NE/Prabhupada 0373 - भजहू रे मन तात्पर्य

Revision as of 09:07, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0373 - in all Languages Category:NE-Quotes - Unknown Date Category:NE-Quo...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Purport to Bhajahu Re Mana -- The Cooperation of Our Mind


भजहू रे मन श्री-नन्द​-नन्दन​-अभय चरणारविन्द रे | यो भजन गोविन्द दासले गाउँनु भएको हो, गोविन्द दास कविले | उहाँले आफ्नो मनलाई सम्बोधित गर्नुभएको छ, हामीहरु हाम्रो मनसँग सहकारिता गरेर काम गर्नुपर्छ | यदि हाम्रो मन व्याकुल छ भने, मनले हामीलाई अरुकेही खोज्न लगाउदै छ, तब एक प्रकारको कार्यमा ध्यान दिन धेरै गारो हुन्छ | त्यो व्यहवारिक छ | त्यसैले योग भनेको मनलाई वशमा ल्याउनु हो | यो मनलाई वशमा ल्याउने यान्त्रिक विधि हो | किनकि मनलाई नियन्त्रणमा नराखी, मन वशमा नभई कसैले पनि अध्यात्मिक प्रगति गर्न सक्दैन | तर हाम्रो वैष्णव प्रणाली भनेको मनलाई सिधै भक्तिमय सेवामा लगाउनु हो, जसले गर्दा यसको विस्तार भक्तिमय सेवा भन्दा बाहिर जान्दैन | यो हाम्रो प्रणाली हो | र यो व्यवहारिक छ | यदि हामीले कृष्णको चरण कमलमा आफ्नो मनलाई ध्यान केन्द्रित गर्यौ भने, अर्चनम - श्रवणं कीर्तनं विष्णो:, स्मरणं पाद​-सेवनम् ( श्री भ ७|५|२३) | पाद​-सेवनम्, तब स्वतः मन नियन्त्रणमा आउँछ | योगीहरुले कृतिम रुपमा आफ्नो मनलाई नियन्त्रणमा राख्ने कोसिस गर्दै छन्, तर उनीहरुले सकिरहेका छैनन् | त्यहाँ धेरै ठुला ठुला योगीहरु असफल भएका छन् | र जेपनि कृतिम रुपमा गरिएको छ त्यो कहिले पनि राम्ररी पूर्ण हुदैन | त्यसैले आफ्नो मनलाई नियन्त्रण गर्नु भनेको तिमीले आफ्नो मनलाई राम्रो कार्यमा लगाउनुपर्छ, त्यसपछि मन कहिले पनि तल्लो स्तरमा आकर्षित हुदैन | यो सफलताको रहस्यको विज्ञान हो | त्यसैले गोविन्द दासले आफ्नो मन कृष्णको चरण कमलम लगाउनुपर्छ, जसलाई अभय​-चरण​ भनिन्छ | अभय​ भनेको " जहाँ डर हुदैन |" जसरि हामीले हाम्रो पैसा कुनै विश्वसनीय बैंकमा जम्मा गर्छौ, किनकि हामी सोच्छौ त्यहाँ घाटाको डर हुदैन | त्यसलाई अभय भनिन्छ, " कुनै डर बिना," र चरण भनेको " चरण कमल|" त्यसैले गोविन्द दसले आफ्नो मनलाई उपदेश दिदैहुनुहुन्छ, " मेरो प्यारो मन," हु रे मनलाई भन्दै हुनुहुन्छ | भज हू रे मन​ | भज | भज भनेको " भक्तिमय सेवामा संलग्न हुनु |" भज हू रे मन श्री-नन्द​-नन्दन​," कृष्णको सेवामा जो नन्द महाराजको छोरा हुनुहुन्छ |" त्यहाँ धेरै धेरै कृष्णहरु हुनुहुन्छ, तर हामी यो कृष्णका बारेमा भन्दै छौ | जो नन्द महाराजको छोराको रुपमा आउनुभयो जो वासुदेवको रुपमा आउँनु भयो | त्यसैले उहाँले भन्नुहुन्छ..... जसरि हामीले एक मानिसलाई पहिचान गर्नसक्छौ, उहाँको नाम, उहाँको पिताको नाम, त्यसपछि यसलाई पूर्ण रुपमा पहिचान गरेको छ | त्यसैले, उहाँले भन्नुभएको छ श्री नन्द​-नन्दन​; भजहू रे मन श्री-नन्द​-नन्दन अभय​-चरणारविन्द रे, " उहाँको चरण कमल आश्रय लिन सुरक्षित ठाउँ हो |" भागवतममा त्यहाँ धेरै श्लोकहरु छन् समाश्रिता ये पद​-पल्लव​-प्लवम महत्-पदं पुण्य​-यशो मुरारे: महत्-पदम्, " कृष्णको चरण कमलमा, सबै