NE/Prabhupada 0365 - इस्कोनलाई मल समाज नबनाऊ-यसलाई मह समाज बनाऊ

Revision as of 08:46, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0365 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Le...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Lecture on SB 1.5.9-11 -- New Vrindaban, June 6, 1969


यहाँ नारद मुनिले भन्नु हुन्छ " तिमीले वर्णन गर्नु भएको छ....." धर्मादयश च अर्थ​ | " धेरै ग्रन्थमा तिमीले पुरै वेदहरुलाई बुझ्ने भाषा पुरणहरुमा विभाजित गरिएको छ |" पुरण भनेको वेदको पुरक हो , वैदिक ज्ञान एउटा गुणका साथ ब्यक्या गरिएको छ | हरेक मनुष्य भौतिक प्रकृतिको केहि गुणबाट प्रभावित हुन्छन् | कोहि अन्धकारमा छन्, वा अज्ञानता मा छन् | कोहि जोशमा छन् | र कोहि जोश र अज्ञानता मिसिएका हुन्छन् | र कोहि प्रकाशमा छन्, वा शुद्धता छन् | सबै एकै स्थरमा छैनन् | त्यहाँ धेरै वर्गका मानिसहरु हुन्छन् | जसरि हाम्रो हयग्रीव​को पुस्तकालयमा तिमीले धेरै दार्शनिक पुस्तकहरु पाईन्छ | तर यदि तिमीले कोहि सामान्य मानिसको मा गयौ भने केहि बेकारको साहित्य, उपन्यास र यौन मनोविज्ञानहरु पाउछौ, स्वादको अनुसार , स्वादको अनुसार, विभिन्न स्वाद | किनकि त्यहाँ धेरै स्थरका मानिसहरु छन् | यसलाई अर्को श्लोकमा भनिएको छ | उहाँ भन्नुहुन्छ, नारद मुनि, न यद वचश चित्र​-पदं हरेर यशो जगत्-पवित्रं प्रगृणीत कर्हिचित् तद वायसं तीर्थम उशन्ति मानसा न यत्र हंसा निरमन्त्य उशिक्-क्षयाः ( श्री भ १|५|१०) उसले व्यसदेवले लेखेका पुस्तकहरु वेदान्त दर्शन गरेर उहाँ भन्नुहुन्छ त्यो वायसं तीर्थम् | वायसं तीर्थम् | वायसं भनेको काग | र काग, उनीहरुको आनन्दको स्थान भनेको | के तिमीले काग देखेको छौ ? भारतमा धेरै कागहरु छन् | तिम्रो देशमा धेरै कागहरु छैनन्..... तर भारतमा कागहरुले आनन्द धेरै नीच कार्यबाट आनन्द लिन्छन् | काग | तिमीले देख्छौ उनीहरुले नीच ठाउँमा आनन्द लिन्छन्, फोहोर | उनीहरुले फोहोरबाट टिप्छन्, कफ कहाँ छ त्यहाँ खोज्छन्, पिप कहाँ छ त्यहाँ खोज्छन् | कहाँ......चाहे.......जस्तै झिंगा | उनीहरु विष्ठामा बस्छन् | माक्षिकं भ्रमरा इच्छन्ति | र मौरी, उनीहरुले मह लिने कोसिस गर्छन् | जनावरमा पनि तिमीले पाउछौ | मह........मौरी कहिले पनि विष्ठामा आउदैनन | र साधारण झिंगा, उनीहरु कहिले पनि मह संकलन गर्न जादैनन् | त्यसरी नै, त्यहाँ चरा, जनावर, मनुष्यमा विभाजन हुन्छ | त्यसैले तिमीले कोहि साधारण मानिस कृष्ण चेतनामा आउन आशा गरिदैन | तिमि हेर ? उनीहरु झिंगा हुन तालिम पाएका छन्, उनीहरु विष्ठा नै खान्छन् | तिमि हेर ? अहिलेको आधुनिक शिक्षा भनेको मानिसलाई झिंगा हुन सिकाईरहेको छ, विष्ठाको लागि | यो कृष्ण चेतनामा हैन | मौरीको घार बनाऊ | जो मह पछाडी छन्, महको माग गर्दै छन्, उनीहरुले पाउँछन्, " यहाँ केहि छ |" तिमि हेर ? यसलाई विष्ठाको समाज नबनाऊ | तिमि सुन ? यसलाई महको समाज बनाऊ | कम से कम, जसले मह खोज्दै छन् उनीहरुलाई मौका देऊ | मानिसहरुलाई धोका नदेऊ | उनीहरु आउँछन् | यहाँ नारद मुनिले भन्नुभएको छ " तिमीले धेरै किताबहरु संकलित गरेका छौ, त्यो ठिक छ | योजना के हो ? योजना धर्मादय​: हो | तिमीले