NE/Prabhupada 0347 - सर्वप्रथम कृष्ण विराजमान हुनुभएको स्थानमा जन्म लिऊ

Revision as of 07:51, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0347 - in all Languages Category:NE-Quotes - 1975 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 2.14 -- Mexico, February 14, 1975


हृदयानन्द​ : यदि आफुलाई शुद्द पारेर हामीले यो बुझ्न सक्छौँ कि हाम्रो सम्बन्ध भगवानसँग छ भनेर ?

प्रभुपाद : हो, त्यो शुद्दताको केन्द्र हो |

हृदयानन्द :(स्पेनिशहरु )

हनुमान : प्रभुपाद, मलाई जान्न मन छ कि के त्यहाँ अध्यात्मिक संसारमा जन्म हुँदैन ? हामी कसरी अध्यात्मिक संसारमा फिर्ता जान्छौँ ?

प्रभुपाद : हँ ? जन्म भनेको, पहिले तिमी त्यो ठाउँमा जन्म लिउ जुन ठाउँमा कृष्णले जन्म लिनुभएको छ | कृष्ण एक ब्रह्माण्डमा उपस्थित हुनुहुन्छ | त्यहाँ अनगिन्ति ब्रह्माण्ड छन् | त्यसैले तिमी तिम्रो अर्को जन्म अर्कै ब्रह्माण्डमा लिउ, अथवा कृष्ण अहिले जहाँ हुनुहुन्छ | अनि तिमी तालिमप्राप्त हुन्छौ | र जब तिमी तालिम प्राप्त हुनेछौ, तिमी वैकुण्ठ जानेछौ | जन्म हुँदैन, त्यो के हो ?

हृदयानन्द : धेरै प्रश्न र धेरै उत्तर ?

प्रभुपाद : यदि तिमीलाई लाग्छ, म जान सक्छु |

हृदयानन्द : यदि भगवान प्राप्त गर्ने अर्को मार्ग छ भने | यदि त्यहाँ अर्को मार्ग छ भने |

प्रभुपाद : होइन |(हाँस्दै) किनकि त्यो भागवद-गीता, भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम् (भा गी १८|५५) यो पत्ता लगाउ, भक्त्या माम् अभिजानाति |

हृदयानन्द ​: भक्त्या माम् अभिजानाति यावान् यश् चास्मि तत्त्वतः ततो मां तत्त्वतो ज्ञात्वा विशते तद्-अनन्तरम्

प्रभुपाद : भक्त नभईकन कोहीपनि भगवानको धाममा जान सक्दैन | र त्यहाँ भक्त बन्नको लागि केहि गाह्रो छैन ... भक्त बन्नाको लागी चार नियम छन् | एउटा कुरा चाहिँ सधैँ कृष्णलाई सम्झिने | मन्-मना भव मद्-भक्त | यो भक्त हो | मात्रै कृष्णलाई सम्झेर | त्यो हो हरे कृष्ण | जब तिमीले हरे कृष्ण जप गर्छौ, तिमीले कृष्ण सम्झीन्छौ | र मन-मना भव, मद् -याजी :भएपछि "तिमी मलाई पुजा गर," मां नमस्कुरु, "र हामिले प्रणाम गर्नुपर्छ |" यो धेरै सजिलो कुरा हो | यदि तिमी कृष्ण सम्झिन्छौ र केहि प्रणाम गरेर उहाँको पुजा गर्छौ भने, यी कुराले तिमीलाई भक्त बनाउँछ र भगवत धाम जान सघाउँछ | हामी यो कुरा सिकाउँदै छौँ : हरे कृष्ण जप गर, भगवानलाई प्रणाम गर, पुजा गर | सबै कार्य सिद्ध्याउ |

हृदयानन्द :(स्पेनिस) त्यसैले किन तिनीहरुलाई ज्ञानको मार्गमा जानुपर्छ ? यसलाई धेरै ज्ञान र धेरै व्याकरण चाहिन्छ, धेरै गाह्रो, धेरै कुराहरु | तिमी यी सबै कुरा छोड | यी तिन चिज छोड र भक्त बन | तिमी किन यो सजिलो विधि अपनाएर भगवत धाम जादैनौ ?

धेरै धन्यवाद |