NE/Prabhupada 0391 - मानस देहो गेहो तात्पर्य

Revision as of 20:28, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Purport to Manasa Deha Geha


मानस​, देहो, गेहो, जो किछु मोर् | यो भजन भक्तिविनोद ठाकुरद्वारा लेखिएको भजन हो | उहाँले पूर्ण समर्पण गर्ने प्रक्रिया सिकाउनु भएको छ | मानस​, देहो, गेहो, जो किछु मोर् | पहिला, उहाँले मनसँग समर्पण गर्नुभएको छ, किनकि मन यी सबै परिकल्पनाको मूल हो, र समर्पण, भक्तिमय सेवा गर्नु भनेको मनलाई नियन्त्रणमा राख्नु हो | त्यसैले उहाँ भन्नुहुन्छ मानस, भनेको " मन", अनि देह " इन्द्रिय |" शरीर | देह भनेको शरीर, शरीर भनेको इन्द्रिय | त यदि हामीले आफ्नो मनलाई कृष्णको चरण कमलमा लगायौ भने, तुरुन्तै इन्द्रियहरु समर्पण हुन्छन् | तब, " मेरो घर |" देह , गेहो | गेहो भनेको घर....जो किचु मोर | हाम्रा सम्पतिहरु तिनओटा कुरा हुन् : मन, शरीर र हाम्रो घर | त भक्तिविनोद ठाकुर सबै कुरा समर्पण गर्न प्रस्ताव राख्नु भएको छ | अर्पिलू तुवा पदे, नन्द​-किशोर् |नन्द​-किशोर् भनेको कृष्ण | त " म आफ्नो मन, शरीर र घर तपाईमा समर्पण गर्दैछु |" अब, सम्पदे विपदे, जीवने-मरणे: " चाहे म खुसि वा दुखि छु, चाहे म जीवित छु वा मृत अवस्थामा छु |" दाय मम गेला, तुवा ओ-पद बरणे: " अब म मुक्त भएको छु | मैले आनन्दको अनुभूति गरेको छु किनकि मैले तपाईमा सबै कुरा समर्पण गरेको छु |" मारोबि राखोबि-जो इच्छा तोहारा : " अब यो तपाईमा छ, चाहे तिमी मलाई राख्न चहान्छौ वा मर्न चहान्छौ, त्यो तपाईमा निर्भर हुन्छ |" नित्य​-दास प्रति तुवा अधिकारा : " तपाईलाई जे ठिक लाग्छ त्यहि गर्नुहोस् त्यो तपाईको अधिकार हो आफ्नो दाससँगको सम्बन्धमा | म तपाईको नित्य दास हु |" जन्माओबि मोए इच्छा जदि तोर्: " यदि तपाईले इच्छा गर्नुभयो भने" - किनकि एक भक्त घर फर्फिन्छ, भागवत धाम - त्यसैले भक्तिविनोद ठाकुर प्रस्ताव राख्नुभएको छ, " यदि तपाईले त्यो चाहानुहुन्छ भने म फेरी जन्म लिन तयार छु, यसको फरक पर्दैन |" भक्त​-गृहे जनि जन्म हौ मोर्: "केवल विन्ती के छ भने यदि मैले जन्म लिनु छ भने, कृपया मलाई भक्तको घरमा जन्म लिने मौका दिनुहोस्|" कीट​-जन्म हौ जथा तुवा दास : " म एउटा किरा भएर जन्मिन मतलब छैन, तर म भक्तको घरमा हुनुपर्छ |" बहिर मुख ब्रह्म​-जन्मे नाहि आश् | " मलाई अभाक्तको जीवन मनपर्दैन | म ब्रह्मा जी भएर जन्मिए पनि म भक्तसँग बस्न चहान्छु |" भुक्ति-मुक्ति-स्पृहा विहीन जे भक्त​: "मलाई त्यस्ता भक्तहरुको आवश्यता छ जसको यो भौतिक खुसि वा अध्यात्मिक मुक्तिको इच्छा हुदैन |" लभैते ताको सङ्ग अनुरक्त​: " म सधै त्यस्ता भक्तहरुको संग गर्न चहान्छु|" जनक जननी, दयित​, तनय्: " अब, त्यस पश्च्यात, तपाई मेरा पिता हुनुहुन्छ, तपाई मेरो दाजु भाई हुनुहुन्छ, तपाई मेरो छोरी हुनुहुन्छ, तपाई मेरो छोरा हुनुहुन्छ, तपाई मेरो भगवान हुनुहुन्छ, तपाई मेरो अध्यात्मिक गुरु हुनुहुन्छ, तपाई मेरो पति हुनुहुन्छ, सबै कुरा तपाई हुनुहुन्छ |" भक्तिविनोद कोहे, सुनो कह्ना​: " मेरो भगवान, कह्ना - कृष्ण, तपाई राधारानीको प्रेमी हुनुहुन्छ, तर तपाई मेरो प्राण र आत्मा हुनुहुन्छ कृपया मलाई रक्षा गर्नुहोस |"