धार्मिक सिद्धान्तको शिक्षा दिदै छौ |" त्यहाँ बिसओटा, विंशति, धर्म​-शास्त्रा:| यो मनु - संहिता, पराशर​ मुनिको नियम हो, र सामाजिक प्रचलन हो, कि | त्यहाँ धेरै छन् | यिनीहरु वास्तवमा धेरै ऋषिहरुले गरेका हुन्, तर व्यासदेवले यसलाई बनाउनु भयो, यसलाई लेख्नु भयो, राम्रो प्रयोगको लागि | मानिसले यसलाई बुझ्नसक्छ | त्यसैले उहाँले यी किताबहरु मानिस समाजको लागि प्रयोग गर्न लेख्नुभएको छ | कसरि धार्मिक हुनु, कसरि आर्थिक स्थरलाई विकसित गर्नु, कसरि मुक्ति भनेको के हो बुझ्नु, कसरि सन्तुष्ट हुनु, प्रतिबंधपूर्वक, इन्द्रिय तृप्ति | जसरि व्यासदेवको किताबमा छन्, तिमीले यी धेरै प्रकारका किताबहरु...... जस्तै जसले मासु खादैछन् | त्यो पनि व्यासदेवले बाटो दिनुभएको छ, तामसिक​-पुराण​मा भनिएको छ, पुराण भनेको जो अज्ञानतामा छन् उनीहरुका लागि हो | त्यसैले उसले कसैलाई पनि अस्वीकार गर्दैन | उहाँले यी पुस्तकहरु यस्तो तरिकाले बनाउनु भएको छ कि जसले यो पुस्तक पदछन्..... जसरी विध्यालयमा धेरै कक्षाहरु हुन्छन् र विभिन्न पुस्तक विभिन्न कक्षाका लागि सिफारिश गरिएको हुन्छ | त्यसरी नै, व्यासदेवले पुरै वैदिक साहित्यहरु पुराणको रुपमा दिनुभएको छ जसले गर्दा मानिस उच्च स्तरमा उठ्न सकोस्, यो पुस्ताकहरु पढेर | एउटा उदाहरणका लागि जो नशा गर्न लीन हुन्छ, मासु खान, र यौन जीवनमा संलग्न छ - किनकि यो प्राकृतिक प्रवृत्ति हुन् | लोके व्यवायामिष​-मद्य​-सेवा नित्या हि जन्तोर न हि तत्र चोदना ( श्री भ ११|५|११) कसैलाई सिकाउनु पर्दैन | कसैलाई सिकाउनु पर्दैन संभोग कसरि गर्ने | कसैलाई नशा कसरि गर्ने भन्ने सिकाउनु पर्दैन | के तिमीले नशा, नशा गर्ने मानिस देखेका छैनौ, उनीहरु स्वतः हुन्छन् ? त्यहाँ हुने विश्वविध्यालय छैन | त्यहाँ कुनै शिक्षाको प्रणाली छैन " तिमि यो बन.....एलएसडी यसरि लिऊ |" हैन | त्यो प्राकृतिक प्रवृत्ति हो | नशा गर्न, रक्सी खान, एलएसडी, गाँजा, पान, अह, धेरै सजिलै सिक्न सक्छौ | यौन जीवन प्रयोग गर्न.....लोके व्यवाय​.... यिनीहरु प्राकृतिक प्रवृत्ति हुन् | त्यहाँ हुन सक्छन्......स्वतः त्यो गरिन्छ | त्यहाँ कुनै प्रश्न आउदैन.... पुस्तकको काम के छ ? पुस्तक सीमित गर्नहुन्छ | त्यो उनीहरुलाई थाहा छैन | जब व्यासदेवले सिफारिश गर्नुभयो तिमीले यौन जीवन विवाह पछि मात्रै गर्नहुन्छ, त्यो भनेको प्रतिबंध हो | त्यो भनेको प्रतिबंध हो | तिमीले यहाँ त्यहाँ यौन जीवन गर्नुहुदैन | तिमीसँग एउटा श्रीमती वा पति हुन्छ, त्यो पनि प्रतिबंध गरिएको छ : केवल बच्चा जन्माउन मात्रै तिमि यौन गर | धेरै कुराहरु छन् | पुरै विचार प्रतिबंध गराउन हो | यो हैन कि " मसँग श्रीमती छ, यो यौन जीवनको यन्त्र हो |" हुदैन | विवाह भनेको ,त्यो भनेको विवाह भनेको त्यस्तो होइन | त्यो प्रतिबंध गरिएको छ | पुरै वैदिक सभ्यता भनेको मानिसलाई दिव्य मंचमा ल्याउनु हो, सबै नराम्रा आदतलाई सुन्य बनाउने | तर अचानक होइन | क्रमशः गुणको अनुसार |` त्यसरी नै जसलाई मासु खाने लत लागेको छ : " ठिक छ |" वैदिक साहित्य भन्छ ," ठिक छ | तिमि मासु खाऊ | तर काली माताको अघाडी त्याग गर, र तिमीले खान सक्छौ |" त मानिस जसले मासु खादै छ, उसले विद्रोह गर्दैन |