NE/Prabhupada 0359 - मानिसले परम्परा प्रणालीद्वारा यो विज्ञान सिक्नुपर्छ

Revision as of 08:32, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0359 - in all Languages Category:NE-Quotes - 1974 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 4.2 -- Bombay, March 22, 1974


वैदिक ज्ञान अघाडी बढाउनु भनेको कृष्णलाई बुझ्नु हो | तर यदि तिमीले कृष्णलाई बुझ्दैनौ भने र तिमीले नचाहिने कुरा गर्दै बस्यौ भने, र आफुलाई पण्डित बनेर धाग दियौ भने, त्यो श्रम एव हि केवलम् हो | त्यो लेखिएको छ | श्रम एव हि | केवल आफ्नो समय नाश गर्नु र व्यर्थ कस्ठ गर्नु | वासुदेवे भगवति.......धर्म: स्वनुष्ठित: पुंसां विष्वक्सेन​-कथासु य​: नोत्पादयेद यदि रतिं श्रम एव हि केवलम ( श्री भ १|२|८) अब, धर्म, सबैले आफ्नो मौलिक कर्तव्य धेरै राम्ररी गर्दै छन् | ब्राह्मण​, क्षत्रिय​, व्ऐश्य​, शूद्र​ | मैले धेरै व्यवस्थित समाजको कुरा गर्दै छु, अहिलेको जनावरको समाजको हैन | व्यवस्थित समाजमा पनि , एक ब्राह्मणले आफ्नो कर्तव्य ब्राह्मण जसरी निभाउदै छ | सत्यं शमो दमस तितिक्षा आर्जवम्, ज्ञानं विज्ञानम आस्तिक्यं ब्रह्म​-कर्म स्वभाव​-जम ( भ गी १८|४२) | अझै....धर्म: स्वनुष्ठित​:, उसले आफ्नो ब्राह्मणको दायित्व धेरै राम्ररी पालना गर्दै छ , तर त्यस्तो कर्तव्य पालन गरेर, यदि उसले कृष्ण चेतना विकसित गर्दैन भने, श्रम एव हि केवलम् | यो निर्णय हो | तब उसले आफ्नो समय नाश गरेको छ | किनकि ब्राह्मण हुन, पूर्ण ब्राह्मण भनेको ब्रह्मलाई बुझ्नु हो | अथातो ब्रह्म जिज्ञासा | र पर - ब्रह्म, सर्वोच्च ब्रह्म कृष्ण हुनुहुन्छ | त यदि उसले कृष्णलाई बुझ्दैन भने, उसले आफ्नो ब्राह्मणको कर्तब्य पालन गरेको के फाइदा भयो त ? यो शास्त्रको निर्णय हो | स्रम एव हि केवलम्, केवल समय नाश गरेको छ | त्यसैले उसले परम्परा प्रणालीबाट यो विज्ञान सिक्नुपर्छ | एवं परम्परा-प्राप्तम् ( भ गी ४|२) | तिमी कृष्णलाई बुझ्ने एक सहि मानिसकोमा जानुपर्छ | एवं परम्परा..... जसरी सुर्य, विवस्वान्, उसले कृष्णबाट निर्देशन पाएको थियो | यदि तिमीले विवस्वान्बाट निर्देशन पायौ भने, तिमीले पूर्ण ज्ञान पाउछौ | तर तिमि सुर्यमा गएर विवस्वानलाई सोध्न सक्दैनौ, " कृष्णले तिमीसँग के बोल्नुभयो ?" त्यसैले विवस्वानले आफ्नो ज्ञान आफ्नो छोरा मनुलाई दिए | यो युग भनेको विवस्वाता मनु हो | कहिले, विवस्वन, किनकि ऊ विवास्वनको छोरा हो, त्यसैले यो मनुलाई वैवस्वत मनु भनिन्छ | वैवस्वत मनु | अहिलेको युग वैवस्वत मनुको चल्दै छ | मनुर इक्ष्वाकवे ऽब्रवीत् | त मनुले आफ्नो छोरासँग पनि बोले | यो तरिकामा, एवं परम्परा-प्राप्तम् ( भ गी ४|२), उहाँले केहि उदाहरणहरु दिएका छन्, तर ज्ञान भनेको परम्पराबाट लिनुपर्छ | तर यो तरिका वा अरु, त्यो परम्परा हराउदै छ....... जसरी मैले आफ्नो शिस्यसँग केहि बोलेको छु | उसले त्यहि कुरा आफ्नो शिष्यलाई भन्छ | उसले एकै कुरा आफ्नो शिस्यलाई भन्छ | तर कुनै तरिकाले , यदि यो कुरा केहि विन्दुमा विकृत भयो भने, त्यो ज्ञान हराउने छ | जब यो परम्परामा कुनै भक्तले यो ज्ञान विकृत गर्यो भने, यो हराउने छ | यो व्याख्या गरिएको छ | स कालेन महता | समय धेरै शक्तिशाली छ | यो परिवर्तन हुन्छ | त्यो.....समय भनेको त्यो परिवर्तन हुन्छ, आफ्नो वास्तविक स्तानलाई मर्छ | तिमीसँग अनुभव छ | तिमी एउटा कुरा किन | त्यो धेरै ताजा हुन्छ, नयाँ | तर समयले त्यसलाई मर्नेछ | त्यो नराम्रो हुन्छ | त्यो एक समयमा काम नलाग्ने हुन्छ, एउटा समयमा | त समयले झगडा गर्दौ छ | यो भौतिक समय, यसलाई काल भनिन्छ | काल भनेको मृत्यु हो | वा काल भनेको कालो सर्प | त्यसैले कालो सर्पले नाश गर्छ | यथाशीघ्र यसले केहि छुन्छ भने, त्यो नाश हुन्छ | त्यसरीनै, काल....यो काल कृष्णको अर्को रुप हो | त्यसैले कालेन महता | त्यसैले यसलाई महता भनिन्छ | यो धेरै शक्तिशाली छ | यो सामान्य कुरा हैन | महता | यसको कार्य भनेको नाश गर्नुहो | स कालेन इह नष्ट​ | त कुनै समयमा...किनकि कसरी काल सकिन सक्छ ? जब कालले तिमीले केहि विकृत कार्य गरेको देख्छ, त्यसपछि त्यो हराउछ | त्यसैले भगवाद गीता कालको प्रवाहमा हुने मानिसहरु बाट नसुन | भगवाद गीता यी दुस्ट दार्शनिक, भाष्यकारहरुबाट बुझ्ने कोसिस नगर..... उनीहरुले भगवाद गीता आफ्नै व्रिकृत तरिकामा लेख्छन् | कसैले भन्छन्, " त्यहाँ कुनै कृष्ण हुनुहुदैन थियो | त्यहाँ कुनै महाभारत भएको थिएन |" कसैले भन्छ, " कृष्णले यो कुरामा जोड दिनुभएको थियो ," "कृष्णले यो कुरामा जोड दिनुभएको थियो |" कसैले भन्छ, " कृष्णले कर्ममा जोड दिनुभएको थियो, कर्म - काण्ड |" कसैले ज्ञानमा र कसैले योगमा | भगवाद गीताको धेरै सम्पादनहरु छन् | योगी चार्थ​, ज्ञान अर्थ​, गीतार गान अर्थ​...... त वास्तविक गीतार गान भगवानले बोल्नुभएको छ, हामीले त्यो स्वीकार गर्नुपर्छ | त्यो गीतार गान हो |