NE/Prabhupada 0466 - मानव सर्पभन्दा कालो सर्प कम घातक हुन्छ: Difference between revisions
(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0466 - in all Languages Category:NE-Quotes - 1977 Category:NE-Quotes - Le...") |
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version) |
||
Line 7: | Line 7: | ||
[[Category:NE-Quotes - in India, Mayapur]] | [[Category:NE-Quotes - in India, Mayapur]] | ||
<!-- END CATEGORY LIST --> | <!-- END CATEGORY LIST --> | ||
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE --> | |||
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0465 - वैष्णव शक्तिशाली हुन्छन्, तर पनि उनी निकै विनम्र हुन्छन्|0465|NE/Prabhupada 0467 - मैले कृष्णको चरणकमलको आश्रय लिएको कारण म सुरक्षित छु|0467}} | |||
<!-- END NAVIGATION BAR --> | |||
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | <!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK--> | ||
<div class="center"> | <div class="center"> | ||
Line 15: | Line 18: | ||
<!-- BEGIN VIDEO LINK --> | <!-- BEGIN VIDEO LINK --> | ||
{{youtube_right| | {{youtube_right|YI8DUdF-CMY|मानव सर्पभन्दा कालो सर्प कम घातक हुन्छ<br />- Prabhupāda 0466}} | ||
<!-- END VIDEO LINK --> | <!-- END VIDEO LINK --> | ||
<!-- BEGIN AUDIO LINK --> | <!-- BEGIN AUDIO LINK --> | ||
<mp3player> | <mp3player>https://s3.amazonaws.com/vanipedia/clip/770228SB-MAY_clip4.mp3</mp3player> | ||
<!-- END AUDIO LINK --> | <!-- END AUDIO LINK --> | ||
Latest revision as of 20:40, 29 January 2021
Lecture on SB 7.9.8 -- Mayapur, February 28, 1977
सर्पोको जस्तो गुण भएको मानिस धेरै भयानक हुन्छ | चाणक्य पण्डितले भनेका छन्, सर्पः क्रूरः खलः क्रूरः सर्पात् क्रूरतरः खलः मन्त्र्औषधि-वशः सर्पः खलः केन निवार्यते | "दुई प्रकारका इर्ष्यालु जीवहरु छन् | एउटा सर्पो हो, कालो सर्पो, र एउटा सर्पोको जस्तो गुण भएको मानिस |" उसले कुनै राम्रो कुरा देख्न सक्दैन | सर्पः क्रूरः | सर्पू इर्ष्यालु हुन्छ | कुनै गल्तिबिना उसले टोक्छ | एउटा सर्पो सडकमा हुन्छ, र यदि तपाई त्यसको नजिकबाट गुज्रिनुहुन्छ, ऊ धेरै क्रोधित हुन्छ र तत्काल उसले टोक्छ | यो सर्पोको प्रकृति हो | त्यसैगरी, सर्पोजस्ता मानिसहरु छन् | कुनै गल्तिबिना तिनीहरुले तपाईलाई आरोप लगाउँछन् | तिनीहरु पनि सर्पो हुन् | तर चाणक्य पण्डितले भन्छन् कि "यो कालो सर्पोभन्दा सर्पोजस्तो मानिस भयानक हुन्छ |" किन ? "यो कालो सर्पोलाई कुनै मन्त्र जपेर वा कुनै औषधिद्वारा आफ्नो नियन्त्रणमा ल्याउन सकिन्छ | तर यो सर्पोजस्तो मानिसलाई सकिंदैन | यो सम्भव छैन |" त्यसैले त्यहाँ...... यो हिरण्यकशिपुलाई पनि प्रह्लाद महाराजले सर्पोको रुपमा वर्णन गरेका छन् | जब