NE/Prabhupada 0335 - मानिसलाई प्रथम श्रेणीको योगी बन्नको लागि शिक्षा दिने

Revision as of 07:17, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0335 - in all Languages Category:NE-Quotes - 1972 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.24 -- Hyderabad, November 28, 1972


एउटा ब्राह्मण, ऊ कृष्णलाई प्राथना गर्छ : "मेरो प्यारो भगवान, म मेरो इन्द्रियको दास भएको छु |" यहाँ सबैजना इन्द्रियको दास भएका छन् | तिनीहरु इन्द्रिय तृप्ति गर्न चाहन्छन् | आनन्द होइन - इन्द्रिय तृप्ति गर्न खोज्छन् | मेरो जिब्रो भन्छ, "कृपया मलाई यस्तो यस्तो रेस्टुरेन्ट लग, यस्तो यस्तो कुखुराको जुस ख्वाऊ |" म तुरुन्तै जान्छु | आनन्द लिनको लागि होइन तर, मेरो जिब्रोको आदेश मान्नको लागि हो | त्यसैले आनन्दको नाममा हामी इन्द्रियको दास भएका छौँ | संस्कृतमा यसलाई गो-दास भनिन्छ | गो भनेको इन्द्रिय | त्यसैले जबसम्म तिमि गोस्वामी बन्दैनौ , तिम्रो जीवन जीवन राम्रो हुँदैन | गोस्वामी | तिमी इन्द्रियद्वारा खटिन सक्दैनौ | तिमीले इन्द्रियलाई खटाउनुपर्छ | जब तिम्रो जिब्रोले भन्छ कि ,"अब मलाई त्यो रेस्टुरेन्ट लैजाउ, मलाई चुरोट ख्वाऊ," यदि तिमीले भन्यौ कि, "चुरोट होइन, रेस्टुरेन्ट होइन; मात्रै कृष्ण-प्रसाद," यसो भयो भने तिमि गोस्वामी होउ | अनि तिमि गोस्वामी होउ | यो गुण हो, सनातन | किनकि म कृष्णको नित्य दास हुँ | त्यसैले यो सनातन धर्म हो | त्यो हामीले अजमिल-उपख्यानामा व्याख्या गरिसक्यौँ | यो अवस्था प्राप्त गर्न सकिन्छ | तपसा ब्रह्मचर्येण शमेन दमेन श्औचेन त्यागेन यमेन नियमेन (श्री भा ६|१|१३)| त्यसैले यो सबै वैदिक सिद्धान्त भनेको कसरी इन्द्रियलाई वसमा राख्ने हो | योग | योग इन्द्रिय-संयम | त्यो हो योग | योग भनेको जादु देखाउने होइन | यो पहिलो श्रेणीको जादु हो | यदि तिमि योग अभ्यास गर्दै छौ भने ... मसंग धेरै तथाकथित योगी छन् तर तिनीहरु चुरोट खान रोक्न सक्दैनन् | हेर त | चुरोट र धेरै कुराहरु गर्दै छन् | अझैपनि, तिनीहरु योगी भनेर हिड्दैँ छन् | कस्तो खालको योगी ? योगी भनेको जोसले इन्द्रियलाई वसमा राख्न सक्छ | शमेन दमेन ब्रह्मचर्येण​ | त्यहाँ .. भगवत गीतमा योगअभ्यास वर्णन गरिएको छ | र पाँच हजार बर्ष अगाडी, अर्जुन यहि योगा अभ्यास सुन्दै हुनुहुन्थ्यो, इन्द्रियलाई वसमा राख्ने ज्ञान | त्यसैले ऊ गृहस्थ थियो, र राजनीतिज्ञ पनि, किनकि उँहा राज्य परिवारको सदस्य हुनुहुन्थ्यो | उँहा राज्य प्राप्तिको लागि झगडा गरिरहनु भएको थियो | त्यसैले अर्जुनले निर्धक्क सँग भन्नु भयो, "मेरो प्यारो कृष्ण, म योगी बन्न असक्षम छु, किनकि यो गार्हो कार्य हो |" हजुर मलाई