NE/Prabhupada 0345 - कृष्ण सबैको हृदयमा विराजमान हुनुहुन्छ

Revision as of 07:43, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0345 - in all Languages Category:NE-Quotes - 1973 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.15.1 -- New York, November 29, 1973


हामी सबैजना कृष्णसँग जोडिएका छौँ, र कृष्ण सबैको हृदयमा निवास हुनुहुन्छ | कृष्ण धेरै दयामय हुनुहुन्छ उहाँ हामीलाई कुरिरहनु भएको छ, "कि कहिले यो धुर्तले म तिर अनुहार फर्काउला भनेर |" उहाँ मात्रै कुरिरहनु भएको छ, उहाँ धेरै दयामय हुनुहुन्छ | तर हामी जीवात्मा, हामी धुर्त हौँ, हामी हाम्रो अनुहार कृष्ण बाहेक अरु सबै चिजमा फर्काउँछौ | यो हो हाम्रो स्तर | हामी खुसि हुन चाहन्छौ, धेरै बिचारले | सबैजना आ-आफ्नै बिचार प्रस्तुत गर्दै छन्,"यो यस्तो त्यो त्यस्तो .. " तर धुर्तहरु, तिनीहरुलाई थाहा छैन, खुसि पाउनको लागि वास्तविक तरिका के हो, त्यो हो कृष्ण | त्यो तिनीहरुलाई थाहा हुँदैन | न ते विदुः स्वार्थ​-गतिं हि विष्णुं दुराशया ये बहिर्-अर्थ​-मानिनः (श्री भा ७|५|३१)| तिमी, तिमीले तिम्रो देशमा देख्न सक्छौ, तिनीहरु धेरै कुरा चाहँदै छन्, धेरै गगन चुम्बी घरहरु, धेरै मोटरकारहरु छन्, धेरै शहर, ठुलो शहर छन्, तर त्यहाँ खुशी छैन | किनकि तिनीहरुलाई थाहा छैन कि त्यहाँ के छुटेको छ भनेर | त्यो छुटेको कुरा यहाँ हामीले दिईरहेका छौँ,"तिमी कृष्ण लिउ र खुसि होऊ |"यो हाम्रो कृष्ण चेतनाको अभियान हो | कृष्ण र जीवात्मा, तिनीहरु एक आपसमा आत्मीय रुपमा जोडिएका छन् | जस्तै पिता र पुत्र, अथवा साथी साथी, अथवा मालिक र दास, त्यस्तै | हाम्रो धेरै आत्मीय सम्बन्ध छ | तर किनकि हामीले कृष्णसँगको आत्मीय सम्बन्ध बिर्सियौँ, र यो भौतिक संसारमा म खुसि हुन चाहन्छु, त्यसैले हामी यति कठोर यातना भोग्नु पर्छ | यो अवस्था हो | कृष्ण भुलिय जीव भोग वञ्छ करे | हामी जीवात्मा, हामी यो भौतिक संसारमा खुसि हुन चाहन्छौ, "तिमी यो भौतिक संसारमा किन छौ, किन अध्यात्मिक संसारमा छैनौ ?" अध्यात्मिक संसार, कोहि पनि भोक्ता हुन सक्दैन, भोक्ता | त्यो मात्रै परम, भोक्तारं यज्ञ​-तपसां सर्व​... (भा गी ५|२९)| त्यहाँ गल्ति हुँदैन | त्यहाँ पनि जीवात्मा छन् , तर तिनीहरुलाई राम्रोसँग थाहा हुन्छ कि, कृष्ण नै मालिक हुनुहुन्छ भनेर | त्यो अध्यात्मिक संसार हो | त्यसैगरी, यो भौतिक संसारमा पनि, यदि हामीलाई राम्रो सँग थाहा छैन कि हामी भोगी होइन भनेर, कृष्णनै भोग्नेवाला हुनुहुन्छ भनेर, त्यो अध्यात्मिक संसार हो | यो कृष्ण चेतनाको अभियानले सबैलाई सान्त्वना दिन खोज्दै छ, कि हामी भोक्ता होइनौ भनेर, भोक्ता कृष्ण हुनुहुन्छ | जस्तै, यो पुरै शरीर, भोक्ता पेट हो, र हात, खुट्टा, आँखा, कान, दिमाख र सबै, यिनीहरुलाई मिठो खानेकुरा खोजेर पेटमा पुर्याउने काममा लगाउनु पर्छ | यो प्राकृतिक हो | त्यसैगरी, हामी भगवानको अंश हौँ, अथवा कृष्णको, हामी भोक्ता होइनौ |