NE/Prabhupada 0390 - जय राधा माधव तात्पर्य

Revision as of 20:28, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Purport to Jaya Radha-Madhava -- New York, July 20, 1971


त यो कृष्णको वास्तविक स्वभाव हो, कृष्णको वास्तविक स्वभाव हो | उहाँ राधा-माधव हुनुहुन्छ | उहाँ श्रीमती राधारानीको प्रेमी हुनुहुन्छ | र कुन्ज-विहारी, वृन्दावनको जंगलमा सधै गोपीहरुको संगमा रम्नुहुन्छ | राधा-माधव कुञ्ज​-विहारी | त उहाँ राधारनिको प्रेमी मात्रै नभएर ब्रज​-जन​-वल्लभ​ पनि हुनुहुन्छ | वृन्दावनका सबै निवासीहरु, उनीहरुले पनि कृष्णलाई माया गर्नुहुन्छ | उनीहरुलाई अरु केहि थाहा छैन | उनीहरुलाई कृष्ण भगवान हुनुहुन्छ भनेर पनि थाहा छैन, न उनीहरु धेरै परिशन हुन्छन्, " यदि कृष्ण भगवान हुनुहुन्छ भने मात्रै म कृष्णलाई माया गर्छु |" " उहाँ भगवान हुनसक्नु हुन्छ वा जे पनि हुनसक्नु हुन्छ | यसले केहि असर गर्दैन, हामी कृष्णलाई माया गर्छौ |" त्यति हो | त्यसलाई शुद्ध प्रेम भनिन्छ | " यदि कृष्ण भगवान हुनुहुन्छ भने, म उहाँलाई माया गर्छु " - यो स्वार्थपूर्ण प्रेम हो | यो शुद्ध प्रेम होइन | कृष्ण भगवान वा अरु केहि हुनसक्नु हुन्छ, तर उहाँको आश्चर्यजनक कार्यबाट, ब्रजवासीहरु सोच्दै छन् , " ओह कृष्ण धेरै आश्चर्यजनक बच्चा छ, कुनै देवता हुनसक्छ, कुनै देवता हुनसक्छ |" किनकि मानिसहरुमा साधारणतया देवताहरु शक्तिशाली छन् भनेर प्रभाव परेको छ | उनीहरु यो भौतिक दुनिया भित्र शक्तिशाली छन् | तर उनीहरुलाई थाहा छैन कृष्ण उनीहरु भन्दा माथि छन् | इश्वर​: परम: कृष्ण: सच्-चिद्-आनन्द​-विग्रह: ( ब्र स ५|१) | उच्च देवता ब्रह्माले आफ्नो धारणा दिएका छन्,"कृष्ण उच्च नियन्त्रक हुनुहुन्छ |" त्यसैले वृन्दावनवासीहरु, उनीहरुले कृष्णलाई कुनै शर्त बिना माया गर्छन्, त्यसरी नै, कृष्णले पनि उनीहरुलाई माया गर्नुहुन्छ | व्रज​-जन​-वल्लभ गिरि-वर​-धारी | उनीहरुले इन्द्र-यज्ञ नगरेर​ वृन्दावनका निवासीहरु खतरामा परे, र इन्द्र धेरै रिसाए, र उहाँले धेरै विशाल, शक्तिशाली बादलहरु पठाँए, र वृन्दावन भरि सात दिनसम्म पानी पर्यो, त जब निवासीहरु धेरै ब्याकुल भए, तब कृष्ण चाहे सात वर्षको बालक भए तापनि, उहाँले गोवार्दन पर्वत उठाएर उनीहरुलाई बचाउनु भयो | त उहाँले इन्द्रदेव, देवतालाई सिकाउनु भयो, " तिम्रो बाधा रोक्न मेरो कान्छी औलाको काम हो, त्यति हो |" त उनले घुडा टेके | यी कुराहरु तिमीले कृष्ण पुस्तकमा पाउँछौ | त गोपी - जन वल्लभ, उहाँको एकमात्रै काम भनेको गोपी - जनहरुको रक्षा गर्नु हो | त हाम्रो कृष्ण चेतना आन्दोलन भनेको कसरि गोपी - जन बन्नु हो | तब कृष्णले हामीलाई कुनैपनि खतराबाट बचाउनुहुन्छ, एउटा पहाड वा पर्वत उठाएर होस् | कृष्ण धेरै दयालु र शक्तिशालि हुनुहुन्छ| जब कृष्णले पहाड उठाउँनु भयो, उहाँले कुनै योगा अभ्यास गर्नुभएको थिएन | र त्यो भगवान हुन् | चाहे उहाँ एक बालक हुनुहुन्च्त्यो, उहाँ एक बच्चा जसरि खेल्दै थियो, उहाँले बच्चा जसरी