नृसिंह-देव धेरै क्रोधित हुनुहुन्थ्यो, प्रह्लाद महाराजले पछी भने कि मोदेत साधुर् अपि वृश्चिक-सर्प-हत्या (श्री भा ७|९|१४): "मेरो प्रभु, हजुर मेरो पितादेखि धेरै क्रोधित हुनुहुन्थ्यो | अब उहाँ सकिनुभायो, त्यसैले हजुरको क्रोधको कुनै औचित्य छैन | शान्त हुनुहोस् | कोहि पनि मेरो पितालाई मृत्युप्रति दु:खी छैन, यो पक्का हो | त्यसैले वेदनाको कुनै कारण छैन | यी सब देवताहरु, ब्रह्माजी र अरु, उनीहरु सबै हजुरका दास हुन् | म पनि हजुरको दासको दास हुँ | अहिले यस इर्ष्यालु सर्पोलाई मारिएको छ, सबजना खुसी छन् |" उनले यो उदाहरण दिए कि मोदेत साधुर् अपि वृश्चिक-सर्प-हत्या: एक साधु, एक सन्त मानिसले कहिल्यै कुनै जीवलाई मार्न रुचाउँदैनन् | उनीहरु खुसी हुँदैनन्...... एउटा सानो कमिला मरे पनि, उनीहरु खुसी हुँदैनन्: "किन कमिलालाई मार्नुपर्यो ?" अरुको के कुरा गर्नु, एउटा सानो कमिला पनि | पर-दुःख-दुःखी | यो एउटा कमिला हुनसक्छ, नगण्य, तर मृत्युको समयमा उसले दु:ख पाउँछ, एउटा वैष्णव दु:खी हुन्छन् | "किन एउटा कमिलालाई मार्नुपर्यो ?"उनी पर दुःख-दु:खि हुन्छिन् | तर त्यस्ता वैष्णव खुसी हुन्छन् जब एउटा सर्पो र एउटा बिच्छीलाई मारिन्छ | मोदेत साधुर् अपि वृश्चिक-सर्प-हत्य | सबजना खुसी हुन्छन् जब एउटा सर्पो वा एउटा बिच्छीलाई मारिन्छ, किनकि तिनीहरु धेरै, धेरै खतरनाक हुन्छन् | कुनै गल्तिबिना तिनीहरुले टोक्छन् र समस्या सिर्जना गर्छन् | यी सर्पजस्ता मानिसहरु त्यस्तै हुन्छन्, तिनीहरु हाम्रो अभियानप्रति इर्ष्यालु हुन्छन्; तिनीहरु विरोध गर्छन् | त्यो प्रकृति हुन्छ | प्रह्लाद महाराजलाई पनि उनका पिताले विरोध गरे, अरुको के कुरा गर्नु | यी कुराहरु हुनेछन्, तर हामी निराश हुनुहुँदैन, जसरी प्रह्लाद महाराज धेरै पिडा भए पनि कहिल्यै निराश भएनन् | उनली विष दिइयो, उनलाई सर्पोको बीचमा फालियो, र उनलाई पहाडबाट फालियो, उनलाई हात्तीको खुट्टा तल राखियो | धेरै प्रकारले..... तसर्थ चैतन्य महाप्रभुले उपदेश दिनुभएको छ कि "निराश नहुनु | कृपया सहनशील होऊ |" तृणाद् अपि सुनीचेन तरोर् अपि सहिष्णुना (चै च आदि १७|३१): रुखभन्दा बढी सहनशील हुनुपर्छ | एक मानिस घाँसभन्दा विनम्र हुनुपर्छ | यी कुराहरु हुनेछन् | एउटा जीवनमा हामीले आफ्नो कृष्ण भावना सम्पन्न गर्नुपर्छ, थोरै पिडा भोग्नुपरे पनि वास्ता गर्नुहुँदैन | कृष्ण भावनामा निरन्तर लाग्नुपर्छ | निराश वा दु:खी नहुनुहोस्, कुनै समस्या भए पनि | त्यो कृष्णले भगवद गीतामा प्रोत्साहन गर्नुभएको छ, आगमापायिनो ऽनित्यास् तांस् तितिक्षस्व भारत (भ गी २|१४): "मरो प्रिय अर्जुन, तिमीले कुनै पिडा अनुभव गरे पनि, यो शारीरिक पिडा आउँछ र जान्छ | केहि स्थायी छैन त्यसैले यी कुराहरुको मतलब नगर | आफ्नो कर्तव्य पुरा गर |" यो कृष्णको उपदेश हो | प्रह्लाद महाराज एक व्यवहारिक उदाहरण हुन्, र हाम्रो कर्तव्य भनेको प्रह्लाद महाराजजस्ता व्यक्तिको चरणचिह्नको अनुसरण गर्नु हो |