NE/Prabhupada 0384 - गौराङ्ग बोलिते हबे तात्पर्य

Revision as of 10:18, 23 October 2016 by Kantish (talk | contribs) (Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0384 - in all Languages Category:NE-Quotes - 1969 Category:NE-Quotes - Pu...")
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Invalid source, must be from amazon or causelessmery.com

Purport to Gauranga Bolite Habe -- Los Angeles, January 5, 1969


यो भजन नरोत्तम दास ठाकुरद्वारा लेखिएको हो | उहाँ भन्नुहुन्छ, " कहिले त्यो दिन आउँ जब म केवल भगवान चैतन्यको नाम गाउँछु, र मेरो शरीरमा कम्पन हुन्छ ?" गौराङ्ग बोलिते हबे पुलक​-शरीर । पुलक​-शरीर भनेको शरीरको कम्पन हो | जब एक असलमा दिव्य स्थानमा अवस्थित हुन्छ, कहिले कहिँ त्यहाँ आठ प्रकारका लक्षण हुन्छन् : रुनु, पागल जसरि बोल्नु, शरीर कम्पन हुनु, अरु मानिसहरुको वास्ता नगरी नाच्नु..... यी लक्षणहरु स्वतः उत्पन्न हुन्छन् | यिनीहरु कृत्रिम रूपमा गरिन सकिदैन | त नरोत्तम दास ठाकुर त्यो दिनको लागि इच्छा गर्नुहुन्छ, कसैले कृतिम रुपमा अनुकरण गर्ने होइन | त्यो उहाँले सिफारिश गर्नुहुँदैन | उहाँ भन्नुहुन्छ, " त्यो दिन कहिले आउँछ, र केवल चैतन्यको नाम लिएर, मेरो शरीरमा कम्पन हुन्छ ?" गौराङ्ग बोलिते हबे पुलक​-शरीर​ | र हरि हरि बोलिते : " र जब मैले "हरि हरि," वा " हरे कृष्ण" जप गर्छु मेरा आँखाबाट आँसु झार्न थाल्छन् |" हरि हरि बोलिते नयने ब​ऽबे नीर​ | नीर भनेको पानी | त्यसरी नै, चैतन्य महाप्रभुले पनि भन्नुभएको थियो " त्यो दिन कहिले आउँछ ?" हामीले केवल इच्छा राख्नुपर्छ | तर यदि कृष्णको कृपाले, त्यो स्थान हामी पुग्न सक्छौ, यी लक्षणहरु स्वत: आउँछन् | तर नरोत्तम दास ठाकुर भन्नुहुन्छ यो सम्भव छैन, जबसम्म हामी भौतिक आशक्तिहरु बाट मुक्त हुदैनौ | त्यसैले उहाँ भन्नुहुन्छ, आर कबे निताइ-चन्देर्, कोरुणा होइबे: " त्यो दिन कहिले आउँछ, जब भगवान नित्यानन्दले मलाई कृपा प्रदान हुन्छ ता कि मैले ...." विषय छाडिया | अर कबे निताइ-चन्देर कोरुणा होइबे, संसार​-बासना मोर कबे तुच्छ ह​ऽबे | संसार​-बासना भनेको भौतिक खुसिका लागि इच्छा राख्नु हो | संसार - बासना मोर कबे तुच्छ ह​ऽबे: " जब मेरा भौतिक रमाइलो गर्ने इच्छा निरर्थक हुन्छ |" तुच्छ, तुच्छ भनेको त्यस्तो कुरा हो जसको कुनै अर्थ हुदैन : " यसलाई फालीदेऊ |" त्यसरी नै, अध्यात्मिक प्रगति तब मात्रै सम्भव छ जब एकले विश्वास गर्छ, कि " यो भौतिक दुनिया र भौतिक खुसिको कुनै अर्थ हुदैन | यसले मलाई जीवनको कुनै वास्तविक आनन्द दिदैन |" यो विश्वास धेरै नै आवस्यक छ | संसार​-बासना मोर कबे तुच्छ ह​ऽबे | र उहाँले यो पनि भन्नुहुन्छ " म कहिले यी भौतिक आनन्दको इच्छाबाट मुक्त हुन्छु, त्यसपछि वृन्दावनको वास्तविक प्रकृति हेर्न सम्भव हुन्छ |" विषय छाडिया कबे शुद्ध ह​ऽबे मन​: " कहिले मेरो मन भौतिक प्रदुषणबाट पुरै तरिकाले शुद्ध हुन्छ, र त्यो समयमा मलाई वृन्दावनको दर्शन गर्न सम्भव हुन्छ |" अर्को शब्दमा, एक वृन्दावन जबर्दस्ती गएर त्यहाँ बसेर , उसले त्यो दिव्य आनन्द प्राप्त गर्छ | होइन | उसले आफ्नो मनलाई भौतिक इच्छाहरुबाट मुक्त गर्न आवस्यक छ | तब एक वृन्दावन गएर बसेर त्यस्तो गृह लाभ अनुभव गर्नसक्छ | त नरोत्तम दास ठाकुर भन्नुहुन्छ : विषय छाडिया कबे, शुद्ध ह​ऽबे मन​: " कहिले मेरो मन यी भौतिक आनन्दको प्रदुषणबाट मुक्त हुन्छ र जसले मेरो सुद्धिकरण हुनसक्छ, र त्यसले मलाई वृन्दावनको दर्शन गर्न सम्भव हुन्छ |" अन्यथा यो सम्भव छैन | र उहाँले फेरी भन्नुहुन्छ, वृन्दावन जानुभनेको राधा र कृष्णको दिव्य लिलाहरु बुझ्न हो | यो कसरि सम्भव छ ? उहाँ भन्नुहुन्छ, रूप रघुनथ​-पदे होइबे आकुति | रुप, रुप गोस्वमी, रुप गोस्वमीबाट सुरु भएर तल रघुनाथ दस गोस्वमी सम्म त्यहाँ छ जना गोस्वमिहरु हुनुहुन्छ : रुप, सनातन,गोपाल भट्ट, रघुनाथ भट्ट, जीव गोस्वमी, रघुनाथ दास गोस्वमी | त उहाँ भन्नुहुन्छ, रूप रघुनथ ​-पदे :" रुप गोस्वमीबाट सुरु भएर रघुनाथ दास गोस्वमी सम्म," पढे," उहाँहरुको चरण कमलमा | कहिले म उहाँहरुको चरण कमलमा आकर्षित हुन्छु....." रुप - रघुनाथ पढे, होइबे अकुती | अकुती भनेको, उत्सुकता | त्यो उत्सुकता के हो ? त्यो भनेको राधा - कृष्णलाई गोस्वमीहरुको मार्ग - दर्शनबाट बुझ्नुपर्छ | एकले राधा कृष्णलाई आफ्नै परिश्रमबाट बुझ्न सक्दैनन् | त्यसले मद्धत गर्दैन | जस्तै यी गोस्वमीहरु, उहाँ हरुले हामीलाई मार्ग - दिएका छन्, जस्तै भक्ति - रसामृत​​-सिन्धु, त एकले अनुसरण गर्नुपर्छ, पाईला पछि पाईला, कसरि प्रगति गर्ने | तब त्यहाँ एक भाग्यशाली दिन हुन्छ, जब हामीले बुझ्न सक्छौ, राधा र कृष्ण बीचका लिला वा प्रेमका कार्यहरु के हुन् | अन्यथा, यदि हामीले साधारण युवा युवति जसरि प्रेमका भावना साटा साट गरेको बुझौ भने, त्यहाँ ठुलो गल्ति हुन जानेछ | तब त्यहाँ प्रकृत​-सहजिया को सिर्जना हुनेछ, वृन्दावनका पिडितहरु | त नरोत्तम दास ठाकुरले हामीलाई बाटो देखाउदै हुनुहुन्छ, कसरि राधा - कृष्णको संग पाएर उत्तम पूर्णताको स्थर पुग्न सकिन्छ | पहिला कुरा एक चैतन्य महाप्रभुसँग धेरै आकर्षित हुनुपर्छ | त्यसले हामीलाई अगाडी बढाउछ | किनकि उहाँ कृष्ण चेतनाको बुझाई दिन आउनुभएको हो, त्यसैले पहिला एक श्री चैतन्य महाप्रभुमा समर्पण हुनुपर्छ | श्री चैतन्य महाप्रभु सँग समर्पण भएर, नित्यानन्द प्रभु खुसि हुनुहुन्छ, र उहाँ खुसि हुनुभयो भने, हामी भौतिक इच्छाबाट मुक्त हुने छौ | र जब भौतिक इच्छाहरु हुदैनन्, तब हामी वृन्दावनमा प्रवेश गर्नसक्छौ | र वृन्दावन प्रवेश गरेपछि, जब हामी छ गोस्वमीहरुको सेवा गर्न आतुर भयौ भने, तब हामीले राधा कृष्णका लिलाहरु बुझ्नसक्ने स्थानमा पुग्न सक्छौ |