NE/Prabhupada 0486 - भौतिक जीवनको शक्ति यौन जीवन हो, र आध्यात्मिक जीवनको शक्ति प्रेम हो: Difference between revisions

(Created page with "<!-- BEGIN CATEGORY LIST --> Category:1080 Nepali Pages with Videos Category:Prabhupada 0486 - in all Languages Category:NE-Quotes - 1968 Category:NE-Quotes - Le...")
 
(Vanibot #0023: VideoLocalizer - changed YouTube player to show hard-coded subtitles version)
 
Line 7: Line 7:
[[Category:NE-Quotes - in USA, Seattle]]
[[Category:NE-Quotes - in USA, Seattle]]
<!-- END CATEGORY LIST -->
<!-- END CATEGORY LIST -->
<!-- BEGIN NAVIGATION BAR -- DO NOT EDIT OR REMOVE -->
{{1080 videos navigation - All Languages|Nepali|NE/Prabhupada 0485 - भक्तहरुले कृष्णको हरेक लिला उत्सवको रुपमा मनाउँछन्|0485|NE/Prabhupada 0487 - चाहे बाइबल होस् वा कोरान होस् वा भगवद्-गीता, हामीले हेर्नुपर्छ कि फल कस्तो छ|0487}}
<!-- END NAVIGATION BAR -->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<!-- BEGIN ORIGINAL VANIQUOTES PAGE LINK-->
<div class="center">
<div class="center">
Line 15: Line 18:


<!-- BEGIN VIDEO LINK -->
<!-- BEGIN VIDEO LINK -->
{{youtube_right|nkYAOEjF1H4|भौतिक जीवनको शक्ति यौन जीवन हो, र आध्यात्मिक जीवनको शक्ति प्रेम हो<br/>- Prabhupāda 0486}}
{{youtube_right|d62KUHKbMEY|भौतिक जीवनको शक्ति यौन जीवन हो, र आध्यात्मिक जीवनको शक्ति प्रेम हो<br/>- Prabhupāda 0486}}
<!-- END VIDEO LINK -->
<!-- END VIDEO LINK -->


<!-- BEGIN AUDIO LINK -->
<!-- BEGIN AUDIO LINK -->
<mp3player>http://vaniquotes.org/w/images/681018LE.SEA_clip9.mp3</mp3player>
<mp3player>https://s3.amazonaws.com/vanipedia/clip/681018LE.SEA_clip9.mp3</mp3player>
<!-- END AUDIO LINK -->
<!-- END AUDIO LINK -->



Latest revision as of 20:43, 29 January 2021



Lecture -- Seattle, October 18, 1968


अतिथि: हामीले योगमायालाई कसरी चिन्न सक्छौं ?

प्रभुपाद: मैले तिम्रो प्रश्न बुझिनँ |

तमाल कृष्ण: उनले बुझ्न चाहन्छन् कि हामीले योगमायालाई कसरी चिन्न सक्छौं, हामीलाई कसरी थाहा हुन्छ |

प्रभुपाद: योगमाया ? योगमाया भनेको जसले तिमीलाई बाँधेर राख्छ | योग भनेको जोड्नु | जब तपाईले कृष्ण भावनामा क्रमिक रुपले विकास गर्नुहुन्छ, त्यो योगमायाको कार्य हो | र जब हामी कृष्णलाई क्रमिक रुपमा बिर्सन्छौं, त्यो महामायाको कार्य हो | मायाले तिमी माथि कार्य गर्दैछिन् | एकले तिमीलाई तान्दैछिन् र अर्कीले तिमीलाई उल्टो मार्गमा लाँदैछिन् | योगमाया | जस्तै उदाहरण छ, कि तिमी सधैं सरकारको कानुन अन्तर्गत कार्य गर्छौ | तिमीले अस्विकार गर्न सक्दैनौ | यदि तिमीले भन्छौ,"म सरकारको कानुन अनुरुप कार्य गर्दिनँ," त्यो सम्भव छैन | तर जब तिमी अपराधी हुन्छौ, तिमी प्रहरीको कानुनको मातहतमा हुन्छौ, र जब तिमी सज्जन हुन्छौ, तिमि नागरिक कानुनको मातहतमा हुन्छौ | हरेक परिस्थितिमा तिमीले सरकारको नियम पालन गर्नुपर्छ | यदि तिमी सभ्य नागरिकको रुपमा रहन्छौ, तब तिमि सधैं नागरिक कानुनद्वारा सुरक्षित हुन्छौ | तर जब तिमी राज्यको विरुद्धमा हुन्छौ, आपराधिक कानुनले तिमीमाथि कार्यवाही गर्नेछ | कानुनको आपराधिक गतिविधि हेर्ने भनेको महामाया, तीन प्रकारका पिडा | सधैं कुनै प्रकारको पिडामा राख्ने | र कृष्णको नागरिक विभाग, आनन्दाम्बुधि-वर्धनम् | तिमीले केवल आनन्दको सागर बढाउँदै जान्छौ | आनन्दाम्बुधि-वर्धनम् | त्यो भिन्नता छ, योगमाया र महामाया | योगमाया, मूल योगमाया भनेको कृष्णको अन्तरंग शक्ति | ती राधारानी हुनुहुन्छ | र महामाया बहिरंग शक्ति, दुर्गा हुन् | यी दुर्गाको वर्णन ब्रह्म-संहितामा गरिएको छ, सृष्टि-स्थिति-प्रलय​-साधन​-शक्तिर् एका छायेव यस्य भुवनानि बिभर्ति दुर्गा (भ गी ५|४४) | दुर्गा यो सम्पूर्ण भौतिक जगतको संचालन गर्ने देवी हुन् | सबै कार्य उनको नियन्त्रणमा चल्दैछ | प्रकृति शक्ति हुन् | शक्तिलाई स्त्रीको रुपमा लिइन्छ | जस्तै यी भौतिकवादी मानिसहरु, तिनीहरु पनि कुनै शक्तिको मातहतमा कार्य गर्दैछन् | त्यो शक्ति के हो ? यौन जीवन | त्यति हो | तिनीहरु धेरै समस्यामा छन्: "रातमा म मैथुन गर्नेछु |" त्यति हो | त्यो शक्ति हो | यन् मैथुनादि-गृहमेधि-सुखं हि तुच्छम् (श्री भा ७|९|४५) | तिनीहरुको जीवन मैथुनमा आधारित हुन्छ | त्यति हो | सबजना कठिन मेहेनत गर्छन्, जुन मैथुनमा अन्त्य हुन्छ | त्यति हो | यो भौतिक जीवन हो | भौतिक शक्ति भनेको मैथुन | ती शक्ति हुन् | यदि एउटा मानिस उद्योगमा कार्यरत छ, यदि तिमीले मैथुन बन्द गर्छौ, उसले कार्य गर्न सक्दैन | र जब उसले मैथुनको भोग गर्न सक्दैन, उसले नशाको सहारा लिन्छ | यो भौतिक जीवन हो | यहाँ शक्ति हुनुपर्छ | यहाँ, यस भौतिक जगतमा शक्ति मैथुन हो र अध्यात्मिक जगतमा शक्ति प्रेम हो | यहाँ प्रेमको अपव्याख्या मैथुनको रुपमा गरिएको छ | त्यो प्रेम होइन, त्यो काम हो | प्रेम केवल कृष्णसँग सम्भव छ, अन्त कतै छैन | अन्त कतै प्रेम सम्भव छैन | त्यो प्रेमको अपव्याख्या हो | त्यो काम हो | प्रेम र काम | प्रेम योगमाया हो र काम महामाया हो | त्यति हो | के यो ठिक छ ?