व्यवहार गर्नुभएको छ, तर जब त्यहाँ आवश्यता थियो, उहाँले आफुलाई भगवानमा प्रकट गर्नुभयो | उहाँ कृष्ण हुनुहुन्छ | उहाँ कृष्ण हुनुहुन्छ, यो हैन कि उहाँ काही गएर योगा अभ्यास गर्नुपरोस्, तब उहाँ भगवान हुनुहुन्छ | होइन | उहाँ त्यसप्रकारको भगवान हुनुहुदैन, कुनै आफैले बनेको भगवान होइन | उहाँ भगवान हुनुहुन्छ | त गोपी-जन​-वल्लभ गिरि-वर​-धारी | र बालकमा, यशोधा माताको प्यारो पुत्रको रुपमा, यशोधा-नन्दन,..... कृष्ण भक्तको बच्चा हुन मनपराउनु हुन्छ | उहाँ आफ्ना भक्त पिता र माताबाट दण्डित हुन चहानुहुन्छ | किनकि सबैले उहाँलाई पुजा गर्नुहुन्छ, कसैले पनि उहाँलाई दण्डित गर्नुहुदैन, उहाँले भक्तले दिनुभएको दण्डमा पनि आनन्द लिनुहुन्छ | त्यो कृष्णको सेवा हो | यदि कृष्णले दण्डित भएर आनन्द लिनुहुन्छ भने, त्यो दायित्व भक्तले लिनुपर्छ : " ठिक छ, म तपाइको पिता हुन्छु र तपाइलाई दण्डित गर्छु |" जब कृष्णलाई झगडा गर्नुपर्छ, उहाँको एक भक्त हिरण्यकशिपु भएर उहाँसँग झगडा गर्नुहुन्छ | त कृष्णको आफ्नो भक्त सँगको लिलाहरु | उहाँ.... तसर्थ, कृष्णको पार्षद भएर कृष्ण चेतना विकशित गर्न...... यशोदा-नन्दन व्रज​-जन रञन​​ | उहाँको एक मात्रै कार्य भनेको आफ्नो भक्तहरुलाई कसरि सन्तुष्ट बनाउने..... ब्रज जनको केवल कार्य भनेको कृष्णलाई कसरि सन्तुस्ट पर्नु भन्ने हुन्छ, कृष्णको केवल कार्य भनेको ब्रज जनहरुलाई कसरि सन्तुस्ट बनाउने भन्नेहुन्छ | यो प्रेमको आदान प्रदान हो | यमुना- तिर-वन-चारी | कृष्ण, भगवान यमुना नदिको तिरमा घुम्नु हुन्छ केवल गोपिहरु, ग्वालाहरु, चराहरु, जनावर, बच्चाहरुलाई आनन्दित गर्न | उनीहरु साधारण चरा, जनावर, बच्चा वा मानिस हैनन् | उनीहरु आत्म - अनुभूतिको उच्च स्तरमा छन् | कृत​-पुण्य​-पुञ्जा: ( श्री भ १०|१२|११) | धेरै धेरै जीवन पछि उनीहरुले त्यो स्थान पाएका छन्, कृष्णसँग खेल्न | त हाम्रो कृष्ण चेतना आन्दोलन धेरै राम्रो छ, कि सबैजना कृष्णलोक जानसक्छन्, र उहाँको पार्षद, मित्र वा अरु धेरै कुरा, सेवक, पिता, आमा हुन सक्छौ | र कृष्ण यी प्रस्तावमध्ये कुनैपनि स्वीकार गर्नुहुन्छ | यी कुराहरु हाम्रो चैतन्य महाप्रभुको दिव्य उपदेश नामको पुस्तकमा लेखिएको छ | त कृष्ण वृन्दावनबाट एक पाईला पनि बाहिर टेक्नु हुन्न | वास्तविक कृष्ण वृन्दावनमा हुनुहुन्छ | यो ब्रह्म-संहितामा वर्णित छ | चिन्तामणि-प्रकर​-सद्मसु कल्प​-वृक्ष​- लक्षावृतेषु सुरभीर अभिपालयन्तम् लक्ष्मी-सहस्र​-शत​-सम्ब्रह्म​-सेव्यमानं गोविन्दम आदि-पुरुषं.....( ब्र स ५|२९) ब्रह्माले पनि भगवानको अधिपत्यलाई स्वीकारेका छन्, वृन्दावनका कृष्ण | वेणुं क्वणन्तम्: " उहाँ मुरली बजाउँन संलग्न हुनुहुन्छ |" अरविन्द​-दलायताक्षं बर्हावतंसम असिताम्बुद​-सुन्दराङ्गम् कन्दर्प​-कोटि-कमनीय​-विशेष​-शोभं गोविन्दम आदि-पुरुषं तम अहं भजामि ( ब्र स ५|३०) त यी पुस्तकहरुको फाइदा लिऊ, यो ज्ञान, र यो प्रशादम्, यो जप र खुसि होऊ र कृष्णको मा जाऊ | धेरै राम्रो कुरा | ठिक छ |