NE/Prabhupada 0395 - परम करुण तात्पर्य

Revision as of 09:54, 12 February 2019 by Anurag (talk | contribs)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Purport to Parama Koruna -- Los Angeles, January 16, 1969


परम कोरुण​, पहू दुइ जन​, निताइ गैरचन्द्र​ | यो भजन लोचन दास ठाकुरद्वारा लेखिएको हो, उहाँ चैतन्य महाप्रभुको एक महान भक्त हुनुहुन्थ्यो, लगभग समकालीन | उहाँले एउटा पुस्तक लेख्नु भएको छ, चैतन्य​-मंगल, चैतन्य महाप्रभुको सबै लिलाहरुको चित्रण गरिएको छ | त्यो धेरै प्रख्यात पुस्तक हो, चैतन्य-मंगल | र उहाँले धेरै भजनहरु लेख्नुभएको छ | वास्तविकतामा सबै वैष्णवहरु दिव्य कवि हुन्छन् | त्यो वैष्णवमा हुने २६ योग्यताहरु मध्ये एक हो | त उहाँ भन्नुहुन्छ " यी दुई भगवानहरु, " निताई गौरचन्द्र, " नितायानन्द प्रभु र गौरंग महाप्रभु वा चैतन्य महाप्रभु, उहाँहरु करुणाको अवतर हुनुहुन्छ |" सब अवतार​-सार शिरोमणि |" उहाँहरु सबै अवतारको सार हुनुहुन्छ |" यो अवतर भगवाद गीतमा वर्णन गरिएको छ, कि जब जब धर्मको पतन हुन्छ, र अधर्मको उन्नति हुन्छ, र त्यो समयमा भगवान यो भौतिक दुनियामा अवतरित हुनुहुन्छ, साधुहरुको रक्षा गर्न र पापीहरुको संहार गर्न | त्यो नै अवतारको उदेश्य हो | हरेक अवतारमा तिमीले दुईओटा कुरा पाउँछौ | भगवान कृष्ण, उहाँ सुन्दर हुनुहुन्थ्यो, दयालु हुनुहुन्थ्यो, तर दानवहरुको लागी धेरै डरलाग्दो हुनुहुन्थ्यो | दानवहरुले उहाँलाई एक वज्रको रुपमा हेरेका थिए, र गोपिहरुले उहाँलाई सबै भन्दा राम्रो कामदेवको रुपमा हेरेका थिए | त भगवाद-गीतामा भनिएको छ, ये यथा मां प्रपद्यन्ते (भ गी ४|११) | भगवानको अनुभाव आसुरी प्रवृत्तिहरबाट मुक्त भएको तुलना अनुसार हुन्छ | त यो युगमा....वास्तवमै, अन्तिम अवतार, कल्कीले केवल मर्नुहुनेछ | धेरै धेरै पछि, उहाँ आउँनु हुन्छ | तर यहाँ चैतन्य महाप्रभुको उदेश्य मर्नु होइन, केवल कृपा गर्नु हो | यो चैतन्य महाप्रभुको विशेष गुण हो | किनकि यो युगमा, वास्तवमै, त्यहाँ अधर्मको प्रमुखता रहेको छ | तर यदि चैतन्य महाप्रभुले उहाँहरुलाई मर्न चहानुहुन्थ्यो भने, उनीहरुको मोक्षको प्रश्न नै हुदैन थियो | उनीहरु.....वास्तवमै, जसले अवतारहो हातबाट मृत्यु पाउँछ, उसले तुरुन्तै मोक्ष प्राप्त गर्छ | तर अध्यात्मिक ग्रहहरुमा होइन, तर उनीहरु ब्रह्मको ज्योतिमा लिन हुन्छन् एक निराकार इच्छाका साथ | अर्को शब्दमा, मोक्ष जुन निराकारवादीको लक्ष्य हो, त्यतिकै राम्रो हुनजान्छ जुन भगवानका शत्रुहरुको मोक्षको लक्ष्य हुन्छ | त्यो धेरै गारो कार्य होइन | त चैतन्य महाप्रभु धेरै दयावान हुनुहुन्थ्यो, किनकि उहाँले सबैलाई कृष्ण प्रेमले आलिंगन गर्नुभयो | रुप गोस्वमीले चैतन्य महाप्रभुलाई सबै अवतार मध्येको सबैभन्दा उदार अवतार भन्नुभएको छ | किनकि उहाँले सबैलाई कुनै योग्यता बिना कृष्ण दिनुभयो | त लोचन दास ठाकूर भन्नुहुन्छ, परम कोरुण​, पहू दुइ जन​, निताइ गौरचन्द्र​ | र उहाँहरु सबै अवतारको सार हुनुहुन्छ | केवल आनन्द​-कन्द​ | र उहाँको प्रचारको प्रक्रिया धेरै आकर्षक छ | चैतन्य महाप्रभु सुझाव दिनुहुन्छ " तिमी हरे कृष्ण जप गरेर राम्ररी नाँच, र जब थकाई लाग्छ, आराम गरेर कृष्ण प्रसाद खाऊ |" उहाँको उपाय धेरै आकर्षक छ, केवल आनन्द​-कन्द​ | जब उहाँ जग्गनाथ पुरीमा हुनुहुन्थ्यो, हरेक दिन रातमा, नाच, गान हुन्थ्यो | र जब नाच सकिन्थ्यो, उहाँलाई बहुमुल्य जग्गनाथ प्रसाद वितरण गर्नुहुन्थ्यो | त धेरै हजारौ मानिसहरुको सभा हरेक रात जम्मा हुन्थ्यो | त यो अभियान धेरै दिव्य, र आनन्दित छ | केवल आनन्द​-कन्द​ | अनि उहाँ सुझाव दिनु हुन्छ , भजो भजो भाइ, चैतन्य निताइ | " मेरा प्यारा भाईहरु, केवल यी दुई भगवानको आराधना गर्न खोज, चैतन्य र नित्यानन्द," सुदृढ विश्वास कोरि, " पुरै आस्था र विश्वासका साथ |" एकलाई चैतन्य महाप्रभुका वाणीमा विश्वास हुनुपर्छ | चैतन्य महाप्रभु भन्नुहुन्छ " जप गर्दै जाऊ, केवल जप गर, उसले आफ्नो जीवनको पूर्णता प्राप्त गर्छ |" त यो तथ्य हो | जब सम्म हामीले यो जप गर्ने प्रक्रियामा संलग्न हुदैनौ, हामीलाई यो महसुस हुनसक्दैन, तर जो जप गर्दै छन्, उनीहरुले महसुस गरेका छन् कि उनीहरुले जीवनमा इच्छा गरेका पूर्णता चाडो पाएका छन् | त हामीले महामन्त्र आस्था र विश्वासका साथ जप गर्नुपर्छ | तर एकमात्रै चाहिने योग्यता भनेको, उहाँ भन्नुहुन्छ, विषय छाडिया, से रसे मजिया, मुखे बोलो हरि हरि | हामीले पूर्ण विश्वास र आस्थाका साथ जप गर्नुपर्छ, र त्यहि समयमा यो ध्यान दिनुपर्छ, हामीले आफुलाई इन्द्रिय तृप्तिबाट सधै बचाउनु पर्छ | विषय छाडिया, विषय भनेको इन्द्रिय तृप्ति | र छाडिया भनेको त्याग्नु हो | एकले इन्द्रिय तृप्ति त्याग्न जरुरि छ | वास्तव मै, यो भौतिक जीवनमा हामीसँग इन्द्रियहरु छन् र हामीहरु यिनीहरुलाई प्रगोय गर्न अभ्यस्त छौ | हामीले यसलाई बन्द गर्न सक्दैनौ | तर त्यहाँ बन्द गर्ने प्रश्न नै आउँदैन, तर त्यसलाई विनियमन गर्न सकिन्छ | जसरी हामी खान चहान्छौ | विषय भनेको खाने,सुत्ने, यौन गर्ने र रक्षा गर्ने | त यी कुराहरु पुरै तरिकाले निषेद गरिएको छैन | तर यिनीहरुलाई कृष्ण भावना राम्ररी अंगाल्न सहज हुने तरिकाले परिवर्तन गरिएका छन् | त हामीले केवल यिनीहरु मात्रै अँगाल्नु हुँदैन|.......जस्तै खानु हामीले केवल स्वादलाई सन्तुस्ट बनाउन खोज्नु हुन्न| हामीले केवल आफुलाई कृष्ण चेतना अँगाल्नुलाई मात्रै खानुपर्छ | त खान प्रतिबन्द गरिएको छैन, तर यसलाई अनुकुल रुपमा विनियमित गरिएको छ | त्यसरी नै, यौन, यौन पनि बन्द गरिएको छैन | तर नियम यो छ कि, तिमीले केवल विवाह गरेर कृष्ण भावना भावित बच्चा जन्माउन मात्रै यौन गर्नुपर्छ | अन्यथा नगर | त सबै कुराहरुलाई विनियमित गरिएको छ | रक्षा गर्न रोक्नु पर्छ भन्ने पनि छैन | अर्जुनले युद्ध गरेका थिए, रक्षा, कृष्णको आदेशमा | त त्यहाँ सबै कुरा छ | कुनैलाई पनि विराम दिएको छैन | केवल यसलाई कृष्ण चेतना पालन गर्न समायोजित मात्रै गरिएको छ | विषय छाडिया, हामीले यी विषयलाई स्वीकार गर्नु हुदैन, यो शरीरका इन्द्रिय तृप्ति गर्ने माग चार माग, खान, सुत्न, यौन गर्न र रक्षा गर्न | हुदैन | राजनीतिज्ञहरु, इन्द्रिय तृप्तिको लागी झगडा गर्छन् | उनीहरुले मानिसहरुको राम्रो देख्दैनन् | उनिहरुको राजनीतिक उन्नतिको लागी उनीहरु झगडा गर्छन् | त्यो झगडा निषेद गरिएको छ | तर जब मानिसहरुको रक्षाको लागि झगडा हुन्छ, त्यो झगडा त्यहाँ हुनैपर्छ | त हामीले यो