NE/Prabhupada 0361 - उनीहरु मेरा गुरु हुन् । म उनीहरुको गुरु होइन

Revision as of 08:37, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0361 - in all Languages Category:NE-Quotes - 1971 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on BG 7.3 -- Bombay, March 29, 1971


यदि हामीले यो भक्तिमय सेवामा लाग्यौ भने, तब यो जप, यो कृष्णको नामको ध्वनि धेरै सजिलो प्रक्रिया हो , यदि हामीले यो स्वीकार गर्यौ भने.......... जसरि हामीले यी युवाहरुले यो जप गर्ने प्रक्रिया गरेका छौ, र उनीहरुले धेरै विनम्रतापूर्वक यसलाई स्वीकार गरे | र यदि उनीहरुले यो दैनिक रुपमा गरे भने, उनीहरुले कृष्ण के हो बुझ्न सक्छन् | जसरि तिमीले देख्न सक्छौ यी परमानंदमा नाचिरहेका छन्, तिमीले बुझ्न सक्छौ उनीहरुले कति कृष्णलाई बुझेका छन् | एउटा सजिलो प्रक्रिया | र कोहि नि जाँच र बन्चित हुदैनन् | " तिमि हिन्दु हैनौ | तिमीले हरे कृष्ण जप गर्न सक्दैनौ |" हैन | येइ कृष्ण​-तत्त्व​-वेत्ता सेइ गुरु हय​ ( चै च मध्य ८|१२८) | हिन्दु वा मुस्लिम वा इसाई हुनुबाट यसले फरक पर्दैन | एकले कृष्ण, भगवाद गीताको विज्ञान बुझ्नुपर्छ, तब ऊ अध्यात्मिक गुरु हुन्छ | यी युवाहरु, यी केटा र केटीहरु जो भक्खर विवाहित भएका छन्, मैले ऑस्ट्रैलिया पठाउदै छु | त्यो केटा अस्ट्रेलियाबाट आएको हो र केटि स्वीडेनबाट | अब उनीहरु एक भएका छन् | अब उनीहरुले सिड्नीमा हाम्रो संस्था स्थापना गर्छन् | अहिले नै मैले उनीहरुलाई दुई तिन दिनमा पठाउदै छु | उनीहरुले मन्दिरको हेरचाह गर्छन् र प्रचारनि गर्छन् | यो कृष्ण चेतना आन्दोलन उनीहरुको मद्धतबाट अघाडी बढ्दै छ | मा एक्लो छु, तर उनीहरुले मलाई मद्धत गर्दै छन् | यिनीहरु मेरा गुरु हुन् | म उनीहरुको गुरु हैन | (ताली ) किनकि उनीहरुले मलाई मेरो गुरु महाराजको आदेश पालना गर्न मद्धत गर्दै छन् | त यो धेरै राम्रो मेल हो कि कोहि अस्ट्रेलिया जादै छ, कोहि फिजी जादै छन् , कोहि होंगकोंग जादै छन्, कोहि चेकोस्लोभाकिया जादै छन् |