NE/Prabhupada 0465 - वैष्णव शक्तिशाली हुन्छन्, तर पनि उनी निकै विनम्र हुन्छन्: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0465 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in India, Mayapur]]
[[Category:NE-Quotes - in India, Mayapur]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0464 - शास्त्र लोफर वर्गको लागि होइन|0464|NE/Prabhupada 0466 - मानव सर्पभन्दा कालो सर्प कम घातक हुन्छ|0466}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|KwA9dsf0yYU|वैष्णव शक्तिशाली हुन्छन्, तर पनि उनी निकै विनम्र हुन्छन्<br />- Prabhupāda 0465}}
{{youtube_right|Vjrzq8LNSOY|वैष्णव शक्तिशाली हुन्छन्, तर पनि उनी निकै विनम्र हुन्छन्<br />- Prabhupāda 0465}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/770228SB-MAY_clip3.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770228SB-MAY_clip3.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:40, 29 January 2021



Lecture on SB 7.9.8 -- Mayapur, February 28, 1977


प्रह्लाद महाराज वैष्णव हुन् | वैष्णव योग्यता भनेको तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना अमानिना मानदेन कीर्तनीयः सदा हरिः (चै च आदि १७|३१) | वैष्णव सधैं विनम्र हुन्छन् | ती वैष्णव हुन् | वैष्णव शक्तिशाली हुन्छन् तर पनि उनी धेरै विनम्र हुन्छन् | यहाँ चिह्न छ | प्रह्लाद महाराज यति योग्य छन् कि तत्काल भगवान नृसिंह-देवले आफ्नो हात उनको टाउकोमा राख्नुभयो: "मेरो प्रिय बालक, तिमीले धेरै पिडा भोगेका छौ | अब शान्तिमा बस |" यो प्रह्लाद महाराजको स्थान हो- तत्काल भगवानद्वारा स्वीकारिएको | तर उनले सोच्दैछन्," म यति निच योनीमा जन्मेको छु, कामुक परिवारमा," उग्र-जाते: | उनी गर्भ गर्दैनन् कि "अहिले नृसिंह-देवले मेरो शिर छुनुभएको छ | मजस्तो को छ ? म मह्याँ व्यक्तित्व हुँ |" यो वैष्णवको गुण होइन | सनातन गोस्वामी, जब चैतन्य महाप्रभु समक्ष जानुभयो, उहाँले आफुलाई प्रस्तुत गर्नुभयो, नीच जाति नीच कर्म नीच सङ्गी: "म धेरै नीच स्तरको परिवारमा जन्मिएको छु, र मेरो कर्तव्यहरु पनि धेरै नीच स्तरको छ, र मेरो सङ्ग पनि धेरै नीच स्तरको छ |" सनातन गोस्वामी धेरै सम्मानित ब्राह्मण परिवारमा जन्मिएको हुनुहुन्थ्यो, तर उहाँले मुहम्मदन राजाको सेवा स्वीकार्नुभएको कारण, वास्तवमा उहाँले आफ्नो सम्पूर्ण ब्राह्मण गुण गुमाउनुभयो | उहाँले गुमाउनुभएन, तर बाहिरी रुपमा त्यस्तो देखियो, किनकि उहाँ मुहम्मदनहरुसँग मिसिनुभयो, उनीहरुसँग खाने, उनीहरुसँग बस्ने, उनीहरुसँग बोल्ने | तर उहाँले त्याग्नुभयो | त्यक्त्वा तूर्णम् अशेष​-मण्डल​-पति-श्रेणीं सदा तुच्छ​ | उहाँले बुझ्नुभयो,"मैले के गर्दैछु ? मैले आत्महत्या गर्दैछु |" जानिया शुनिया विष खाइनु | नरोत्तम दास ठाकुरले भन्नुहुन्छ कि "मैले जानेर यो विष खाँदैछु |" नजानेर कसैले विष खानसक्छ, तर यदि जानेर उसले विष लिन्छ, त्यो धेरै खेदजनक छ | त्यसैले नरोत्तम दास ठाकुरले भन्नुभयो, हरि हरि बिफले जनम गोङाइनु, मनुष्य​-जनम पाइया, राधा-कृष्ण ना भजिया, जानिया शुनिया विष खाइनु | हामीले यस कृष्ण भावनामृत अभियान सारा संसारभरि प्रचार गर्ने प्रयासमा छौं, तर पनि, यदि मानिसले यस कृष्ण भावनामृत अभियान ग्रहण गर्दैनन्, तब उसले जानेर विष खाँदैछ | यो अवस्था हो | उसले विष खाँदैछ | त्यो तथ्य हो | यो होइन कि हामीले केहि कल्पना गर्दैछौं | तिनीहरुले हामीलाई आरोप लगाउँदैछन्, "दिमाग भुट्ने |" हो, यो दिमाग भुट्ने हो | सबै नराम्रा कुराहरु, विष्टा दिमागमा छ, र हामीले ती कुराहरु सफा गर्ने प्रयासमा छौं | यो हाम्रो..... शृण्वतां स्व​-कथाः कृष्णः पुण्य​-श्रवण​-कीर्तनः हृद्य् अन्तः स्थो ह्य् अभद्राणि विधुनोति सुहृत् सताम् (श्री भा १|२|१७) | विधुनोति, यो शब्द त्यहाँ छ | विधुनोति भनेको सफाई | जब तपाई श्रीमद भागवतम वा भगवद गीताको सन्देश श्रवन गर्नुहुन्छ, त्यस विधिबाट विधुनोति, सफाई हुन्छ | वास्तवमा, यो दिमाग भुट्ने हो- तर राम्रोको लागि | सफाई नराम्रो होइन | (हाँसो) यी धुर्तहरुलाई थाहा छैन | तिनीहरु सोच्छन्,"ओहो, तिमीले मलाई शिद्ध बनाउँदैछौ ? तिमी धेरै खतरनाक छौ |" यो तिनीहरुको...... मूर्खायोपदेशो हि प्रकोपाय न शान्तये: "एउटा धुर्तलाई, यदि तपाईले राम्रो सुझाव दिनुहुन्छ, ऊ क्रोधित हुन्छ |" मूर्खायोपदेशो हि प्रकोपाय न शान्तये | यो कसरी हुन्छ ? पयः-पानं भुजङ्गानां केवलं विष​-वर्धनम् |