NE/Prabhupada 0484 - भावको परिपक्व अवस्था प्रेम हो

Revision as of 20:43, 29 January 2021 by Vanibot (talk | contribs) (Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)


Lecture -- Seattle, October 18, 1968


प्रभुपाद: कुनै प्रश्न छ ?

जय-गोपाल: भाव र प्रेममा के भिन्नता छ ?

प्रभुपाद:भावको परिपक्व अवस्था प्रेम हो | जस्तै एउटा पाकेको आँप र हरियो आँप | हरियो आँप पाकेको आँपको कारण हो | तर पाकेको आँपको स्वाद काँचो आँपभन्दा राम्रो हुन्छ | त्यसैगरी, भागवत प्रेम प्राप्त गर्नुभन्दा अघि, तिमीसँग विभिन्न स्तर हुन्छन् | जस्तै उही आँप, यो विभिन्न स्तरबाट गुज्रिन्छ, तब एक दिन यसको राम्रो पहेंलो रङ्ग हुन्छ, पुरै पाकेको र स्वाद धेरै राम्रो हुन्छ | उही आँप | आँप परिवर्तन हुँदैन, तर यो परिपक्व स्तरमा आउँछ | जस्तै यो उदाहरण, आँप सुरुवातमा एउटा फुल हुन्छ, तब क्रमिक रुपमा एउटा सानो फल | अनि क्रमिक रुपमा यो हुर्कन्छ | तब यो धेरै साह्रो, हरियो हुन्छ, अनि, क्रमिक रुपमा यो थोरै, थोरै पहेंलो हुन्छ र यो पुरा पाकेको हुन्छ | यो सबै कुराको प्रक्रिया हो | भौतिक जगतमा पनि, छ प्रक्रियाहरु छन्, र अन्तिम प्रक्रिया भनेको विनाश हुनु हो | यो आँपको उदाहरण वा अरु कुनै भौतिक उदाहरण, हामीले स्वीकार्न सक्छौं कि विकास चाहिन्छ, तर भौतिक उदाहरण पूर्ण हुँदैन | जस्तै आँप, जब यो पाक्छ, कसैले खान्छ, त्यो ठिकै छ | अन्यथा यो धेरै पाक्नेछ, यो कुहिनेछ, यो झर्नेछ र सकिनेछ | त्यो भौतिक हो | तर अध्यात्मिक कुरा त्यस्तो हुँदैन | यो समाप्त हुँदैन | यदि तिमी एकपटक प्रेमको परिपक्व स्तरमा आउँछौ, तब त्यो पूर्णताको स्तर नित्य रहन्छ र तिम्रो जीवन सफल हुन्छ | प्रेमा पुम्-अर्थो महान् | यो भौतिक जगतमा विभिन्न प्रकारका पूर्णताहरु छन् | कोहि सोच्दैछ "यो जीवनको पूर्णता हो |" भौतिकवादीहरु सोच्दैछन्,"यदि मैले मेरो इन्द्रियको भोग राम्ररी गर्छु, त्यो जीवनको पुर्त हो |" त्यो तिनीहरुको दृष्टिकोण हो | र जब तिनीहरु वाक्क हुन्छन्, तिनीहरुले केहि राम्रो पाउने प्रयास गर्छन् | त्यसैले यदि उसलाई मार्गनिर्देशन हुँदैन, केहि राम्रो भनेको मैथुन र नशा, त्यति हो | केवल गैर-जिम्मेवार हुन्छ | त्यति हो | किनकि कोहि मार्ग-निर्देशक छैनन् | उसले केहि राम्रो खोज्दैछ, तर कुनै मार्ग-निर्देशक नभएको कारण, ऊ त्यहि मैथुन र नशामा आउँछ- पिडा बिर्सनको लागि | एउटा व्यापारी, जब ऊ असफल हुन्छ, ऊ धेरै विचलित हुन्छ | उसले त्यो पिडा रक्सि पिएर बिर्सने प्रयास गर्छ | तर यो कृत्रिम तरिका हो | यो वास्तवमा समाधान होइन | तिमीले कहिलेसम्म बिर्सन सक्छौ ? सुत्ने- तिमी कहिलेसम्म सुत्न सक्छौ ? फेरी उठ्ने, तिमि फेरी उही अवस्थामा हुन्छु | त्यो तरिका होइन | तर यदि तिमि भागवत प्रेमको स्तरमा आउँछौ, तब प्राकृतिक रुपमा तिमीले यी सब बेकार कुराहरु बिर्सनेछौ | प्राकृतिक रुपमा | परं दृष्ट्वा निवर्तते (भ गी २|५९) | यदि तिमीले केहि अझै मिठो, अझै स्वादिष्ट पाउँछौ, तिमीले ती बेकार कुराहरु त्याग्छौ जसको त्यति राम्रो स्वाद हुँदैन | त्यसैले कृष्ण भावना यति राम्रो कुरा छ | यसले तिमीलाई जीवनको यस्तो स्तरमा लाँदैछ जहाँ तिमीले यी सब नचाहिने कुराहरु बिर्सदैछौ | त्यो वास्तविक जीवन हो | ब्रह्म-भूतः प्रसन्नात्मा (भ गी १८|५४) | जब तिमी तय स्तरमा आउँछौ, तब तिम्रो लक्षण भनेको तिमी आनन्द अनुभव गर्नेछौ | तिमीले सर्वत्र अनुभव गर्छौ | धेरै घटनाहरु छन् | जब तिमीले कृष्णसँगको सम्बन्धमा यो भौतिक जगतलाई स्वीकार्छौ, तिमीले यो भौतिक जगतमा पनि भागवत प्रेमको स्वाद पाउनेछौ | वास्तवमा, भौतिक जगत भनेको भगवान वा कृष्णको पूर्ण विस्मृति | त्यो भौतिक जगत हो | अन्यथा, यदि तिमी कृष्ण भावनामा पूर्ण रुपले स्थापित हुन्छौ, तिमीले केवल अध्यात्मिक जगतमा पौने कुरा यो भौतिक जगतमा पनि पाउँछौ | चेतना- यो केवल चेतना हो | उही उदाहरण | जस्तै राजा र किरा उही गद्दीमा बस्दैछन्, तर त्यो किरालाई थाहा हुन्छ कि "मेरो कार्य भनेको केवल केहि रगत पाउने हो |" त्यति हो | राजालाई थाहा हुन्छ कि "मैले शासन गर्नुपर्छ | म यो देशको शासक हुँ |" त्यसैले उही स्थानमा बसेर पनि चेतना भिन्न हुन्छ | त्यसैगरी, यदि तिमीले आफ्नो चेतना कृष्ण भावनामा परिणत गर्छौ, तिमी जहाँ हुन्छौ, तिमी वैकुण्ठमा हुन्छौ | जहाँ पनि, यसले फरक पार्दैन |