NE/Prabhupada 0326 - भगवान् परम-पिता, परम-मालिक एवं परम-मित्र हुनुहुन्छ

Revision as of 07:00, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0326 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


अब, आत्मा कसरी चल्दछ ? मानौँ यो जीवनपछि, मैले राम्रो जीवन पाउँला, त्यो राम्रो हो | तर यदि मैले तल्लो स्तरको जीवन पाएँ भने, हालत के हुन्छ ? मानौँ अर्को जन्म मैले कुकुर अथवा बिरालो अथवा गाईको पाएँ भने | मानौँ तिमीहरुले फेरी अमेरिकामा जन्म लियौ भने | तर यदि तिमीले तिम्रो शरीर परिवर्तन गर्यौ भने, सबै परिस्थिति परिवर्तन हुन्छ | मानव भएको नाताले तिमीलाई सबै प्रकारको सुरक्षा राज्यले दिएको छ | तर जब तिमीले अर्को शरीर पाउँछौ, कि रुख अथवा जनावरको, तिम्रो लागि व्योवहार फरक हुन्छ | जनावरलाई कसाईखानामा लगिँदै छ, रुखहरुलाई काटीदै छ | त्यहाँ कोसैको विरोध छैन | त्यसैले यो भौतिक जीवनको अवस्था हो | कहिले हामीले उच्च स्तरको जीवन पाउँछौ त कहिले हामीले तल्लो स्तरको जीवन पाउँछौ | त्यहाँ कुनै ग्यारेन्टी छैन | त्यो सबै मेरो कार्यमा भर पर्छ | त्यो व्यावहारिक हो | यो जीवनमा पनि, यदि तिमीले पढ्यौ भने, तिम्रो जीवन राम्रो हुन्छ | यदि तिमीले पढेनौ भने, तिम्रो जीवन उज्ज्वल हुने छैन | त्यसैगरी, यो मानव जीवनमा हामीले निरन्तर हुने जन्म र मृत्युको समाधान निकाल्न सक्छौँ | र त्यो नै यो मानव जीवनको एकमात्र काम हो, कसरी यो भौतिक तत्वबाट छुटकारा पाउने : जन्म, मृत्यु, जरा र व्याधि | हामीले समाधान निकाल्न सक्छौँ | र त्यो समाधान भनेको कृष्ण चेतना हो | जब हामी कृष्ण चेतना बन्छौँ... कृष्ण चेतना भनेको कृष्ण, सर्वच्व पुरुषोत्तम, उँहा मालिक हुनुहुन्छ, भगवान | हामी कृष्णको अंश हौँ | यो कृष्ण चेतना हो | बुझ्नलाई सजिलो छ | कि ... जस्तै तिमी आफ्नो पिता, आफ्नो दाजुभाई र आफुलाई चिन्छौ | तिमीहरु सबै तिम्रो पिताको छोराहरु हौ | त्यसैले यो बुझ्नलाई धेरै अफ्ट्यारो छैन | जस्तैकी पिताले सारा परिवार चलाउनुहुन्छ, त्यसैगरी, कृष्ण, जो पुरुषोत्तम भगवान हुनुहुन्छ, अथवा भगवान, उँहाको धेरै छोराहरु, जीवात्माहरु छन् र उँहा पुरै शरीर, पुरै परिवारको हेरचाह गर्नु हुन्छ | गाह्रो के छ ? अर्को कर्तव्य भनेको विकशित चेतना हो | जस्तै एउटा असल छोरा, उसले सोच्छ कि पिताले मेरो लागि धेरै गर्नु भएको छ | मैले त्यो फिर्ता तिर्नुपर्छ, अथवा यतिसम्म सोच्छ कि मेरो लागि पिताले जे गर्नुभएको छ त्यसको लागि आभारी छु भनेर | यति सम्मको सोचाई नै कृष्णभावनामृत हो | त्यसैले कृष्ण चेतनामय हुनको लागि, हामीलाई तिनचिजको आवश्यकता पर्छ : भोक्तारं यज्ञ​-तपसां सर्व​ऌओक​-महेश्वरम् सुहृदं सर्व​-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति (भा गि ५|२९)| हामी सबैजना खुसि र आनन्द हुन चाहन्छौँ | त्यो नै यो अस्तित्वको संघर्ष हो | तर यदि हामीले बुझयौँ कि यी तिन सिद्धान्त, भगवान् सर्वच्व हुनुहुन्छ, भगवान् सर्वच्व मालिक हुनुहुन्छ, र भगवान सर्वच्व मित्र हुनुहुन्छ, यति तिन चिज यदि तिमीले बुझ्यौ भने, तिमी तुरुन्तै शान्त हुनेछौ | तुरुन्तै | तिमी मदतको लागि धेरै साथिहरु खोज्दै छौ, धेरै | तर यदि तिमीले मात्र कृष्णलाई मेरो साथि भनेर स्वीकार गर्यौ भने, परम साथी, तिम्रो साथीको नाता समाधान हुन्छ | त्यसैगरी, यदि हामीले भगवानलाई परम मालिक भनेर स्वीकार गर्यौं भने, हाम्रो अरु समस्या पनि समाधान हुन्छ | किनकि हामी अन्जानमा यो सम्पतिहरु हाम्रो भनेर भन्दै छौँ जुन भगवानको हो | झुठो कुरा दाबि गरेर "यो जमिन, यो अमेरिकाको जमिन, अमेरिकाको हो; भनेर यो अफ्रिकाको जमिन अफ्रिकनको हो |" होइन | सबै जमिन भगवानको हो | हामी भगवानको धेरै छोराहरु हौँ छुट्टाछुट्टै कपडामा | हामीलाई अरुको अधिकार हनन नगरिकन पिताको, भगवानको सम्पति प्रयोग गर्ने अधिकार छ | जस्तै हाम्रो परिवारमा, हामी धेरै दाजुभाईहरुसंग बस्छौँ | त्यसैले माता पिताले जे दिनुहुन्छ हामी त्यहि खान्छौँ | हामी अर्काको थाल अतिक्रमण गर्दैनौँ | त्यो सभ्य परिवार होइन | त्यसैगरी, यदि हामी भगवान भावना, कृष्ण भावना, भयौँ भने, संसारको सबै समस्या - नागरिक सास्त्र, धर्म, आर्थिक विकाश, राजनीति - सबैकुरा समाधान हुनेछ | त्यो वास्तविक हो | त्यसैले हामीले यो कृष्णचेतनाको अभियान प्रचार गरेका हौँ, मनाव सामाजको लागि पूर्ण लाभ प्रदान गराउनको लागि | हामी बुद्धिमान व्यक्ति बिशेष गरेर विद्यार्थी समाजलाई, यो अभियानमा सहभागी हुन अनुरोध गर्दछौँ, वैज्ञानिक रुपमा यो अभियान बुझ्नको लागि अनुओध गर्दछौँ | हामीसँग धेरै पुस्तक छन्, थोरैमा दुई दर्जन, ठुलो, ठुलो, आकारमा | त्यसैले तिमीले त्यो पढ्न सक्छौ, र तिमीले यो बुझेर हामीसँग सहभागी हुनसक्छौ |

धेरै धन्यवाद | हरे कृष्ण |(वाहवाही)