्व, जुन वंशमा रामचन्द्र आउनुभयो, ईक्ष्वाकु त्यसैले यो कृष्ण भावनामृतको अभियान धेरै आगाडीदेखि आएको छ, धेरै आगाडी देखि | तर कृष्णले भन्नुभयो, एवं परम्परा-प्राप्तम् इमं राजर्षयो विदुः (भा गि ४|२) "राजर्षिहरुले यो ज्ञान गुरु शिष्य परम्परा अन्तर्गत पाउने गर्दथ्ये |" त्यो भगवाद गीता बुझ्ने प्रक्रिया थियो | तर कृष्णले भन्नु भयो, स कालेनेह योगो नष्टो परन्तप​ | अहिले कृष्ण, पाँच हजार वर्ष आगाडी, जब कृष्ण अर्जुनसँग कुरुक्षेत्र​को युद्दभूमिमा कुरा गर्दै हुनुहुन्थ्यो, उनि झगडा गर्ने कि नगर्ने भन्ने कुरामा निर्णय गर्न सकिरहेका थिएनन् | र उसलाई युद्द गराउनको लागि, उँहाले भागवद गीताको ज्ञान अर्जुनलाई दिनुभयो | र उँहाले त्यहाँ भन्नुभयो " परम्परा प्रक्रिया , गुरु शिष्य परम्परा, अहिले टुटेको छ; त्यसैले म फेरी तिमीलाई यो ज्ञान सिकाइरहेको छु, जसले गर्दा मान्छेले सिक्न सक्छन् कि यो कृष्ण भावनाको सिद्धान्त के हो भनेर |" त्यसैले पाँच हजार वर्ष आगाडीको यो ज्ञान अर्जुनलाई भनिएको थियो र आज हामी यो ज्ञान पाइरहेका छौँ | दुर्भाग्यवस् त्यो फेरी विकृत भयो | किनकि हामीले परम्पराको सिद्धान्त अपनाएका छैनौँ | हामीआफ्नै तरिकाले अनुमान गर्छौँ | र त्यहि भएर यो फेरी टुट्यो | त्यसैले फेरी चैतन्य महाप्रभु पाँच सय वर्ष आगाडी, भक्तको रुपमा आएर ज्ञान दिनुभयो | चैतन्य महाप्रभु कृष्णको अवतार हुनुहुन्छ | जस्तै कृष्ण, सर्वच्चो पुरुषोत्तम भगवान हुनुहुन्छ, उँहाले आज्ञा दिने गुरुको जस्तो गरी ज्ञान दिनुहुन्छ, सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं व्रज (भा गि १८|६६)| तर अझै, मानिसहरु बुझ्दैनन् | त्यसैले येसपालि, पाँचहजार बर्ष आगाडी, चैतन्य महाप्रभु, कृष्ण स्वयं, भक्तको रुपमा आउनुभयो | श्री चैतन्य महाप्रभु कृष्ण हुनुहुन्छ | त्यो विश्वसनीय शास्त्रमा उल्लेख छ : कृष्ण​-वर्णं त्विषाकृष्णं साङ्गोपाङ्गास्त्र​-पार्षदम् यज्ञ्ऐर् सङ्कीर्तन्ऐः प्राय्ऐर् यजन्ति हि सु-मेधसः (श्री भा ११|५|३२) त्यसैले कृष्ण भावनको अभियान व्यावहारिक रुपमा श्री चैतन्य महाप्रभुको अभियान हो | र श्री चैतन्य महाप्रभु कृष्ण स्वयं हुनुहुन्छ | त्यसैले कृष्ण वद्द जीवको लागि अत्यन्त दयालु हुनुहुन्छ | उँहा ति वद्द जिवहरुलाई कृष्ण भावनको वास्तविक स्तरमा लैजान चाहनुहुन्छ, फेरी फेरी | तर हामी धेरै ज़िद्दी छौँ कि, हामी कृष्णलाई बिर्सेको बिर्स्यै गर्न चाहन्छौँ | यो हुँदै गर्छ |