भौतिक सृष्टि बसेको छ |" यदि त्यस्तो विशाल सृष्टि त्यहाँ बस्न सक्छ, म त एउटा तुच्छ जीव हु, यदि मैले कृष्णको चरण कमलको शरण, जुन निर्भय छ, तब मेरो सुरक्षा निश्चित हुन्छ| भजहू रे मन श्री-नन्द​-नन्दन​, अभय चरणाऋअविन्द रे, दुर्लभ मानव​-जनम सत्-सङ्गे, तरोहो ए भव​-सिन्धु रे | दुर्लभ, " यो मनाव जीवन धेरै दुर्लभ छ |" दुर्लभ मानव - जनाम | त हाम्रो मनलाई कृष्णको चरण कमलमा स्थिर गर्न जरुरि छ, भक्तहरुको सत्संगमा हामीलाई बस्न जरुरि छ | दुर्लभ मानव​-जनम सत्-सङ्गे |सत्-सङ्गे भनेको " भक्तहरुको सँगमा |" यदि हामी भक्तहरुको संगमा रहदैनौ , यदि हामीले आफ्नो मनलाई कृष्णको चरणमा स्वतन्त्र तरिकाले लगायौ भने , यो सम्भव हुदैन | यो केवल हार हुन्छ | त्यसैले उहाँ भन्नुहुन्छ : सत्-सङ्गे, " भक्तहरुको संगमा |" तरोहो ए भव​-सिन्धु रे, " जीवनको वास्तविक उदेश्य भनेको अज्ञानताको सागरबाट तर्नु हो |" त यदि हामीले भक्तहरुको संगमा बसेर कृष्णको चरण कमलमा स्थिर गर्छौ भने, तब हामीले सजिलै अज्ञानताको सागर तर्न सक्छौ, भौतिक अस्तित्व | तब, मेरो कार्य के हुन्छ ? अब मेरो वर्तमान कार्य : शीत आतप बात बरिषण​, ए दिन जामिनी जागि रे | मेरो भौतिक कार्यहरु ," म कठोर चिसोको चिन्ता गर्दिन, म प्रखर गर्मिको वास्ता गर्दिन, म राति सुत्नको वास्ता गर्दिन, मैले दिन रात धेरै काम गर्दै छु |" सीत आतप बात बरिषण​, ए दिन जामिनी जागि रे | र के को लागि ? कृपण​, भिपले सेविनु कृपण दुरजन​, " कृपण दुरजन​हरुको सेवाको लागि |" कृपण दुरजन​ भनेका बाहिरी मानिसहरु | तथा कथित भौतिक समाज, साथी, प्रेम, आदि, उनीहरु वास्तवमा बाहिरी मानिसहरु हुन् | उनीहरुले मलाई वास्तविक अध्यात्मिक प्रगति दिदैनन् | तर हामी समाज, मित्रता, राष्ट्रवाद, समाजवाद तथा अरु धेरै कुरामा संलग्न छौ | हाम्रो संलग्नता धेरै ठाउँमा छन्, तर त्यो सबै बिफाले हुन् | बिफाले भनेको " कुनै परिणाम विना |" परिणाम यो हुन्छ कि मैले केहि प्रकारको मानसिकता सिर्जना गर्छु | तथा कथित देश, समाज, परिवारहरुलाई सुरक्षा दिन र मृत्युको समयमा मैले आफ्नो मानसिकता अनुसार अर्को शरीर स्वीकार गर्नुपर्छ | त्यसैले मानिसहरुले धेरै अप्रिय माध्यमहरु स्वीकार गरेका छन् समाज, मित्रता, प्रेमलाई अंगाल्न | र त्यसको परिणाम यो हुन्छ कि उसले यस्तो मानसिकता सिर्जना गर्छन् जो मानव जस्तो हुदैन, र अर्को जीवनमा ऊ आफ्नो मानसिकता अनुसारको शरीर प्राप्त गर्छन् | त्यसैले कृपण दुरजन​ | कृपण भनेको " लोभी |" उनीहरुले मलाई केहि बुद्धि दिदैनन्, केहि जीवनको वास्तविक आवश्यकतामा आत्मअनुभूति हुनु, त्यहि पनि हामी त्यस्ता दुर्जन "बाहिरी" हरुको सेवामा संलग्न छौ | बिफले सेविनु कृपण दुरजन​, चपल सुख​ऌअब लागिऽ रे, र त्यहाँ थोरै खुसि छ | अन्यथा, कसरि ,मानिसले दिन रात यस्तो धेरै काम गर्नसक्छ | खुसियाली भनेको यौन रमाइलो, चपल​, " चन्चल |" विद्यापति गाउँनु हुन्छ, ततल सैकते वरि बिन्दु-सम​, " खुसियाली मरुभूमिमा एक थोपा पानि जस्तै हुन्छ |" मरुभूमिमा पानिको अवास्यता हुन्छ, तर यदि तिमीले थोरै पनि लिएर चर्कियु भने, " अब पनि लिऊ," त्यो पानीको अर्थ के नै हुन्छ ? त्यसरी नै , हामीले पनि शास्वत खुसीका पछाडी लाग्दै छौ, यी समाज, मित्रता र प्रेमले हामीलाई के दिन्छ ? त्यसैले हामीले खुसि प्राप्त गर्न केवल हाम्रो समय खेर फालिरहेका छौ यो तथा कथित भौतिक जीवन बाट, समाज बनाएर, मित्रता र अरु धेरै सम्बन्द बनाएर केवल खेर फालिरहेका छौ | बिफले | बिफले भनेको " केहि राम्रो परिणाम बिना |" बिफले सेविनु कृपण दुरजन​, चपल सुख​ऌअब लागिऽ रे | " केहि छैन, म व्यक्तिगत रुपमा रमाइलो गर्छु | म सँग मेरो जवानी छ, म पैसा कमाउछु, र आफ्नो परिवारको मतलब गर्दिन |" वास्तवमा अहिलेको समयमा यहि हुदै छ | कसैले पनि आफ्नो परिवारको वास्ता गर्दैनन्, तर आफ्नो प्रगति मात्रै हेर्छन् , उसको यौवनको उपयोग गर्न, र अरु धेरै कुराहरु | त..... गोविन्द दस, कविले सलाह दिनुभएको छ, " मेरो प्यारो मन, म स्वीकार गर्छु तिमीसँग यौवन छ , तिमीले रमाइलो गर्नसक्छौ |" त्यसिले तिमि भन्छौ, ए धन यौवन पुत्र परिजन​, इथे कि आछे परतीति रे, " त्यसैले यो पैसाको संकलन, यो यौवन, रमाइलो |" ए धन यौवन पुत्र परिजन​, र समाजबाट, मित्रताबाट र प्रेम, के तिमि सोच्न सक्छौ, के त्यहाँ वास्तव खुसियाली छ, वा दिव्य खुसियाली ? इथे कि आछे परतीति रे | " यो कुनै पानि कमलको फुलमा हुन्छ |" कमल​-दल​-जल​, जीवन टलमल​ | " यो, पानीको अस्तित्व भनेको झुकाव हुन्छ, कुनै समयमा पनि तल झार्न सक्छ |" वास्तवमा, हाम्रो यो यौवनको रमाइलो वा पैसा कमाउने कार्य, कुनै समयमा यो सकिन सक्छ | त वास्तवमा तिमीले विस्वास गर्न सक्दैनौ, वा आफ्नो आस्थालाई पिन गर्न सक्दैनौ | त्यो राम्रो हैन किनकि यो कुनै समयमा सकिन सक्छ | यी मानिसहरु गगनचुंबी महलहरु, र बैंक खाता, र राम्रा गाडीहरु राख्न व्यस्त छन्, र अरु धेरै कुराहरु उनीहरुले भोग गर्न खोज्दै छन्, तर यो भुल्दै छन् कि जुनै समय यो सकिन सक्छ | कुनै समय | त यो कमल​-दल​-जल जस्तै हुन्छ, " पानीलाई कमलको पातमा राख्न |" यो उठ्न सक्दैन, यो झुकेर, खस्न सक्छ, कुनै पलमा | उदाहरण धेरै राम्रो छ | त्यसैले, उहाँले सल्लाह दिदै हुनुहुन्छ, श्रवण कीर्तन​​, उहाँले आफ्नो मनलाई निर्देशन गर्दै हुनहुन्छ, " यो नगर, यो नगर ," धेरै नकारात्मक कुराहरु तब अर्को प्रश्न,तब वास्तवमा, गोविन्द दसलाई मनले सोध्न सक्छ, " वास्तव मा तिमि के गर्न चहान्छौ ? तिमीले यी भौतिक संलग्नताहरु सबै हटाउदै छौ त्यो ठिक छ, तिम्रो सकारात्मक प्रस्ताव के हो ?" उहाँ भन्नुहुन्छ," हो, मेरो सकारात्मक प्रस्ताव यो हो : श्रवण कीर्तन स्मरण वन्दन​, पाद​-सेवन दास्य रे, पूजन सखी-जन आत्म​-निवेदन​, गोविन्द दास​-अभिलाष रे।" " मेरो प्यारी मन, मेरो इच्छा यो हो तिमि मलाई मद्धत गर, यसको बारेमा सुन यसलाई अभय​-चरणारविन्द भनिन्छ, कृष्ण​, श्रवण । त्यसैले उहाँको महिमाको बारेमा भन्न देऊ, श्रावण, किर्तन | मलाई सम्झिन देऊ, मलाई उहाँको चरण कमलको सेवा गर्नसकौ, म उहाँसँग मित्र हुन्छु | म सँग जे छ त्यो सबै उहाँलाई समर्पण गर्छु | यी मेरा इच्छा हुन् | यदि तिमि मसँग सम्झौता गर्छौ भने, तब मैले यो गर्न सक्छु |" त यो धेरै शिक्षाप्रद भजन हो, मानव जीवनको उदेश्यको सार हो, र जसले यो सिद्धान्त अनुसरण गर्छ ऊ दिव्य खुसि भोग गर्छ |