एकान्तमा बस्न निर्देशन गर्दै हुनुहुन्छ, र सीधा अवस्थामा, केवल नाकको टुप्पोमा हेरेर, धेरै कुराहरु .... तर त्यो मेरोतर्फ बाट सम्भव छैन |" उसले निर्धक्कसँग अस्विकार गरिदियो | त्यसैले कृष्ण, आफ्नो साथी र भक्तहरुलाई प्रोत्साहन गर्नुहुन्छ ... उँहा बुझ्नसक्नुहुन्थ्यो कि अर्जुनको चित्तबुझीरहेको थिएन | उहाँ स्पस्ट गर्दै हुनुहुन्छ कि त्यो उँहालाई सम्भव छैन | वास्तवमा, ऊ एक राजनीतिज्ञ हो | उसलाई योगी बन्न कसरी सम्भव छ ? तर हाम्रो राजनीतिज्ञहरु, तिनीहरु योग अभ्यास गर्न विज्ञापन गर्दै छन् | कस्तो खालको योगा हो ? के तिनीहरु अर्जुनभन्दा ठुलो भाईसके ? यो कलियुगमा ? पाँच हजार बर्ष आगाडी, त्यहाँ कस्तो अनुकूल अवस्था थियो | र अहिले, यस्तो प्रतिकुल अवस्थामा, तिमीलाई तथाकथित योगी बन्न मन छ ? त्यो सम्भव छैन | कृते यद् ध्यायतो विष्णुम् (श्री भा १२|३|५२)| योग भनेको बिष्णुको ध्यान गर्नु हो | त्यो सत्य युगमा सम्भव थियो | जस्तै वाल्मिकी | उँहा साठ्ठी बर्षसम्म तपस्या गर्नुभयो, र पूर्णता प्राप्त गर्नु भयो | त्यसैले को साठ्ठी बर्ष बाँच्न सक्छन् ? त्यसैले त्यो सम्भव छैन | त्यसैले कृष्ण, उँहालाई उत्साहित गर्नको लागि ... वास्तवमा योगको उदेश्य, जुन उँहाले अर्जुनलाई वर्णन गर्नु भयो, योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना श्रद्धावान् भजते यो मां स मे युक्ततमो मतः (Bङ् ६.४७). पहिलो श्रेणीको योगी | को हो ? योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तर्-आत्मना | जोसले सधैँ मलाई सम्झिन्छ, कृष्ण |" त्यसैले कृष्णभावना अभियान भनेको मान्छेहरुलाई पहिलो श्रेणीको योगी बनाउने हो | कृष्णको बारेमा चिन्तन गराउने | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे / हरे राम हरे राम राम राम हरे हरे | यो जाली कुरा होइन | यो वास्तविक हो | तिमी पनि योगी बन्न सक्छौ | तिमि ब्राह्मण हुन सक्छौ | ब्रह्म - भुयाया कल्पते | मां च यो ऽव्यभिचारेण भक्ति-योगेन सेवते स गुणान् समतीत्य्ऐतान् ब्रह्म​-भूयाय कल्पते (भा गी १४|२६) त्यसैले जो सत्क्ष्यातकार हुन्छ, आत्मासत्क्ष्यातकार, ब्रह्म- भूत (श्री भा ४|३०|२०) ब्रह्म​-भूतः प्रसन्नात्मा (भा गी १८|५४),उसको लागि के बाँकी रहन्छ ? त्यो जीवनको पूर्णता हो, अहं ब्रह्मास्मि | वैदिक सिद्धान्तले हामीलाई "आफुलाई यो भौतिक तत्व नसोच | तिमी ब्राह्मण हौ |" भनेर सिकाउँछ | कृष्ण पर- ब्राह्मण हुनुहुन्छ र हामी मातहतको ब्राह्मण हौ | नित्य - कृष्ण-दास | हामी दास ब्राह्मण हौँ | उहाँ मालिक ब्राह्मण हुनुहुन्छ | त्यसैले म आफुलाई दास ब्राह्मण नसम्झेर मालिक ब्राह्मण सम्झिन्छु | त्यो अर्को भ्रम हो | त्यो अर्को भ्रम हो |