इन्द्रिय तृप्तिको सिद्धान्तलाई त्याग गर्नुपर्छ | देखो देखो भाइ त्रि-भुवने नाइ | त्यसपछि उहाँ भन्नुहुन्छ, " केवल हर, त्यहाँ यति दयावान कोहि नि हुनुहुन्न |" पशु पाखी झुरे, पाषाण विदरे | उहाँको कृपाले चरा र पक्षुहरुको पनि रक्षा भएको छ | वास्तवमा, जब चैतन्य महाप्रभु झारिखण्ड नामको जंगलबाट हिड्नुभयो जुन मध्ये भारतमा अवस्थित छ, उहाँसँग केवल आफ्नो व्यक्तिगत सचिव हुनुहुन्थ्यो, र उहाँ एक्लै हुनहुन्थ्यो, र उहाँ जंगलमा जादै गर्दा उहाँले एउटा बाघलाई छुनुभयो | ऊ सुतिरहेको थियो, र बाघ गर्जन सुरु गर्यो | चैतन्य महाप्रभुका सचिवले सोच्नुभयो "हामी अब मर्नेछौ |" तर वास्तवमा, चैतन्य महाप्रभुले त्यो बाघलाई सोध्नुभयो, " तिमी किन सुत्दै छौ ? उठ | हरे कृष्ण जप गर |" र त्यो बाघ नाच्न थाल्यो | यो वास्तवमै भएको थियो | जब चैतन्य महाप्रभुले हरे कृष्ण अभियान प्रचार गर्नुभयो, बाघ, मृग,.... सबैले उहाँलाई साथ दिन्थे | त वास्तवमै, हामी त्यति शक्तिशालि छैनौ | तर यो सम्भव छ, कि.... हामीले कम से कम संकिर्तनमा कुकुरहरु नाचेका देखेका छौ | त यो सम्भव छ.....तर हामीले त्यो जोखिम उठाउन सक्दैनौ | तर चैतन्य महाप्रभुले बाघहरुलाई पनि नाचमा समावेश गर्नुहुन्थ्यो, त हामीले पनि सबै मनुष्यहरुलाई नाच्न संलग्न गराउन जरुरि छ | यो धेरै राम्रो अभियान हो | त पशु पाखी झुरे, पाषाण विदरे | पाषाण भनेको ढुंगा | हामीले ढुंगाको जस्तो हृदय भएको मानिसलाई पनि हरे कृष्ण जपेर परिवर्तन गर्नसक्छौ | त्यो हामीले अनुभव गरेका छौ | पाषाण विदरे, शुनिऽ जार गुण​-गाथा | केवल चैतन्य महाप्रभुका लिला र विशेषताहरु श्रवण गरेर, कठोर हृदय भएको मानिसपनि पग्लिन्छ | त्यहाँ धेरै उदाहरणहरु छन्, जगाई मधाई | धेरै बद्ध जीवहरु, उनीहरु उच्च लोकमा उन्नत भएका छन् | अनि लोचन दास ठाकुर भन्नुहुन्छ कि विषय मजिया, रोहिलि पोरिया | " दुर्भाग्य बस म यो शारीरिक मांग वा इन्द्रियको मांगमा यति फसेको छु, कि मैले चैतन्य महाप्रभुको चरण कमल भुलेको छु |" विषय मजिया, रोहिलि पोरिया, से पदे नहिलो आश​ | " म चैतन्य महाप्रभुको चरण कमलमा संलग्न हुन इच्छा गर्ने सक्दिन |" त यो किन यस्तो छ ? उहाँ शोक मान्दै हुनुहुन्छ, कि आपन करम​, भुञ्जाये शमन​, कि " मैले मेरे अतीत के कुकर्महरुको क्रम भोगेको छु, ता कि मैले कृष्ण चेतना अभियानप्रति आकर्षित हुन सकिरहेको छैन | यो यमराजबाट मलाई दिनुभएको दण्ड हो, जो मृत्युको अधीक्षक हुनुहुन्छ |" वास्तवमा, यो कृष्ण चेतना अभियान, संकिर्तन अभियान, धेरै राम्रो र आकर्षित छ, धेरै साधारण, म भन्न चहान्छु, सरल मानिस यसमा आकर्षित हुन्छ | तर यदि ऊ आकर्षित हुदैन, यो बुझ्नु पर्छ कि ऊ मृत्युका अधीक्षकको नियमद्वारा दण्डित छ | केहि तरिका ले यदि हामी यो जपको सिद्धान्तमा अड्कियौ भने, यमराजले पनि, मृत्युका अधीक्षक पनि दण्ड गर्न असफल हुनुहुन्छ | त्यो ब्रह्म - संहिताको निर्णय हो | ब्रह्म - संहितामा भनिएको छ, जो यो भक्तिमय जीवनमा संलग्न हुन्छ, उसको पुर्व कर्म तुरुन्तै समायोजित हुन्छ | त हामी सबैजनाले यो कृष्ण चेतनाको अभियानमा संलग्न हुन जरुरि छ, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे, हरे राम हरे राम राम राम हरे हरे जप गरेर |