NE/Prabhupada 0331 - वास्तविक खुसी भनेको घर फर्कनु, भगवद्-धाम फर्कनु

Revision as of 07:11, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0331 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 6.2.16 -- Vrndavana, September 19, 1975


समग्रमा, निस्कर्ष के हो भने जो यो भौतिक संसारमा छ, ऊ पापी मान्छे हो | जो पनि | नत्र उसले यो शरीर पाउँदैन थियो | जस्तै जो मानिस यो जेलमा छ, तिमीले भन्न सक्छौ कि ऊ पापी व्यक्ति हो, अपराधी हो | तिमीलाई एकपछि अर्को भनेर पढ्नु पर्दैन | किनकि ऊ कारागारमा छ त्यसैले तिमीले भन्न सक्छौ कि "यहाँ अपराधी छ |" त्यसैगरी, जो मानिस यो भौतिक संसारमा छ, ऊ अपराधी हो | तर जेलको मालिक होइन | तिमीले यो पनि भन्न सक्दैनौ कि यो जेलमा सबैजना अपराधी छन् त्यसैले जेलको मालिक पनि अपाराधि हो भनेर | त्यसो हो भने तिमि गलत छौ | जो व्यक्ति यी पापी मानिसलाई भगवत धाम फिर्ता लानको लागि आउँछ, ऊ अपराधी होइन | उँहाको काम भनेको कसरी यो मुर्खालाई यो जेलबाट बाहिर निकाल्ने हुन्छ | र उसलाई भगवत धाम लाने | त्यसैले महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसां | गृहिणां | गृ भनेको जो व्यक्ति यो शरीर अथवा यो भौतिक संसारमा छ | यो जटिल बिषय हो | त्यसैले तिनीहरु धेरै दुखि आत्मा हुन् | तिनीहरु यो शरीरको महत्व बुझ्दैनन् | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१)| त्यसैले तिनीहरुलाई ज्ञान नदिएर, यदि महात अथवा माहात्मा, तिनीहरुलाई अँध्यारोमा राखिन्छ, त्यो ठुलो अपकार हो | तिनीहरुलाई ज्ञान दिईनुपर्छ | तिनीहरुको काम भनेको यो प्रचार गर्ने हो कि "आफुलाई यो भौतिक संसारमा वद्द नगराईराख्ने | अध्यात्मिक संसारमा आऊ |" यो महात्माको कार्य हो | महद्-विचलनं नृणां गृहिणां दीन​-चेतसाम् | तिनीहरुसँग थोरै ज्ञान छ, मुढा | तिनीहरुलाई मुढा भनेर सम्बोधन गरिएको छ, दुष्कृतिन​ | लापर्वाहिको कारणले गर्दा उनीहरु सधैँ पापकार्यमा संग्लग्न हुन्छन् | र तिमीले भन्यौ कि, "होइन, कसरि भन्नसक्नु हुन्छ तपाई कि तिनीहरु तमोगुणमा छन् भनेर ? त्यहाँ धेरै विश्वविध्यालय छन् | तिनीहरु यम.ए.सी, डी.ए.सी, डाक्टर, पी.यच.डी, र अझै तिनीहरु तमोगुणमा छन् ?" "हो |" "कसरी ?" मायायापहृत​-ज्ञान : "तथाकथित ज्ञान मायाले लागिदिन्छ |" नत्र किन तिनीहरु यो भौतिक संसारमा यस्तो लिप्त हुन्छन् ? यदि तिमी प्रबुद्ध भयौ भने, तिमीलाई थाहा हुनपर्ने हो, कि यो भौतिक संसार हामी बस्नको लागि होइन भनेर | हामी भगवत् धाम फर्किनु पर्छ, आफ्नो घर | त्यसैले यो कृष्णभावनाको अभियान भनेको "हाम्रो यो घर होइन | यहाँ खुसि हुन नखोज | "भनेर प्रचार गर्नु हो | दुराशया ये बहिर्-अर्थ​-मानिनःबाहिर्-अर्थ​-मानिनः. बाहिर्, बहिरंगा शक्ति | तिनीहरु सोच्दै छन् कि "भौतिक रुपमा, यदि हामीले केहि व्यवस्था गर्यौं भने ... " तिनीहरु बैज्ञानिक विकाससँगै खुसि हुन चाहन्छन् , अथवा कोहि कोहि माथिल्लो ग्रह जान चाहन्छन्, र कोहिलाई यो, त्यो बन्न मन छ , तर तिनीहरुलाई थाहा छैन कि वास्तविक खुसि भनेको घर फर्किने हो भेनर, भगवत धाम फर्किने हो | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुम् (श्री भा ७|५|३१) | त्यसैले यो निकै महत्वपुर्ण अभियान हो, कि हामी तिनीहरुलाई संकेत र ज्ञान दिदैँ छौँ, कसरी घर जाने, भगवत धाम फर्किने भनेर |

धेरै धन्यवाद |