NE/Prabhupada 0325 - कृष्ण भावनामृत अभियानलाई फैलाउने प्रयास गर र यो नै तिम्रो साधना हो

Revision as of 06:55, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0325 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Class in Los Angeles -- Los Angeles, November 15, 1968


त्यसैले कृष्णभावना धेरै राम्रो छ | त्यो परिक्षा हो | यी सबै केटाहरु, जो कोहि पनि आएर सोध्न सक्छ कि यिनीहरुले कस्तो महशुस गरिरहेका छन् भनेर | जबसम्म तिनीहरुले अध्यात्मिक आनन्द प्राप्त गर्दैनन्, कसरी तिनीहरुले सबै कुरा त्यागेर कृष्णभवनामा संग्लन भए, जप गरेर ? त्यसैले यो परिक्षा हो | नैऐषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम्. ंअतिस् तावद्. ंअतिस् तावद् उरुक्रमाङ्घ्रिम्. ऊरुक्रमाङ्घ्रिम् उरुक्रम, कृष्णको अर्को नाम उरुक्रम हो | उरुक्रम भनेको ... उरु भनेको धेरै गाह्रो, र क्रम भनेको पाहिला | जस्तै कृष्ण, वामन अवतारमा, उँहाले आफ्नो पाईला आकाशसम्म चल्नुभएको थियो | त्यसैले उँहाको नाम उरुक्रम हो | त्यसैले कोहिले पनि कृष्णको चरणकमलमा आफ्नो मन केन्द्रित गराउन सक्दैन महीयसां पाद​ऋअजो-ऽभिषेकं निष्किञ्चनानां न वृणीत यावत् | यसो गर्न धेरै बेर सकिँदैन , किनकि उसले भगवानको चरण कमलको धुलिको दर्शन पाएको छैन जो निष्किञ्चन​ छ | जो भौतिक विषयवस्तुबाट आकर्षित हुनुहुन्न; र जीवन मात्र कृष्णको लागि समर्पित छ | जब कोहि यस्तो व्यक्तित्वको समिपमा आइपुग्छ, उँहाको कृपाले यो कृष्णभवना आर्जन हुन्छ | अरु कुनै तरिकाबाट होइन | नैऐषां मतिस् तावद् उरुक्रमाङ्घ्रिम् (श्री भा ७|५|३२)| त्यो परिक्षा स्पृशत्य् अनर्थापगमो यद्-अर्थः महीयसां पादोऋअजो-ऽभिषेकं हुनेछ निष्किञ्चनानां न वृणीत यावत् | यो परिक्षा हो, र यो नै अधिकारिक व्यक्तित्व समिप जनाको लागि तरिका हो र उँहाबाट नै कृपा पाएर कृष्ण चेतना प्राप्त गर्न सकिन्छ | तर जब कोहिले त्यो पाउँछ, तुरुन्तै भौतिक जीवनबाट पाउने मोक्ष सुरु हुन्छ | तुरुन्तै, तुरुन्तै | र जब उसले अरु प्रगति गर्छ, उसको जीवन शान्त हुन्छ | अब एउटा कुरा ... कोहिले सोध्न सक्छ, यदि कोहिले कृष्णचेतना, भावनात्मक रुपमा स्वीकारेको छ, र उसले त्यो पूर्ण गर्न सकेन | त्यसको परिणाम के हुन्छ ? त्यो पनि श्रीमद भागवतममा उल्लेख गरिएको छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् (श्री भा १|५|१७)| स्व​-धर्मम् | स्व​-धर्मम् भनेको सबैले त्यहि बिशेष काम, कार्य, कर्तव्य पाएका छन् | सबै जना | त्यसैले यदि कसैले आफ्नो निर्धारित कर्तव्य त्याग्छ भने, त्यक्त्वा स्व​-धर्मम्... जस्तै धेरै केटा केटिहरु यहाँ आउँछन् | तिनीहरु अरुनै कुरामा व्यस्त थिए, तर एक्कासी तिनीहरुले त्यागेर कृष्णभावना अभियानमा सहभागी भए | त्यसैले तिनीहरुलाई भगवाद भन्छ, त्यक्त्वा स्व​-धर्मम्... स्व भनेको उसको आफ्नै काम, धर्म | र यहाँ धर्म भनेको रिलिजन होइन | व्यावसायिक कर्तव्य | त्यक्त्वा स्व​-धर्मम्... चरणाम्बुजं हरेर् | मानौँ कि कृष्णभावनको केहि पाठ सुनिसकेपछि, ऊ भन्छकि,"म अब कृष्णभावानाको यो अभियान सुरु गर्छु, " र उसले आफ्नो व्यावसायिक कर्तव्य त्याग्छ | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् भजन्न् अपक्वो ऽथ पतेत् ततो यदि (श्री भा १|५|१७)| भजन | अब ऊ जप गर्छ अथवा चार नियम पालना गर्छ , तर कारणबस, ऊ तल गिर्छ | ऊ तल गिर्छ | ऊ आगाडी बढ्न सक्दैन | कुनै कारणबस ऊ तल गिर्छ | त्यसैले भागवत् भन्छ, "यदि ऊ तल गिरे पनि के गल्ति छ ?" हेर त | यदि ऊ तल गिरेपनि उसको अपरिपक्क कृष्णचेतनाको प्रगतिले गर्दा ऊ कायर व्यक्ति होइन | र भागवत भन्छ, को वार्थ आप्तो ऽभजतां स्व​-धर्मतः र जो व्यवसाहिक काममा अल्झिएको छ, उसले के लाभ पाउँछ ? ऊ मात्र एक कायर व्यक्ति हो किनकि उसलाई जीवनको लक्ष्य के हो थाहा छैन | तर यहाँ, एउटा मान्छे जो कृष्णभावनामा केहि दिनमात्रै हामीसँग आउँछ भने, उसले कृष्णचेतनाको रस पाउँछ र अर्को जीवनमा उसले त्यो फेरी सुरु गर्छ | त्यसैले ऊ कायर होइन | एउटा सानो कृष्णभावनको प्रयासले गर्दा उसलाई एकदिन उत्तम कृष्णभावनामृत हुन सघाउँछ , र पक्कै पनि ऊ भागवत धाम जानेछ, आफ्नो वास्तविक घर | त्यसैले यो कृष्णभावानामृत अभियान प्रचार गर्न कोशिस गर | र यो नै तिम्रो साधना हो , तपस्या र ध्यान को कार्य | किनकि तिमीले धेरै विपक्षि तत्वसँग भेट्नुपर्छ | तिमीले तिनिहरुसँग झगडा गर्नुपर्छ | त्यो हो तपस्या | तिमीले धेरै अपमान सहिरहेछौ, धेरै परिशान, र धेरै गाह्रो परिस्थिति, व्यक्तिगत असहजता, सबैकुरो त्यागेर, पैसा - तर त्यो येत्तिकै खेर जादैन | त्यसको फल पक्का पाउँछौ | त्यो खेर जादैन | कृष्णले , मैले भन्न खोजेको, उँहाले पर्याप्त रुपमा तिमीलाई दिनुहुन्छ | तिमी यो कृष्णभावनामृतको अभियान आगाडी बढाउ |

धेरै धेरै धन्यवाद |